Sunday, July 21
Shadow

ताजा-अपडेट

छुट्टाछुट्टै घटनामा रौतहटका चार जनाको मृत्यु

छुट्टाछुट्टै घटनामा रौतहटका चार जनाको मृत्यु

banner-news, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल , २७ असार, रौतहट । बिहिवार छुट्टाछुट्टै स्थानको घटनामा परेर चार जनाको मृत्यु भएको छ। जिल्ला सदरमुकाम गौर स्थित पोखरीको पानीमा डुबेर एकजनाको मृत्यु भएको छ भने राजदेवी नगरपालिकामा छतबाट खसेर अर्का एक पुरुषको मृत्यु भएको हो। त्यस्तै ट्याक्टर पल्टिएर चालकको मृत्यु भएको छ भने चट्याङ लागेर एकजना महिलाको मृत्यु भएको हो। आज बिहान सवा ८ बजेको समयमा गौर नगरपालिका १ स्थित ट्रान्सफर्मर चोक बस्ने बर्ष ६० को पवन अग्रवालले घर पछाडिको पोखरीको डिलमा फुल टिप्ने क्रममा खुट्टा चिप्ली पोखरीमा लडि डुबी अचेत भएका थिए। अग्रवालको प्रादेशिक अस्पताल गौरमा सामान्य उपचार पश्चात थप उपचारको लागी दिउँसो डेढबजे थप उपचारको लागि बिरगंज पठाईएकोमा बाटोमै मृत्यु भएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताएका छन। मृतक अग्रवालको शव पोष्टमार्टमका र प्रादेशिक अस्पताल गौरमा राखिएको जिल्ला प्रह...
राजदेवी नपाकाे नगरसभा सम्पन्न, करिब साढे ४८ कराेड १० लाख ९६ हजारकाे बजेट प्रस्तुत

राजदेवी नपाकाे नगरसभा सम्पन्न, करिब साढे ४८ कराेड १० लाख ९६ हजारकाे बजेट प्रस्तुत

banner-news, ताजा-अपडेट, मुख्य समाचार
राैतहट – राजदेवी नगरपालिकाकाे १२ औं नगर अधिवेशन साेमबार सम्पन्न भएकाे छ । अगामी आर्थिक वर्ष २०८१/०८२ का लागि राजदेवी नगरपालिकाले कुल ४८ करोड १० लाख ९६ हजारको बजेट प्रस्तुत गरेका छन् । जिल्ला समन्वय समितिका अध्यक्ष राम अयोध्या राय यादवको प्रमुख आतिथ्यमा उक्त सभा सम्पन भएको थियो।  प्रत्येक वर्ष झै असार १०‌ सम्म नगर अधिवेशन सक्नु पर्ने कानुनी प्रावधान छ। साेही प्रावधान अनुसार राजदेवी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ काे बजेट नीति तथा कार्यक्रम साेमबार प्रस्तुत गरिएकाे हाे । नगरसभाकाे प्रथम चरणमा आज बजेट नीति तथा कार्यक्रम सम्पन्न भएको छ। ‘जनमुखी स्थानीय सरकार, विकास र समृद्धिको आधार’ भन्ने मूल नाराको रुपमा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा विकास व्यवस्थापन, दिगो बिविकास र सुशासनको प्रत्याभूति हुने गरी वातावरण सृजना गरिने लक्ष्य लिइएको हो । नगरप्रमुख भिखारी राय यादवले नीति तथा कार्यक...
कस्तो छ अजय देवगनको फिल्म मैदान ?

कस्तो छ अजय देवगनको फिल्म मैदान ?

अन्य, ताजा-अपडेट
राैतहट, २८ चैत । । भारतीय फुटबलको सुनौलो युग देखाउने प्रशिक्षक सैयद अब्दुल रहीमको जीवनीमा आधारित फिल्म ‘मैदान’ अप्रिल १० मा रिलिज हुँदैछ । अजय देवगन अभिनित यो वास्तविक जीवनमा आधारित फिल्म ३ घण्टा १ मिनेट लामो छ । भारतीय फुटबलको स्वर्णिम काल १९५२ देखि १९६२ सम्म थियो । यो केवल एक व्यक्ति सैयद अब्दुल रहीम (अजय देवगन) को कारणले सम्भव भयो । फिल्मको कथा उनको जीवनमा आधारित छ । कथाको सुरुमा सैयद अब्दुल रहिमले देशभरका खेलाडीहरू जम्मा गरेर देशका लागि खेल्न तालिम दिन्छन् भन्ने देखाइएको छ । यसैबीच, उनले भारतीय फुटबल महासंघ भित्रका केही क्षेत्रीयवादीहरूसँग सामना गरेको फिल्ममा देखाइएको छ ।महासंघका तत्कालिन पदाधिकारीहरू चाहन्थे कि बंगालका खेलाडीहरूलाई टीम इन्डियामा बढी अवसर मिलोस्, तर सैयद अब्दुल रहीमको सोच अर्कै थियो । वास्तविक प्रतिभालाई अवसर दिनुपर्छ भन्ने उनको मान्यता थियो । १९५२ र १९५६ ओलम्पिकमा भा...
भारतको नैनीतालमा पिकअप दुर्घटना हुदा ७ नेपाली मजदुरको मृत्यु

भारतको नैनीतालमा पिकअप दुर्घटना हुदा ७ नेपाली मजदुरको मृत्यु

अन्तर्राष्ट्रिय, ताजा-अपडेट
२७ चैत, राैतहट । भारतको नैनिताल नजिकैको बेतालघाट क्षेत्रको एक पिक अप दुर्घटना हुदा सात नेपाली मजदुरको मृत्यु भएको छ ।भारतीय मिडियाहरुले मल्ल गाउँस्थित उन्चकोट मोटर सडकमा पिकअप दुई सय मिटर गहिरो खाल्डोमा खसेको बताएका छन्  । दुर्घटनामा चालकसहित आठ जनाको मृत्यु भएको छ । गाडीमा सवार दुई नेपाली मजदुर पनि गम्भीर घाइते भएका छन् ।प्रहरी टोली घटनास्थलमा पुगेर स्थानीयवासीको सहयोगमा उद्धार कार्य सुरु गरेको प्रहरीलाई उदृत गर्दै मिडिया रिपोर्टमा उल्लेख छ । गाडीमा ९ नेपाली कामदार रहेको प्रहरीले बताएको छ ।उक्त क्षेत्रमा खानेपानीको लाइन बिछ्याउने काम सकेर सबैजना फर्कदै गर्दा उक्त दुर्घटना भएको हो । दुर्घटनामा ज्यान गुमाएका नेपाली मजदुरको नाम र घर भने खुल्न नसकेको प्रहरीले बताएको छ । ...
राैतहट आगलागी : ३ घर गोठ ७ चौपाया जलेर नष्ट, १० लाख बढीको क्षती

राैतहट आगलागी : ३ घर गोठ ७ चौपाया जलेर नष्ट, १० लाख बढीको क्षती

banner-news, ताजा-अपडेट, मुख्य समाचार
 रौतहट , २७ चैत। गएराती भारतीय सिमानासँग जोडिएको रौतहटको दक्षिणी भेग स्थित ईशनाथ नगरपालिकामा भएको आगलागी बाट तीन घर गोठ जलेर नष्ट भएको छ।आगलागीमा परेर घर गोठ भित्र रहेको ७ वटा चौपायाको मृत्यु भएको छ। आगलागी बाट १० लाख रुपैयाँ भन्दा बढीको क्षती भएको अनुमान गरिएको छ।गए राती ११ बजेर ४५ मिनेटको समय ईशनाथ ८ मंसरी टोलका बलिराम मिश्राको फुसको गोठ घरमा बालेको घुरबाट आगो सल्कीन गई गोठ घरमा आगलागी भएको थियो। आगलागीको खबर प्राप्त हुना साथ प्रहरी चौकी रामपुर खापका प्रमुख असई सुरेशमान श्रेष्ठको कमाण्डमा खटि गएको टोली, गाउँले र बोर्डर आउट पोस्ट खापबाट गएको सशस्त्र प्रहरीको सहयोगमा १२ बजेर ५० मिनेटमा आगलागी नियन्त्रण आएको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले बताएकी छिन्। आगलागी बाट तीनजनाको घर गोठ र घरभित्र रहेको सम्पूर्ण सामान जलेर नष्ट भएको थियो।आगलागीमा परेर स्थानिय बलिराम मिश्राको भौंसी-१, पा...
काँग्रेसको निर्णय- संसदीय छानविन समिति गठन नभए संसद चलन दिदैनौं

काँग्रेसको निर्णय- संसदीय छानविन समिति गठन नभए संसद चलन दिदैनौं

ताजा-अपडेट, राजनीति
काठमाडौँ । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरण छानविनका लागि संसदीय छानविन समिति गठन नगरे संसद बैठक चल्न नदिने निर्णय गरेको छ ।साथै कांग्रेसले आफ्ना मागबारे सरकार गम्भीर नभए त्यसबाट उत्पन्न हुने परिणामप्रति सरकार नै जिम्मेवार हुने जनाएको छ । सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएका छन् ।मंगलबार बिहान बसेको सो पार्टीको संसदीय दलको बैठकले उक्त निर्णय गरेको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए । ‘तत्काल सहकारी ठगीका बारेमा संसदीय छानविन समिति गठन गर्न सरकारसँग माग गर्ने निर्णय गरेको छ’, बैठकपछि लेखकले भने, ‘कांग्रेस संसद अवरोध गर्न चाहदैन, तर नेपालीकांग्रेसको माग प्रति सरकार गैरजिम्मेवार भयो भने संसद अवरुद्ध भयो भने सरकारले लिनुपर्छ ।’ ...
भारतको आलोचना गर्ने माल्दिभ्सकी पुर्व मन्त्रीले मागिन माफि

भारतको आलोचना गर्ने माल्दिभ्सकी पुर्व मन्त्रीले मागिन माफि

अन्तर्राष्ट्रिय, ताजा-अपडेट
माले, २७ चैत । माल्दिभ्सकी पूर्वमन्त्री मरियम शिउनाले आफ्नो भनाइ प्रति माफी मागेकी छिन् । उनले विपक्षी दल माल्दिभियन डेमोक्रेटिक पार्टी (एमडीपी) को झण्डाबारे अपमानजनक पोस्ट गरेका थिए। आफ्नो टविटर पोस्टमा मरियमले भारतको राष्ट्रिय प्रतीक अशोक स्तम्भको बारेमा गलत शब्द प्रयोग गरेकी थिइन्। यसबारे एमडीपी र भारतका प्रयोगकर्ताबाट कडा प्रतिक्रिया आएको थियो । मरियमले एमडिपी विरुद्ध आफ्नो पोस्टमा लेखेकी थिइन्, ‘एमडिपी र बीजेपीमा कुनै भिन्नता छैन, यिनीहरूबाट होसियार हुनु आवश्यक छ। यो पोस्टमा उनले भाजपाको चुनाव चिन्ह ‘कमल’ पनि प्रयोग गरेका छन् । वास्तवमा, माल्दिभ्समा चुनाव हुन लागेको छ, त्यसैले त्यहाँका नेताहरू लगातार एकअर्काविरुद्ध टिप्पणी गरिरहेका छन्। मोहम्मद मुइज्जुको पार्टी नेतृ मरियमले त्यस्तो पोस्ट गरेकी थिइन् । यसअघि उनले प्रधानमन्त्री नरेन्द्र मोदीको लक्षद्वीप भ्रमणलाई लिएर आपत्तिजनक टिप्...
अब आर्टिफिसियल इन्टेलिजेन्सबाट हृदय घात हुने नहुने पहिला नै पत्ता लगाउने सकिने

अब आर्टिफिसियल इन्टेलिजेन्सबाट हृदय घात हुने नहुने पहिला नै पत्ता लगाउने सकिने

अन्य, ताजा-अपडेट
लन्डन, २७ चैत । आर्टिफिसियल इन्टेलिजेन्स उपकरणले ८० प्रतिशत सटीकताका साथ घातक हृदय रोग पत्ता लगाउन सक्ने भएको छ ।  जसका लागि बेलायती अनुसन्धानकर्ताहरूले नयाँ आर्टिफिसियल इन्टेलिजेन्स उपकरणको विकास गरेका छन् । उनीहरूका अनुसार सो अनुसन्धान पछि व्यक्तिको घातक मुटुको समस्या ८० प्रतिशत सटीकताका साथ पत्ता लगाउन सक्नेछ । वेंट्रिकुलर एरिथमिया एक असामान्य हृदयको ताल हो, जसले हृदयको तल्लो कक्षमा समस्यालाई संकेत गर्दछ। यस्तो अवस्थामा मुटुको धड्कन तीव्र हुनुका साथै रक्तचाप पनि कम हुन्छ । यदि यो समस्याको समयमै उपचार गरिएन भने यो घातक हुन सक्छ।बेलायतको लेसेस्टर विश्वविद्यालयको नेतृत्वमा रहेको टोलीले भिए नेस्ट रेस्ट–५० नामक उपकरणको विकास गरेको हो। युरोपेली हार्ट जर्नल डिजिटल हेल्थमा प्रकाशित अध्ययनमा २०१४ र २०२२ बीच घरमा बस्ने २७० वयस्कहरूको होल्टर इलेक्ट्रोकार्डियोग्राम (ईसीजी) परीक्षण गर्न यो उपकरण प्...
आजपा केन्द्रीय सदस्य निवेश यादव जसपामा प्रवेश

आजपा केन्द्रीय सदस्य निवेश यादव जसपामा प्रवेश

banner-news, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल न्यूज,काठमाडौ। आम जनता पार्टीका केन्द्रीय सदस्य निवेश यादव जनता समाजवादी पार्टी प्रवेश गरेका छन् । मंगलबार जसपा केन्द्रीय कार्यालय बालकुमारीमा आयोजित एक कार्यक्रमबीच उनले प्रवेश गरेकाे छ। कार्यक्रममा उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री समेत रहेका जसपा अध्यक्ष उपेन्द्र यादवले यादवसहितका आजपा नेता कार्यकर्तालाई पार्टीमा स्वागत गरेका हुन् । आजपा केन्द्रिय सदस्य निवेश यादव पार्टीको केन्द्रीय प्रचारप्रसार विभाग उपप्रमुख तथा आजपा निकट युवा संगठन आईटी आर्मीका दोस्रो वरियताको उपाध्यक्षको जिम्मेवारी सम्हालेका थिए । आजपा अध्यक्ष प्रभु साह शहरी विकास मन्त्री रहँदा उनका प्रेस सल्लाहकारको समेत भुमिका निर्वाह गरेका यादव उनको सचिवालय सदस्य समेत हुन् ।जसपा प्रवेशपछी छोटो प्रतिक्रिया दिदै यादवले प्रभु साहको पार्टीको कुनै स्पष्ट विचार, नीति तथा गन्तव्य नरहेकोले आफुले...
विजेता ,उप- विजेतालाई महिला नेत्री अंजु झाद्वारा नगद पुरस्कार बितरण

विजेता ,उप- विजेतालाई महिला नेत्री अंजु झाद्वारा नगद पुरस्कार बितरण

banner-news, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
राैतहट - ईशनाथमा आयाेजित मेयरका विजेता तथा उपविजेता टाेलीलाई मेयर प्रत्यासी अंझु झाले नगदबाट पुरस्कृत गरेकी छिन्। उनले बिजेतालाई १५ हजार र उपविजेतालाई १० हजार नगदबाट पुरस्कृत गरेकी हुन् । बिजेता पुर्व घाेषित पुरस्कार स्वरुप आज ईशनाथ नगरपालिका वार्ड नं ३ स्थित महादेव मन्दिर परिसर भित्र नेपाली कांग्रेस नेत्री अंजु झाले उक्त पुरस्कारकाे आयोजना गरेकी थिइन् । खेलाडीहरुकाे मनाेवल उच्च गर्न उनले पुरस्कारकाे आयोजना गरिएकाे उनले बताइन्। उप बिजेता ईशनाथ नगरपालिकाले फागुन ५ गते देखि १८‌ गतेसम्म उक्त मेयर कप संचालन भएकाे थियाे । यदी पालिकाले कागजी प्रक्रियामा १ प्रतिशत मात्र सहयोग गरे आफु ईशनाथ‌ नगरपालिकामा स्टेडियम बनाउन सक्क्षम रहेकाे महिला नेत्री अंजु झाले  दाबी गर्नुभयाे ।‌कार्यक्रममा नेपाली काँग्रेसका महिला नेत्री अंजु झा, बिजयी टाेली एवम् उपविजेता समेत टाेली, स्थानिय नगरबासी‌काे ...