
साेनाे दिपद्वारा नि: शुल्क पानी एवम् रक्तदानकाे व्यवस्था गर्ने
बिरगंज - बिजया दशमीको उपलक्ष्यमा सानाे दिप क्लबले माइस्थान मंदिर अगाडि क्याम राखी नि: शुल्क पानी बितरण एवम् रक्तदानकाे आयाेजना गर्ने भएको छ। आगामी दिनहरूमा गर्ने कार्यक्रम,दशैंका बीचमा ट्राफिक नियन्त्रणका बारेमा छलफल र नयाँ सदस्यको परिचय दिने कार्य भएको क्लब अध्यक्ष कृष कुर्मीले बताए।
कृष कुर्मीको अध्यक्षतामा चाैथाे बैठक बसेकाे थियाे । सो कार्यक्रममा प्रमुख अतिथिमा इन्जिनियर रमेश यादव र वरिष्ठ अतिथिमा सानाे पाइलाका सामाजिक परिचालनकर्ता फिरोज अन्सारी सानो दीप(A Little Light)क्लबका उपाध्यक्षमा आयशा पटेल, सचिव दिव्यांशु कर्ण ,सहसचिवमा बिटु गुप्ता , कोषाध्यक्षमा विवेक कुमार पटेल, सदस्य राजीव यादव, बिटु गुप्ता, सुजित गुप्ता, इस्रुहिया, श्रुति पटेल, , आलोक, आशिष, विश्वराज, अभिषेक, युवराज,ओम कार्यक्रम मा सम्मान गर्दै समिति गठन गरिएको हो ।
...