आज खीर खाने दिन ( तरिका सहित )
सचतक नेपाल डेस्क,
१५ श्रावन, रौतहट । असार १५ दही चिउरा , साउन १५ खीर“ यो भनाइ नेपाली समाजमा लोकप्रिय रहेको छ ।
हरेक साल साउन १५ गतेका दिन खीर खाएर रमाइलो पर्वका रूपमा मनाउने गरिन्छ । आज साउन १५, घरघरमा खीर र मिष्ठान्न परिकार खाएर यो पर्व मनाइँदै छ ।
तीज, श्राद्ध, देवाली, व्रतबन्ध, भोजभतेर जस्ता शुभ अवसरमा विशेष परिकारका रूपमा पकाइने गरिएको खीरलाई स्वादिष्ट एवम् स्वास्थ्यवर्धक खानाको रूपमा लिइन्छ । चामल, दूध, नरिवल, छोकडा र अन्य ड्राई फ्रुट्स, चिनी हालेर खीर बनाउने चलन रहेको छ ।
साउन महिना वर्षातको समय भएकाले विभिन्न रोगहरूबाट छुटकारा पाउनका लागि दूधबाट बनेको पोसिलो खीर खाने गरिन्छ । खिरमा रोग प्रतिरोधात्मक क्षमता हुने भएकोले यो खाने प्रचलन बसेको हो ।
बर्खायाममा विभिन्न सङ्क्रमण रोग लाग्ने गर्दछ, सङ्क्रमणबाट बच्न खिर खाने गरेको पाइन्छ । खीरको पोषण यसमा हालिने चिजले निर्धारण गर्...