Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-statistics domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the denra-wp-dt domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the advanced-ads domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114
खबर बिषेश | Sach Tak Nepal
Monday, February 17
Shadow

खबर बिषेश

लामिछाने ८४ दिनपछि ६५ लाख धरौटीमा रिहा

लामिछाने ८४ दिनपछि ६५ लाख धरौटीमा रिहा

banner-news, Latest News, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
२५ पुस, काठ्माण्डौ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई कास्की जिल्ला अदालतले ६५ लाख रुपैयाँ धरौटीमा रिहा गरेको छ। सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अभियुक्त ठहरिएका लामिछाने ८४ दिन हिरासतमा बसेपछि मुक्त भएका हुन्।अदालतले लामिछानेको बैंक खातामा सहकारीको रकम ट्रान्जेक्सन भएको देखिए पनि उनी अहिले नै दोषी हुन् भन्ने प्रमाण पर्याप्त नरहेको ठहर गरेको छ। न्यायाधीश नीतिज राईको इजलासले उनलाई बैंक ग्यारेन्टीमार्फत धरौटी बुझाउन आदेश दिएको थियो।लामिछानेलाई गत २ कात्तिकमा काठमाडौंबाट पक्राउ गरेर कास्की लगिएको थियो। सहकारी ठगी, सम्पत्ति शुद्धीकरण, र संगठित अपराधका तीनवटा मुद्दामा उनीमाथि अनुसन्धान हुँदै आएको छ। सरकारी वकिलको कार्यालयले ७ पुसमा दायर गरेको अभियोगपत्रमा सूर्यदर्शन सहकारीबाट ६५ करोड रुपैयाँ अपचलन भएको दाबी गरिएको छ। संसदीय विशेष समितिले लामिछानेलाई गोर...
पुजारी हत्याकाण्डमा फरार प्रतिवादी २ वर्ष पछि पक्राउ

पुजारी हत्याकाण्डमा फरार प्रतिवादी २ वर्ष पछि पक्राउ

banner-news, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
प्रेम यादव २६ भाद्र, रौतहट । चर्चित पूजारी हत्याकाण्डमा फरार रहेका ४ जनामध्ये १ जना प्रतिवादीलाई प्रहरीले २ वर्षपछि पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएका प्रहरी टोलीले खेसरहियाको पुजारी हत्याकाण्डमा फरार अभियुक्तलाई शनिबार पक्राउ गरेको छ । माधवनारायण नगरपालिका–२ खैस्रैया चौक स्थित रहेको हनुमान मन्दिरको ६५ वर्षीय पुजारी श्री राम साहलाई २०७७ साल भाद्र ३ गते राति साढे ८ बजेको समयमा अज्ञात व्यक्तिले कञ्चटमा गोली प्रहार गरी हत्या गरेको थियो । ज्यान सम्बन्धी कसूर तथा संगठित अपराध मुद्दामा फरार रहेका जिल्ला रौतहट देवाही गोनाही नगरपालिका– १ करुनिया वस्ने शेख विकाउ भन्ने मोहमद कासिम आफ्नो घर ठेगानामा लुकी छिपी बसेको अवस्थामा फेला पारी निजलाई प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका नि–सुचना अधिकारी तथा प्रवक्ता (प्रहरी निरीक्षक) दिनेश बहादुर कुँवरले जानकारी...
चन्द्रपुरबाट १७ लाखभन्दा बढीको मालसमान प्रहरीको नियन्त्रणमा

चन्द्रपुरबाट १७ लाखभन्दा बढीको मालसमान प्रहरीको नियन्त्रणमा

banner-news, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल न्यूज डेस्क, २६ भाद्र, रौतहट । प्रहरीले चन्द्रपुरमा गए राति करिब साढे ८ बजे सर्लाहीबाट काठमांडौतर्फ जाँदै गरेको नाईट बसबाट रु.१७ लाख ७५ हजार ३९५ बराबरको मालसमानहरु फेला पारेको छ । जिल्ला प्रहरी कार्यालय रौतहट र ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले चन्द्रपुर नगरपालिका–४ स्थित अल्पाईन होटल अगाडीबाट उक्त मालसमान बरामद गरेको हो । काठमांडौतर्फ जाँदै गरेको ना.६ ख– १२३३ नं.को नाईट बसलाई रोकी चेकजाँच गर्दा भन्सार छली तथा चोरी पैठारी गरि ल्याएका कपडा, चिनी, चप्रा र दुध लगायतका अन्य मालसामानहरु वेवारीसे अवस्थमा फेला पारेको जिल्ला प्रहरी कार्यालय रौतहटका नि– सूचना अधिकारी तथा प्रवक्ता (प्रहरी निरीक्षक) दिनेश बहादुर कुँवरले प्रेस विज्ञप्ति मार्फत जनाकारी दिएका छन् । बरामद भएका मालसमानहरु आवश्यक कारवाहीको लागि आज (आइतबार) गौर भन्सार कार्यालयमा बुझ...
सर्लाही: करेन्ट लागेर एक जनाको ज्यान गएपछि स्थानीयद्वारा पुर्व पश्चिम लोकमार्ग अवरुद्ध

सर्लाही: करेन्ट लागेर एक जनाको ज्यान गएपछि स्थानीयद्वारा पुर्व पश्चिम लोकमार्ग अवरुद्ध

banner-news, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क,२२ भदाै, सर्लाही । बिद्युत प्राधिकरणकाे लापरबाही कारण करेन्ट लागेर एक जनाकाे ज्यान गएपछि पुर्व पश्चिम लोकमार्ग अन्तरगत बागमती पुलमा स्थानियले टायर वालेर प्रदर्शन गरेका छन् ।बागमती नगरपालिका ११ स्थित बागमतीमा करेन्टर लागेर एक जनाएको ज्यान गएपछि विद्युत प्राधिकरणको लापरबाहीले आफ्ना मानिसको ज्यान गएको भन्दै स्थानियले क्षतिपूर्तिको माग गरेका छन्।विद्युत प्राधिकरणको लापरबाही अन्त्य हुनु पर्ने माग राख्दै दिउँसो करिब साँढे ३ बजेबाट लोकमार्ग अवरुद्ध गरेका थिए ।बागमती नगरपालिका ११ का स्थानिय अन्दाजी वर्ष ३० का प्रकाश वाईवाको करेन्ट लागेर ज्यान गएको थियो ।सडक अवरुद्ध भएको स्थानमा ठुलो मात्रामा सुरक्षाकर्मी तैनाथ गरिएको छ भने स्थानीयले टायर वालेर सडक अवरुद्व गरिरहेका छन् । ...
रौतहट प्रहरीद्धारा २०४ किलो गाँजा नियन्त्रणमा

रौतहट प्रहरीद्धारा २०४ किलो गाँजा नियन्त्रणमा

banner-news, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क, १३ भदौं, रौतहट । रौतहट प्रहरीले आज (सोमबार) विशेष सूचनाको आधारमा २०४ किलो लागुऔषध गाँजा नियन्त्रणमा लिएको छ । अस्थायी प्रहरी पोष्ट महादेवपट्टी र सशस्त्र प्रहरी बल नेपाल वेस क्याम्प गौरबाट संयुक्त रुपमा खटिएका गस्ती टोलीले गौर नगरपालिका–२ बकैया खोलाको किनारमा भारत तर्फ लैजादै गरेको १७ वटा प्लाष्टिकको पोकोमा २०४ किलो प्रतिबन्धित लागु औषध गाँजा बरामद गरेको छ । प्रहरीलाई देख्नासाथ उक्त गाँजा छोडेर फरार भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिएका छन् । प्रहरी टोलीले उक्त लागु औषध गाँजा बेवारिसे अवस्थामा बरामद गरी जिल्ला प्रहरी कार्यालय ल्याई थप अनुसन्धान कार्य भइरहको प्रवक्ता मल्लले जनाएको छ ।...
कपिलवस्तुमा एक जनाकाे हत्या

कपिलवस्तुमा एक जनाकाे हत्या

banner-news, खबर बिषेश, ताजा-अपडेट
१० भदाै, कपिलबस्तु । अज्ञात समूहद्वारा गोली हानी एक जनाकाे हत्या गरेकाे छ।जिल्लाको मायादेवी गाँउपालिका ६ मदरहवा बस्ने ५५ वर्षीय राम समुझ भन्ने घुरहु पासीलाई गोली हानी हत्या गरिएको प्रहरीले जनाएको छ ।पासीलाई मायादेवी गाँउपालिका ५ को महादेवको एक खाली घरमा गोली हानी हत्या गरिएको प्रहरीले जानकारी दिएकाे छ।यससम्बन्धी थप अनुसन्धन भइरहेकाे प्रहरीकाे भनाइ छ। ...
मुख्यमन्त्री राउतकाे पुतला दहन, १५० भन्दा बढी पक्राउ

मुख्यमन्त्री राउतकाे पुतला दहन, १५० भन्दा बढी पक्राउ

banner-news, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल ९ भदाै, जनकपुरधाम - मधेसको राजधानी जनकपुरधामस्थित मिल्स एरियामा मुख्यमन्त्री लालबाबु राउतको पुत्ला दहन भएको छ। प्रहरीले राेक लगाउँदा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय नजिकै चुरे अभियानी तथा सुकुम्बासीहरुसँग झडप भएको हाे ।चुरे अभियानी तथा सुकुम्बासीहरु मुख्यमन्त्री राउतको पुत्ला जलाएका हुन् । पुत्ला दहन कार्यक्रममा ठूलो संख्यामा दलित तथा सुकुम्बासी महिलाहरु सहभागी थिइन् । उनीहरु मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तालाबन्दीको प्रयाससमेत गरेका थिए । सो क्रममा सयौं महिला र पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।मुख्यमन्त्रीको पुत्ला दहन तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तालाबन्दी गर्ने जस्ता विरोधको कार्यक्रम चुरे तथा वन जंगल संरक्षण अभियानले राखेको थियो । अभियानका संयोजक सुनिल यादवका अनुसार प्रहरीले शान्तिपूर्ण आन्दोलनमा दमन गरेर १५० जनालाई पक्राउ गर...
राैतहट प्रहरी: लागुऔषध एम्पुलसहित दुई जना भारतीय नागरिक पक्राउ

राैतहट प्रहरी: लागुऔषध एम्पुलसहित दुई जना भारतीय नागरिक पक्राउ

banner-news, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
प्रेम यादव ९ भदाै, राैतहट । जिल्ला प्रहरी कार्यालय रौतहट र प्रहरी चौकी बंकुलबाट खटिएको संयुक्त प्रहरी टोलीले आज प्रतिबन्धित लागुऔषध एम्पुलसहित दुई जना भारतीय नागरिकहरुलाई पक्राउ गरेको छ ‌।प्रहरी टोलीले रौतहटकाे वौधीमाई नगरपालिका-८ बंकुल बजार स्थित बिआर ०५ वाई ४३३२ नम्बरकाे माेटरसाइकलमा सवार भारत जिल्ला पूर्बी चम्पारण थाना घोडासहन ग्राम पंचायत पुर्नहिया-६ वस्ने अंदाजी वर्ष ४१ को सुरेन्द्र प्रसाद जौसवाल र भानु प्रसाद जौसवालको श्रीमती अंदाजी वर्ष ३५ की सुनिता देवीलाई नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय राैतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिएका छन्। औषध नियन्त्रण ब्युरो शाखा कार्यालय, बिरगंज (पर्सा) को सूचनाको आधारमा मोटरसाइकललाई रोकी चेकजाँच गर्ने क्रममा उनीहरुबाट प्रतिबन्धित लागुऔषध एम्पुल बरामद भएको हाे । उनीहरुबाट डाईजोपाम ५०० एम्पुल, फेनारगन ५०० एम्पुल र बुप...
पिडित व्यापारीहरुद्वारा क्षतिपूर्तिकाे माँग, घरधनीनै दाेषी रहेको बालेनकाे भनाई

पिडित व्यापारीहरुद्वारा क्षतिपूर्तिकाे माँग, घरधनीनै दाेषी रहेको बालेनकाे भनाई

banner-news, Uncategorized, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क,८‌ भदाै, राैतहट । काठमाडौं मल र आरबी कम्प्लेक्समा रहेकाे गैरकानुनी संरचना माथी धमाधम डाेजर चलेकाे छ। संरचना हटाइएपछि धेरै जसो व्यपारी पिडित बनेका छन्।काठमाडौं महानगरमा गैरकानुनी संरचना बनाएर भाडामा लगाउने व्यक्ति दोष रहेकाे काठमाडौं महागरपालिकाका मेयर बालेन्द्र शाहले बताएका छन् ।बुधबार न्यूरोड क्षेत्रमा अनधिकृत रुपमा बनाइएका संरचना हटाउन ठूलो संख्यामा प्रहरी र डोजरसहित पुगेका मेयर बालेनले पिडित व्यापारीसँग यस्तो प्रतिक्रिया दिएका हुन् ।घरधनी प्रत संकेत गर्दै उनले भने, ‘जसले गैरकानुनी संरचनामा भाडामा लगायो, क्षतिपूर्ति उसले दिनुपर्छ, किनकी दोष उसको हो ।’उनले व्यापारीहरु मारमा नपर्ने आश्वासन समेत दिए । मेयर बालेनसँग न्यूरोडमा स्थानीयले सडकमा बेच्न राखेको पानीपुरीसहितका पसल समेत हटाउन माग गरे । जवाफमा मेयर बालेनले त्यसबारे सूचना दिन आग्रह गरे । उनले भने, ‘नक्सा पासविना बनेका...
करेन्ट लागेर माैलापुरमा एक जनाकाे मृत्यु

करेन्ट लागेर माैलापुरमा एक जनाकाे मृत्यु

banner-news, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क, ५ भदाै, राैतहट । गए राति करेन्ट लागेर राैतहटका एक जनाकाे मृत्यु भएको छ। शनिबार राती करिब १ बजे विधुतिय मोटर संचालन गर्ने क्रममा घाइते भएका एक जनाकाे उपचारकाे क्रममा आज बिहान ज्यान गएको हो। मृत्यु हुनेमा मौलापुर नगरपालिका- ८ बस्ने करिब ४० वर्षीय महेश प्रसाद यादव भन्ने टैटुनको रहेको प्रहरीले जनाएको छ। रौतहटको सोनरनियाँमा विधुतिय मोटरबाट खेतमा पानी हाल्ने क्रममा करेन्ट लागेर यादव घाइते भएका थिए।करेन्ट लागेर घाइते भएका यादवलाई उपचारका लागि विरगंज स्थित नेसनल मेडिकल कलेजमा पुर्याइएको थियो। उपचारकाे क्रममा उनकाे मृत्यु आईतबार विहान करिब २ तिर मृत्यु भएको प्रहरीले जनाएको छ ।मृतकको शव परिक्षणको लागि नरायणी अस्पताल विरगंजमा राखिएको र घटना बारे थप्प अनुसन्धान भई रहेको ईलाका प्रहरी मौलापुरले जनाएको छ । ...