रिजवान : बाल क्लब देखि अन्तराष्ट्रिय फोरम सम्मको यात्रा
कलिलो उमेर ,हासिलो अनुहार तर अति परिपक्कव ब्यबहार । यो परिचय हो १८ बर्षीय रिजवान को । रौतहट जिल्लाको कटहरिया नगरपालिकाको वार्ड नम्बर २ जमुनियामा बस्ने रिजवानको बिधालय शिक्षा छिमेकी नगरपालिका गुजारा वार्ड नम्बर ४ को माध्यमिक बिधालय कनकपुरमा भएको हो l उनि कुनै बेला सोहि बिधालयमा गठन गरिएका बाल संरक्षण बाल क्लबका सदस्य पनि हो । रिजवानको लागि बाल बिबाह र लैंगिक असमानता तथा बाल श्रम लगायतका समस्याहरु समाजका मुलभुत सामाजिक चुनौती हुन् ।
उनि अचेल घर देखि गाउ टोल सम्म बाल बिबाहको बिरोधमा अभियान संचालन गर्दै आएको हो । रिजवान भन्छन “बाल बिबाह लैंगिक असामानताको मूल जड हो । छोरीहरुको कम उमेरमा गरिने निकाह वा गवना ( बिबाह )ले कयौ पुस्ता सम्म असर गर्ने भएको र यो हाम्रो समाजको लागि सामान्य बिषय बनेकोले मैले यस बिरुद्ध सके सम्म अवाज उठाउदै छु।" रिजवान अहिले बिभिन्न राष्ट्रिय अन्तराष्ट...