Tuesday, January 21
Shadow

सूचना / प्रविधि

कसैलाई छुँदा झट्का किन लाग्छ? जाडो मौसममा यस्तो घटना धेरै हुने कारण

कसैलाई छुँदा झट्का किन लाग्छ? जाडो मौसममा यस्तो घटना धेरै हुने कारण

ताजा-अपडेट, सूचना / प्रविधि
सचतक नेपाल डेस्क,तपाईंले धेरै पटक बिजुलीको करेन्ट लाग्ने कुरा सुन्नु भएको होला, तर के तपाईंले कहिल्यै यस्तो सुन्नुभएको छ कि कुनै व्यक्तिलाई अचानक छुँदा ठूलो झट्का लाग्छ? यो घटना प्रायः जाडो मौसममा बढी देखिन्छ। यो के जादू हो त? वा यसको पछाडि कुनै वैज्ञानिक कारण छ?वास्तवमा यो कुनै जादू नभएर विज्ञानको एउटा उदाहरण हो। मानिसको शरीरमा इलेक्ट्रोनको असन्तुलन हुँदा यस्तो स्थिति उत्पन्न हुन्छ। जब शरीरमा नकारात्मक चार्जको मात्रा (इलेक्ट्रोन) बढ्छ र त्यो कुनै सकारात्मक चार्ज भएको व्यक्तिलाई वा वस्तुलाई छुँदा, चार्जको असन्तुलनलाई सन्तुलित बनाउन विद्युत प्रवाह हुन्छ। यही कारणले गर्दा झट्का महसुस हुन्छ।जाडो मौसममा हामीले ऊनी, नायलन, पोलिएस्टरजस्ता कपडाहरू लगाउँछौं जसले शरीरमा स्थिर विद्युत (स्ट्याटिक इलेक्ट्रिसिटी) उत्पन्न गर्छ। साथै, जाडो मौसममा हावा सुख्खा हुने भएकाले चार्जको विसर्जन तुरुन्तै हुँदैन। ...
पाँच महिनामा ६ खर्ब ४० अर्ब रेमिट्यान्स भित्रियो, ४.४ प्रतिशतले वृद्धि

पाँच महिनामा ६ खर्ब ४० अर्ब रेमिट्यान्स भित्रियो, ४.४ प्रतिशतले वृद्धि

ताजा-अपडेट, सूचना / प्रविधि
सचतक नेपाल डेस्क,२७ पुस, राैतहट । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा नेपालले ६ खर्ब ४० अर्ब ४३ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्र्याएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार, यो गत वर्षको सोही अवधिको तुलनामा ४.४ प्रतिशतले वृद्धि भएको हो।डलरमा पनि रेमिट्यान्स आप्रवाह २.५ प्रतिशतले वृद्धि भई ४ अर्ब ७३ करोड पुगेको छ। गत वर्ष यस अवधिमा डलरको आधारमा रेमिट्यान्स आप्रवाह २१.१ प्रतिशतले बढेको थियो।खुद द्वितीय आय (खुद ट्रान्सफर) ६ खर्ब ९९ अर्ब ३४ करोड पुगेको छ, जुन अघिल्लो वर्षको ६ खर्ब ६९ अर्ब ७७ करोडभन्दा धेरै हो।वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या १ लाख ९० हजार ३८४ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या १ लाख ३५ हजार ४२५ रहेको छ।यो वृद्धिले नेपालमा रेमिट्यान्सको भूमिका अझ बलियो बनाएको देखाउँछ। ...
आमसञ्चार प्राधिकरणकाे ५ दिने तालिम आजबाट शुभारम्भ

आमसञ्चार प्राधिकरणकाे ५ दिने तालिम आजबाट शुभारम्भ

banner-news, ताजा-अपडेट, मुख्य समाचार, सूचना / प्रविधि
जनकपुर - गृह तथा सञ्चार मन्त्रालय अन्तर्गत आम सञ्चार प्राधिकरणकाे ५ दिने तालिम आजबाट शुभारम्भ भएको छ । आम सञ्चार प्राधिकरण मधेश प्रदेश जनकपुरधामकाे वार्षिक कार्यक्रममा स्वीकृत भएको अनुसार पहिलो चरणको तालिम सुरु हुन लागेको हो । श्रव्य-दृश्य, छायाङ्कन एवम् सम्पादन सम्बन्धी पाँच दिवसीय तालिम बैशाख २५ देखि २९ सम्म चल्ने छ । प्रदेश सभा सदस्य एवम् नेपाल पत्रकार महासंघ धनुषाका पुर्व अध्यक्ष रामअशिष राय यादवले प्रमुख अतिथिका रुपमा बाेट राेप्न गर्दर तालिमकाे शुभारम्भ गर्नुभयो । कुल २८ जनालाई तालिमका लागि छनौट भएको आम सञ्चार प्राधिकरणले सार्वजनिक गरेको छ। आम सञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले पत्रकारिता बारे प्रकाश थप्दै नेपाल पत्रकार महासंघ धनुषा शाखाकाे सभाकक्षमा उद्घाटन सत्रलाई समापन गर्नुभयो। तालिममा छनाैट नामावली ...
डिभीकाे नतिजा प्रकाशित हुँदै, कसरी हेर्ने?

डिभीकाे नतिजा प्रकाशित हुँदै, कसरी हेर्ने?

अन्तर्राष्ट्रिय, ताजा-अपडेट, सूचना / प्रविधि
राैतहट । डाइभर्सिटी भिसा (डिभी) को नतिजा आज प्रकाशित हुँदैछ । अमेरिकाले सन २०२३ का लागि आवेदन दिइएका आवेदकहरुको डिभीको नतिजा आज प्रकाशन गर्न लागेको हो। नतिजा मे महिनाको ६ तारिखमा प्रकाशन हुने गरेको छ । त्यही प्रावधान अनुसार अमेरिकाले आज डिभीको नतिजा सार्वजनिक गर्न लागेको हो । डिभीको नतिजा नेपाली समय अनुसार राति ९ः ४५ बजे नतिजा सार्वनिक हुनेछ । https://dvprogram.state.gov/ ...
बुद्ध एयरले नयाँ जहाज भित्र्यायाे

बुद्ध एयरले नयाँ जहाज भित्र्यायाे

ताजा-अपडेट, मुख्य समाचार, सूचना / प्रविधि
काठमाडौं । निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले नयाँ जहाज भित्र्याएको छ । कम्पनीले शुक्रबार १५औँ एटिआर–७२ जहाज भित्र्याएको हो ।बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार नयाँ जहाजले आवश्यक कागजी प्रक्रिया पु¥याएर एक महिनाभित्र व्यावसायिक उडान सञ्चालन गर्नेछ । ठूला जहाजबाट उडान भर्दा सञ्चालन खर्च कम हुने र भाडादर पनि स्वतः सस्तो हुने भएकाले ७२ सिटे जहाज भित्र्याइएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।योसँगै बुद्ध एयरका १५ एटिआर जहाज पुगेका छन् । यीमध्ये १२ एटिआर-७२ र तीन एटिआर-४२ जहाज छन् । यसअघि बुद्धसँग भएका दुई बिचक्राफ्ट क्यानाडाको कम्पनीलाई बेचेको थियो ।नयाँ जहाज थपिएपछि हाल दैनिक दुईवटा उडान हुँदै आएको धनगढी र सुर्खेत गन्तव्यमा एउटा उडान थप्ने कम्पनीको योजना छ । त्यसैगरी सङ्खुवासभाको तुम्लिङटारमा एटिआर-७२ जहाजबाट उडान भर्ने तयारी छ । कम्पनीले छिट्टै थप...
अब बिना इन्टरनेटनै‌ क्यूआर भुक्तानी गर्न सकिने

अब बिना इन्टरनेटनै‌ क्यूआर भुक्तानी गर्न सकिने

ताजा-अपडेट, सूचना / प्रविधि
काठमाडौँ । भुक्तानी प्रणाली सञ्चालक फोनपेले अफलाइनमा आधारित क्यूआर भुक्तानी सेवा सार्वजनिक गरेको छ । शुक्रबार राजधानीमा एक कार्यक्रम गर्दै कम्पनीले 'फाेनपे अफलाइन पेमेन्ट' सेवा ल्याएकाे हाे ।यसअन्तर्गत अफलाइनबाटै क्यूआर भुक्तानी गर्न सकिने गरी 'फोनपे ट्याग' तथा 'कस्टमर प्रेजेन्टेड' सेवा सार्वजनिक गरिएको छ ।मोबाइल बैंकिङ प्रयोगकर्ता दुई करोडभन्दा बढी भएपनि क्यूआरमार्फत हुने भुक्तानी थोरै रहेको अवस्थालाई मध्यनजर गर्दै कम्पनीले अफलाइन भुक्तानी सेवा ल्याएको जनाएको छ ।यो सेवामार्फत इन्टरनेट नभएको अवस्थामा पनि क्यूआरमार्फत डिजिटल भुक्तानी हुने कम्पनीको भनाइ छ । यसका लागि कम्पनीले टोकनाइजेसन प्रविधिमा आधारित अफलाइन भुक्तानी सेवा ल्याएको छ ।'फोनपे ट्याग' (फोनपे ट्याप एन्ड गो) सेवा अन्तर्गत एनएफसी (नियर-फिल्ड कम्युनिकेसन) डिभाइस प्रयोगकर्ता (एन्ड्राेइड)ले क्यूआरमार्फत भुक्तानी गर्नसक्ने छन् ।एनएफस...
ट्राफिक प्रहरीले नागरिक एपकाे लाईसेन्सलाई किन मान्यता दिदैन् ? यस्तो छ कारण….

ट्राफिक प्रहरीले नागरिक एपकाे लाईसेन्सलाई किन मान्यता दिदैन् ? यस्तो छ कारण….

ताजा-अपडेट, सूचना / प्रविधि
नागरिक एपमा सवारी सवारी चालक अनुमति पत्र (लाइसेन्स) र सवारी दर्ता किताब (ब्लुबुक) लिंक गर्ने सूविधा छ।तर नागरिक एपमा भएको लाइसेन्स र ब्लुबुकलाई ट्राफिक प्रहरीले मान्यता दिने गरेका छैन। एपमा उपलब्ध लाइसेन्स र ब्लुबुकको आधारमा सवारी चालक वा धनीलाई कारबाही गर्न सकिने कानुनी व्यवस्था नभएकाले यसलाई मान्यता नदिएको ट्राफिक प्रहरीको भनाइ छ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका अनुसार सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १३१ बमोजिम यातायात निरीक्षक वा प्रहरीले जाँचबुझको सिलसिलामा कुनै सवारी चालकको सवारी चालक अनुमति पत्र , सवारी दर्ता किताब र सवारी इजाजत पत्र हेर्न खोजेमा देखाउनु पर्ने व्यवस्था छ।सोही ऐनको दफा १६४ को १(न) मा सवारी चालक अनुमति पत्र साथमा नराखी सवारी चलाएमा कसुर मानिने व्यवस्था रहेको र सोही ऐनको दफा ६० अनुसार ५ पटक भन्दा बढी सवारी नियम उल्लंघन गर्ने चालकको सवारी चा...
ठुलाे संख्यामा वायुसेवाले माग्यो कर्मचारी

ठुलाे संख्यामा वायुसेवाले माग्यो कर्मचारी

ताजा-अपडेट, मुख्य समाचार, सूचना / प्रविधि
काठमाडौँ - नेपाल वायुसेवा निगमले स्थायी पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ। निगमले चौथो तहदेखि सातौँ तहसम्मका लागि आवेदन आह्वान गरेको हो।रिक्त पदहरूमा खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्तिका लागि योग्य नेपाली नागरिकले अनलाइन दरखास्त दिन सक्ने निगमले जनाएको छ। २१ दिनभित्र आवेदन दिनु पर्ने निगमले जनाएको छ।बिज्ञापन : ...
निर्वाचनकाे लागि टेलिकमकाे अफर

निर्वाचनकाे लागि टेलिकमकाे अफर

ताजा-अपडेट, सूचना / प्रविधि
काठमाडौं - नेपाल टेलिकमले आगामी मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा सूचना आदान प्रदान गर्न र निर्वाचन परिणाम थप सहजाताका साथ मोबाइलमै प्राप्त गर्न निर्वाचन अफर सार्वजनिक गरेको छ ।एनटिसिका अनुसार डाटा प्याक अन्तर्गत १० दिनसम्म प्रयोग गर्न सकिने २० जिबी डाटा २९४ रुपैयाँमा उपलब्ध छ । यसैगरी, ६ जिबी डाटा ३ दिनसम्म प्रयोग गर्न सकिने प्याक ९८ रुपैयाँमा उपलब्ध छ ।एक दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने १ एमबिपीएस डाटा तथा अनलिमिटेड भ्वाइस प्याक ४९ रुपैयाँमा उपलब्ध हुनेछ । यी प्याकहरू जुनसुकै समय प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ। यो अफर आज (आइतबार) देखि आगामी मंसिर ११ गतेसम्म उपलब्ध हुने बताइएको छ ।आगामी मंसिर ११ गतेसम्म मोबाइलबाट ८१४१५८११३ डायल गरी वा नेपाल टेलिकम एपु प्रयोग गरी यी सुविधा खरिद गर्न सकिने नेपाल टेलिकमले बताएको छ । ...
अमेरिकी डीभी खुल्यो

अमेरिकी डीभी खुल्यो

banner-news, अन्तर्राष्ट्रिय, ताजा-अपडेट, सूचना / प्रविधि
काठमाडौं - अमेरिकाले २०२४ को डाइभर्सिटी भिसा (डीभी)को आवेदन खुला गरेको छ । १९ असोज बुधबारको राति ९:४५ बजेबाट खुला भएको आवेदन २२ कार्तिक २०७९ सम्म जारी रहने काठमाडौंस्थित अमेरिकी दूताबासले जनाएको छ ।आवेदन दिनको लागि https://dvprogram.state.gov/ मा गएर मागिएको जानकारीहरू प्रविष्ट गर्नुपर्नेछ । स्पन्सर लगायतका कागजात नचाहिने र डीभीको आवेदन निःशुल्क भर्न सकिने समेत दूताबासले जनाएको छ । ...