
लखन्देही पुलमा अज्ञात युवककाे टाउको मात्र फेला
नवलपुर । पुर्व -पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीकाे हरिवन नगरपालिका ४ स्थित लखन्देही पुल मुनी अज्ञात युववकाे टाउकाे मात्र फेला परेको छ।
घटनास्थल
बिहिबार बिहान स्थानीयले खाेलाकाे बगरमा घाँटीबमट छिनाएको टाउको मात्रै देखेपछि प्रहरीलाई जानकारी गराएका थिए। हाल प्रहरी टाेली घटनास्थलमा पुगेर थप अनुसन्धान थालिएको सर्लाही प्रहरीका सुचना अधिकारी डिएसी दीपेन्द्र पन्जियार थारुले जनाएको छ । उनका अनुसार घटनास्थलकाे निरिक्षण गर्दा युवककाे भर्खरै हत्या भएको देखिन्छ। त्रसित तरिकाले गरिएको हत्याकाे अनुसन्धान गर्न प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदी आफै घटनास्थल पुगेका हुन् । युवककाे हत्या घटनास्थल मै भएको कि बाढीले बगाएर ल्याएको भने अझै खुल्न सकेकाे छैन।
...