
सेटिङमा चल्दै सिडिओको सरुवा
काठमाण्डौं – गृह मन्त्रालयले गत साता गरेको करिब चार दर्जन जिल्लाका सिडिओको सरुवामा सेटिङ भएको आरोप लागेको छ । यसअघि राम्रो काम गर्न नसकेकालाई नै फेरि सिडिओमा खटाएर पुरस्कृत गरिएको छ ।
घुसकाण्डमा परेका लालबाबु कवारीलाई गोरखाको सिडिओ बनाइएको छ । दोलखामा शान्तिपूर्वक निर्वाचन गराउन नसकेका भोजराज खतिवडालाई सिराहाको सिडिओ बनाएर पुरस्कृत गरेपछि गृहका कर्मचारीहरु चकित भएका छन् । कपिलवस्तुमा चुनावको बेला तस्करीको लाइन खोलेका धर्मेन्द्र मिश्रलाई रौतहटको सिडिओ बनाइएको छ ।
काभ्रेमा अवैैध क्रसरलाई संंरक्षण गरेकी हुमकला पाण्डे पनि पुरस्कृत भएर सुनसरीको सिडिओ भएकी छिन् । मोरङमा राम्रो काम गर्न नसकेका काशीराज दाहाललाई अर्काे महत्वपूर्ण जिल्ला धनुषामा खटाइएको छ ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागभित्र अनियमितताको आरोप लागेका तिर्थराज भट्टराई मोरङको सिडिओ बनेका छन् । उनी यसअघि भ्रष्टाचारमा पर...