Tuesday, June 18
Shadow

Tag: राैतहट

राैतहट आगलागी : ३ घर गोठ ७ चौपाया जलेर नष्ट, १० लाख बढीको क्षती

राैतहट आगलागी : ३ घर गोठ ७ चौपाया जलेर नष्ट, १० लाख बढीको क्षती

banner-news, ताजा-अपडेट, मुख्य समाचार
 रौतहट , २७ चैत। गएराती भारतीय सिमानासँग जोडिएको रौतहटको दक्षिणी भेग स्थित ईशनाथ नगरपालिकामा भएको आगलागी बाट तीन घर गोठ जलेर नष्ट भएको छ।आगलागीमा परेर घर गोठ भित्र रहेको ७ वटा चौपायाको मृत्यु भएको छ। आगलागी बाट १० लाख रुपैयाँ भन्दा बढीको क्षती भएको अनुमान गरिएको छ।गए राती ११ बजेर ४५ मिनेटको समय ईशनाथ ८ मंसरी टोलका बलिराम मिश्राको फुसको गोठ घरमा बालेको घुरबाट आगो सल्कीन गई गोठ घरमा आगलागी भएको थियो। आगलागीको खबर प्राप्त हुना साथ प्रहरी चौकी रामपुर खापका प्रमुख असई सुरेशमान श्रेष्ठको कमाण्डमा खटि गएको टोली, गाउँले र बोर्डर आउट पोस्ट खापबाट गएको सशस्त्र प्रहरीको सहयोगमा १२ बजेर ५० मिनेटमा आगलागी नियन्त्रण आएको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले बताएकी छिन्। आगलागी बाट तीनजनाको घर गोठ र घरभित्र रहेको सम्पूर्ण सामान जलेर नष्ट भएको थियो।आगलागीमा परेर स्थानिय बलिराम मिश्राको भौंसी-१, पा...
नेकपा एमाले राैतहटकाे १० औं जिल्ला अधिवेशनकाे आजबाट प्रारम्भ

नेकपा एमाले राैतहटकाे १० औं जिल्ला अधिवेशनकाे आजबाट प्रारम्भ

banner-news, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
प्रेम यादव,राैतहट - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले राैतहटकाे १० औं जिल्ला अधिवेशन बिधिवत रुपमा आजबाट सुरु भएकाे छ। पार्टीका महासचिव शंकर पाेखरेलकाे प्रमुख अतिथीमा अविधिवेशनकाे पहिलो बैठक आज सम्पन्न भएको छ। नेकपा एमाले जिल्ला कमिटीले आयाेजना गरेकाे जिल्ला अधिवेशनकाे प्रथम बैठक बिहिबार राैतहटकाे सदरमुकाम गाैर नगरपालिका वार्ड नं ५ मा सम्पन्न भएकाे छ । "सामाजिक न्याय र सुशासन हाम्रो कार्यभार, मधेशकाे स्वाभिमान र समृद्धिकाे लागि एमाले-सरकार " भन्ने मुल नाराका साथ १० औं जिल्ला अधिवेशन आजबाट प्रारम्भ भएकाे छ। प्रतिनिधि परिषद बैठकका लागि प्रमुख अतिथीमा पार्टीका महासचिव शंकर पोखरेल , जिल्लामा रहेका केन्द्रिय सदस्यहरु, प्रदेश कमिटी पदाधिकारी तथा सदस्यहरु, जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरु, नवौ र दशाैं जिल्ला अधिवेशनको लागि निर्वाचित प्रतीनिधिहरु तथा पार्टी बाट निर्वाचित जनप्रतिनिधिहरु,नग...
दुर्गा भगवतीमा जसपाकाे शुभकामना आदानप्रदान कार्यक्रम मन्त्री महताेकाे उपस्थितिमा सम्पन्न

दुर्गा भगवतीमा जसपाकाे शुभकामना आदानप्रदान कार्यक्रम मन्त्री महताेकाे उपस्थितिमा सम्पन्न

banner-news, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सचतक नेपाल न्युज , राैतहट- दुर्गा भगवती गाउँपालिकामा आज जनता समाजवादी पार्टी नेपालकाे शुभकामना आदानप्रदान कार्यक्रम वातावरण मन्त्री बिरेन्द्र महताेकाे उपस्थितिमा सम्पन्न भएको छ। जनता समाजवादी पार्टी नेपाल, राैतहट जिल्ला दुर्गा भगवती गाउँपालिका नगरकमिटीद्वारा आयाेजित शुभकामना आदानप्रदान बिहिबार दुर्गा भगवतीकाे मंदिर प्रांगणमा सम्पन्न भएको हाे ।जसपा नेपालले एकपछि अर्का शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेकाे छ। गाैर-चपुर सडकखण्ड‌ निमार्ण कार्य पुर्व मन्त्री रेनु यादवले भुमिका निर्वाह गरेकाे मधेश प्रदेश पुर्व राज्यमन्त्री याेगेन्द्र यादवले खुलासा गर्नुभयो। उनले भ्रममा नपर्न आग्रह गरे । पुर्व प्रधानमन्त्री एवम् नेकपा एस माधव कुमार नेपालले उक्त राेड निर्माण कार्य शुरु गरेकाे दावी गरेपनि यसमा पुर्व मन्त्री रेनु यादव ठुलाे याेगदान रहेको पुर्व राज्यमन्त्री याेगेन्द्र राय यादवले स...
जसपा राैतहटद्वारा स्वर्गीय उपाध्यक्ष यादवलाई श्रद्धाञ्जली अर्पण

जसपा राैतहटद्वारा स्वर्गीय उपाध्यक्ष यादवलाई श्रद्धाञ्जली अर्पण

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सचतक नेपाल न्युज डेस्क, राैतहट - जनता समाजवादी पार्टी नेपालको भातृ संगठन समाजवादी बिद्यार्थी युनियन नेपालको केन्द्रिय उपाध्यक्ष स्व.संतोश यादव ज्युको १३ औ पुण्यतिथिमा हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् । जनता समाजवादी पार्टी नेपालकाे भातृ संगठन समाजवादी बिधार्थी युनियन जिल्ला कार्य समितिले आज श्रद्धाञ्जली व्यक्त गरेका थिए । उपाध्यक्ष स्व. संताेष यादवकाे श्रद्धाञ्जली अर्पण कार्यक्रममा जसपा राैतहटका अध्यक्ष श्यामबिहारी यादव, राैतहट क्षेत्र नं २ (ख) का पुर्व प्रदेश सभा सदस्य रामकिशोर यादव, गाैर अस्पताल समिति सदस्य समाजवादी बिद्यार्थी युनियनका केन्द्रीय सचिव ललन यादव,समाजवादी युवा संघ राैतहटका अध्यक्ष पुन प्रताप पटेल, प्रदेश सभा सदस्य शाेभा देवी साह लगायत जिल्लाका अन्य शिर्ष नेताहरुकाे उपस्थिति रहेको थियो। उपाध्यक्ष स्व.सन्ताेष यादव बिर अस्पतालमा भर्ना थिए । करिब २५ दिनका...
४ बाेरा अवैध पटाखा राैतहट प्रहरीद्वारा नष्ट

४ बाेरा अवैध पटाखा राैतहट प्रहरीद्वारा नष्ट

ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल न्युज डेस्क,  राैतहट - जिल्ला प्रहरी कार्यालय राैतहटले बिभिन्न स्थानबाट ल्याएको अवैध पटाखा आज नष्ट गरेको छ । भारतबाट नेपाल तर्फ ल्याउदै गरेकाे अवस्थामा जिल्लाकाे बाैधीमाई नगरपालिका -७ मा गस्ती टोलीले ४ बाेरा पटाखा फेला परेको थियाे । उक्त पटाखालाई आज (साेमबार) जिल्ला प्रहरी कार्यालयकाे प्राङ्गणमा नष्ट गरिएकाे हाे । विभिन्न उत्सवहरूमा, खास गरी तिहारमा आतिसबाजी गर्न पटाखा फोड्ने गरिन्छ | तर विभिन्न किसिमका अनवान्छित घटना घट्ने भएकाले नेपालमा भने यसको प्रयोग निषेध गरिएको छ । यसबाट घर ,जग्गा आगाे लाग्ने ,ज्यानमान क्षति जस्ता घटनाहरु हुने भएकाले यसकाे प्रयाेग नगराैं, नगराउँ । हुन त छिटफुट कहींकतै प्रयोग भैरहन्छन् तर खुल्लमखुल्ला भने प्रयोग गर्न पाईन्न | छिमेकी राष्ट्र भारतमै पनि पटाखा खुलेआम बेचिन्छन् र फोडिन्छन् पनि । त्यहाँको सरकारले यो छुट दिएको छ र प्रहरी पनि मुखदर...
गढीमाई नगरपालिकाकाे नवाैं नगरसभा सम्पन्न

गढीमाई नगरपालिकाकाे नवाैं नगरसभा सम्पन्न

banner-news, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - गढिमाई नगरपालिकाले आफ्नो ९ औं नगरसभा सम्पन्न गरेको छ। रौतहटको गढिमाई नगरपालिकाको नवौं नगरसभा २०८० नगरपालिकाको समनपुर स्थित कार्यालयमा सुसम्पन्न भएको हो ।नगर सभामा नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै नगर प्रमुख श्यामप्रसाद यादवले नगरको समृद्ध विकासको पूर्वाधार निर्माण गर्न विशेष प्राथमिकता दिईनेछ, शिक्षा, स्वास्थ्य, कृषि, सडक, खानेपानी, पर्यटन पूर्वाधार, विपद व्यवस्थापन लगायतका जनजिविका संग जोडिएका सम्पूर्ण आवश्यकतालाई प्राथमिकता दिदै यश आर्थिक बर्षमा जोड दिईने बताए ।आर्थिक बर्ष २०८०/०८१ का लागि ५३ करोड १५ लाख ८४ हजार ४ सयको बजेटमा चालु तर्फ ३७ करोड ७२ लाख ४७ हजार ४ सय तथा पुुंंजिगत तर्फ १५ करोड, ४३ लाख ३७ हजारको बजेट नगरप्रमुख यादवले प्रस्तुत गर्दै घोषणा गरे ।उपनगर प्रमुख अस्मिता यादवले नवौं नगर अधिवेशनको सफलताको कामना गर्दै स्वागत गरे ।वडा नं ५ का वडाध्यक्ष राजिव रंजन यादवले ...
राज्यमन्त्री  माे.शेख अब्दुल कलामद्वारा राैतहटकाे बाढी ग्रसित क्षेत्रहरुकाे अनुगमन

राज्यमन्त्री माे.शेख अब्दुल कलामद्वारा राैतहटकाे बाढी ग्रसित क्षेत्रहरुकाे अनुगमन

banner-news, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
राैतहट - मधेश प्रदेशका उर्जा, सिँचाइ तथा खानेपानीका राज्य मन्त्री माे.अब्दुल कलाम आजाद राैतहटकाे गाैर पुगेका छन् । भिषण वर्षा कारण लालबकैया र बागमती नदीकाे जलसतह बढेकाे थियाे । जसकारण कतिपय ठाउँका नदीका टट्बन्धहरु काटिएका छन् । साेही कटानीबाट भएकाे क्षति तथा व्यवस्थापनकाे निरिक्षणका लागि राज्यमन्त्री आजाद राैतहटका बिभिन्न ठाँउ पुगेका हुन् । राजपुर नगरपालिका वडा नं.९ अवस्थित बैरिया घाटमा भएको लगभग ८० मिटर कटानीलाई नियन्त्रण तथा मर्मत कार्य अन्तर्गत सिँचाइ कार्यालय राैतहटबाट माननिय माे. अब्दुल कलाम अजाद र मा. शाेभा देवीकाे पहलमा बाँधलाई तत्कालै व्यवस्थापनका लागि बाेरा र जाल लगायत अन्य सरसमाग्रीहरुकाे व्यवस्था गरिएकाे छ । त्यसैगरी, यमुनामाई गाउँपालिका वडा नं ३ मलहिनियामा रहेकाे लालबकैया तटीय क्षेत्रकाे लगायत अन्य बाढी ग्रसित क्षेत्रहरुकाे पनि निरिक्षण गर्नुभएको छ। नि...
प्रहरी श्रीमती संघको ३९ औं बार्षिक उत्सवमा राैतहट प्रहरीद्वारा बृक्षारोपन कार्यक्रम

प्रहरी श्रीमती संघको ३९ औं बार्षिक उत्सवमा राैतहट प्रहरीद्वारा बृक्षारोपन कार्यक्रम

banner-news, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - नेपाल प्रहरी श्रीमती संघको ३९ औं बार्षिक उत्सवमा राैतहट प्रहरीले वृक्षा राेपनका कार्यक्रम सम्पन्न गरेको छ । प्रहरी उपरीक्षक बिरबहादुर बुढामगर जिल्ला प्रहरी कार्यालय राैतहटकाे नवनिर्मित भवनको परिसर भित्र बृक्षारोपन कार्यक्रम सम्पन्न भएको हाे। बिहिबार बिहान जिल्ला प्रहरी कार्यालय रौतहटको परिसर भित्र बृक्षारोपन कार्यक्रम सम्पन्न भएको हाे। प्रहरी उपरीक्षक बिरबहादुर बुढामगर, प्रहरी निरीक्षक बिन्देश्वर यादव, लेखा प्रमुख नेत्र काफ्ले लगायत अन्य प्रहरी टाेलीहरुकाे उपस्थिति रहेको थियो। ...
निर्माण व्यवसायी संघ राैतहटकाे अध्यक्षमा यादव निर्वाचित

निर्माण व्यवसायी संघ राैतहटकाे अध्यक्षमा यादव निर्वाचित

banner-news, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क,३१ श्रावन, राैतहट । निर्माण व्यवसायी संघ रौतहटको अध्यक्षमा कृष्णदेव यादव निर्वाचित भएका छन् ।राजदेवी नगरपालिकाका पूर्वमेयर तथा निर्माण व्यवसायी धिरेन्द्र सिंहलाई १२ मतले पराजित गर्दै यादव अध्यक्षमा निर्वाचित भएका हुन् ।संघको सातौ साधारण सभामा भएको निर्वाचनमा  अध्यक्षमा निर्वाचित यादवले १६० मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी सिंहले १४८ मत प्राप्त गरेका थिए ।यसैगरी संघको वरिष्ठ उपाध्यक्षमा सर्वाधिक १८० मत प्राप्त गर्दै  उपेन्द्रकुमार यादव निर्वाचित भएका छन् । उपाध्यक्षमा उपेन्द्र यादव, महासचिवमा श्रीकान्तप्रसाद यादव, सचिवमा कल्याण कार्की, कोषाध्यक्षमा विक्रान्त विक्रम नेपाल र सहकोषाध्यक्षमा वीरेन्द्र चौधरी निर्वाचित भएका छन् ।संघको क्षेत्रीय उपाध्यक्षहरूमा क्रमश पवन किशोर साह, प्रमोद कोइरी र रामवषिष्ठ राय यादव निर्वाचित भएका छन् ।सदस्यहरुमा वीरेन्द्र प्रसाद, निते...
कुनै बेला रौतहट सदरमुकाम कटरवन

कुनै बेला रौतहट सदरमुकाम कटरवन

banner-news, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
धर्मेन्द्र कुमार साह ३० श्रवान , राैतहट । राजदेवी नगरपालिका रौतहट जिल्लाको सदरमुकाम गौर संग सिमाना जोडिएको नगरपालिका हो । गौर भन्दा करिब ५ किलो मिटर पुर्व उतरमा रहेको हालको राजदेवी नगरपालिकाको साविकको कटरवन जसलाई करवाना पनि भनिन्छ,ले आफ्नै ईतिहास बोकेको छ । कुनै बेला हालको रौतहटको मुख्य प्रशासनिक केन्द्र कटरवनमा रहेको कुरा नया पुस्ताको लागि अनौठो लाग्न सक्छ तर करिब ९ दसक पुर्व रौतहटको मुख्य प्रसाशनिक केन्द्र हालको राजदेवी नगरपालिकाबाटै संचालनमा रहेको थियो । विक्रम संवत २०१८ साल पुर्व रौतहट ,बारा र पर्साको एउटै प्रशासनिक केन्द्र रहेको बखत रौतहटको प्रसाशनिक केन्द्र तत्कालिन गाउ पंचायत कटरवनबनबाट संचालन हुदै आएको थियो । त्यो बेला बारा पर्सा र रौतहटको मुख्य प्रशासनिक कार्य बिरगंज गौडाबाट संचालन गरिन्थ्यो l तत्कालिन समयमा गौडाका मुख्य कर्मचारीलाई बडाहाकिम ( बडहाकिम) भन्ने गरिन्थ्यो...