बागमती युथ क्लबको पहिलो जित, वालिङ नगरपालिका पराजित
बागमती युथ क्लबले एन्फा महिला लिगअन्तर्गत फाइनल राउन्डमा आफ्नो पहिलो जित निकालेको छ। शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सम्पन्न खेलमा बागमतीले वालिङ नगरपालिकालाई २-० ले पराजित गर्दै तीन अंक जोड्न सफल भयो।पहिलो हाफ गोलरहित बराबरीमा टुंगिए पनि दोस्रो हाफको सातौं मिनेटमा अस्मिता खवासले बागमतीका लागि पहिलो गोल गर्दै अग्रता दिलाइन्। त्यस्तै, खेलको ७५औं मिनेटमा विष्णुमाया बलले अर्को गोल थप्दै बागमतीको जित सुनिश्चित गरिन्।वालिङ नगरपालिका भने यो हारसँगै जितविहीन नै रहेको छ। बागमतीको यो जितले फाइनल राउन्डमा थप उत्साह ल्याएको छ।
...