Sunday, January 19
Shadow

Tag: निर्वाचन

अत्याधिक चिसो कारण हुम्लाकाे ४ मतदान केन्द्रमा सुरु भएन मतदान

अत्याधिक चिसो कारण हुम्लाकाे ४ मतदान केन्द्रमा सुरु भएन मतदान

banner-news, ताजा-अपडेट, मुख्य समाचार
हुम्ला – नाम्खा गाउँपालिका–६ का तीन मतदान केन्द्र र वडा–५ को मुचुमा चिसोका कारण मतदान सुरूआत हुन सकेको छैन ।अत्यधिक चिसोले नाम्खा–६ को तिल, जाङ, हलजी र वडा नम्बर–५ को मुचुमा मतदान हुन नसकेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । लिमिको हल्जी गाउँको सुनखानी, आधारभूत विद्यालयको मतदान केन्द्र, जाङ गाउँको भृकुटी आधारभूत विद्यालय मतदान केन्द्र, तिल गाउँको हिमशिखर आधारभूत मतदान केन्द्र र मुचुको खासरपानी आधारभूत मतदान केन्द्रमा चिसो मतदान हुने नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले बताए ।५९ मतदान केन्द्रमध्ये ५५ मतदान केन्द्रमा मतदान सुरू भइसकेको जिल्ला निर्वाचन कार्यालय हुम्लाका निमित्त प्रमुख श्यामबहादुर रानाले जानकारी दिए । जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्णरूपमा मतदान सुरू भइरहेको उनको भनाइ छ । ...
मंसिर ४ काे निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक

मंसिर ४ काे निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक

ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं - आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा एक करोड ७९ लाखभन्दा धेरैले मतदान गर्न पाउने भएका छन् ।निर्वाचन आयोगले आज शुक्रवार स्वीकृत गरेको मतदाता नामावलीमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० जना मतदाता कायम भएका हुन् । जसमा ८८ लाख ४७ हजार पाँच सय ७९ जना महिला, ९१ लाख ४० हजार आठ सय ६ जना पुरुष र एक सय ८५ जना अन्य रहेका छन् ।आउँदो चुनावमा सबैभन्दा धेरै मतादाता मोरङमा सात लाख ३५ हजार पाँच सय २५ जना र सबैभन्दा कम मतदाता मनाङमा ६ हजार सात सय ७९ जना रहेका आयोगले जनाएको छ ।यस्तै आयोगले आउँदो चुनावका लागि १० हजार आठ सय ९१ मतदातस्थल र २२ हजार दुई सय २६ मतदान केन्द्र कायम गरेको छ । मोरङमा आठ सय ३९ वटा मतदान केन्द्र रहेका छन् भने मनाङमा २८ वटा रहेका निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्तीमार्फत जानकारी दिनुभएको छ । ...