Monday, June 24
Shadow

Tag: 3 dead

दुई ट्रक एकापसमा ठोक्किंदा ३ जनाको मृत्यु , १ घाइते

दुई ट्रक एकापसमा ठोक्किंदा ३ जनाको मृत्यु , १ घाइते

banner-news, ताजा-अपडेट, मुख्य समाचार
धनुषा - धनुषामा दुई ट्रक एकापसमा ठोक्किंदा तीनजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।शनिबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको मिथिला नगरपालिका-३, हरिहरपुरमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना.६ ख. ६५७८ नम्बरको ट्रक र विपरित दिशाबाट जाँदै गरेको प्रदेश १. ०१-००१ख. ९२९२ नम्बरको ट्रक एकआपसमा ठोक्किएर दुर्घटना भएको हो।जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार दुर्घटनामा परेर ना.६ ख ६५७८ नम्बरको ट्रकमा सवार २ जना र प्रदेश १. ०१-००१ख. ९२९२ नम्बरको ट्रकमा सवार एकजना गरी तीन जनाको मृत्यु भएको हो।यस्तै प्रदेश १. ०१-००१ख. ९२९२ नम्बरको ट्रकमा सवार अर्का एक जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ। उनीहरुको पहिचान खुलेको छैन्।घाइतेको ढल्केवर हस्पिटलमा उपचार भइरहेको बताइएको छ। ...