Wednesday, January 15
Shadow

Tag: पाेखरा

पोखरामा नेपाली प्रशिक्षकद्वारा स्काई डाइभिङ सुरु

पोखरामा नेपाली प्रशिक्षकद्वारा स्काई डाइभिङ सुरु

ताजा-अपडेट, मुख्य समाचार
पुस २७, कास्की – पोखराको पर्यटन क्षेत्रमा नयाँ आकर्षण थपिएको छ। नेपाली प्रशिक्षकहरूले पहिलो पटक पूर्ण नेपाली टोलीद्वारा स्काई डाइभिङ सुरु गरेका छन्। यसअघि विदेशी प्रशिक्षकद्वारा गराइने यो गतिविधि अब नेपाली प्रशिक्षकहरूको हातबाट सफलतापूर्वक सञ्चालन भएको हो।सिम्रिक एयर र इन स्काई डाइभ कम्पनीको संयुक्त पहलमा स्काई डाइभिङ पुस २७ देखि माघ ७ गते (जनवरी १२–२१) सम्म सञ्चालन हुने भएको छ। इन स्काई डाइभ कम्पनीका सञ्चालक तथा प्रशिक्षक एलिश थापाका अनुसार यस अवधिमा भिआइपी र डिलक्स गरी दुई प्रकारका प्याकेज उपलब्ध गराइएका छन्। भिआइपी प्याकेजको लागत १ लाख १५ हजार रुपैयाँ छ भने डिलक्स प्याकेजको लागत ९५ हजार रुपैयाँ निर्धारण गरिएको छ। विदेशी नागरिकका लागि थप ५ हजार रुपैयाँ थप लाग्नेछ।स्काई डाइभिङ पोखरा विमानस्थलबाट सुरु भई १३,००० फिट उचाइबाट हेलिकप्टरद्वारा लौरुक क्षेत्रमा डाइभ गराइनेछ। डाइभपछि यात्रुहरू लौ...