Tuesday, January 21
Shadow

अन्य

शाहरूख जब स्टार थिएनन, उनको फ्लाटमा चट्टाइमा घन्टौं गफिन्थ्याैंः मनिषा काेइराला

शाहरूख जब स्टार थिएनन, उनको फ्लाटमा चट्टाइमा घन्टौं गफिन्थ्याैंः मनिषा काेइराला

अन्य, ताजा-अपडेट
मुम्बइ, २८ पुस । मनिषा कोइरालाले ९० को दशकमा फिल्मी पर्दामा हलचल मच्चाएकी थिइन्, उनको आकर्षण आज पनि उत्तिकै कायमै छ । हालैको एक अन्तर्वार्तामा मनिषा कोइरालाले शाहरुख खान र आफ्नो सुरुवाती दिनको बारेमा खुलेर कुरा गरेकी छिन् । मनिषाले भनिन्, ‘जब शाहरुख स्टार बनेका थिएनन् र माउन्ट मेरी अपार्टमेन्टमा बस्थे, त्यो बेला कस्तो वातावरण थियो त ?’ उनले सो कुरा बताएकी छिन् ।मनिषा कोइरालाले सन् १९९८ मा शाहरुखसँग फिल्म ‘दिल से’ मा काम गरेकी थिइन् । शाहरुखसँगको आफ्नो सम्बन्धबारे ‘पिंकभिल्ला’सँग कुरा गर्दै मनिषाले दुवै जना फिल्ममा नयाँ हुँदाको बखतमा आफूले उनीसँग पहिलोपटक भेट भएको बताइन् । मनिषाका अनुसार उनी शाहरुख र गौरीसँग मात्रै ह्याङ्ग आउट गर्थिन्, शाहरुख त्यतिबेला माउन्ट मेरी अपार्टमेन्टमा बस्न गर्दथे।मनिषा कोइरालाले भनिन्, ‘शाहरुख मेरो फिल्म करिअरको सुरूवाती देखिको साथी हुन् । मेरो सबै सामान लिएर उनक...
आजको राशिफल

आजको राशिफल

अन्य, ताजा-अपडेट
बि.सं.२०८१ पुष २६ गते शुक्रबार, ई.सं.२०२५ जनवरी १० नेपाल सम्बत ११४५ पोहेलाथ्व एकादशी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं हेमन्त ऋतु, पुष शुक्ल एकादशी, चन्द्रमा मेष  राशिमा, भरणी नक्षत्र, साध्य योग गर करण । आज नेपालमा सूर्योदय बिहान ०६: ५५ बजे, सूर्यास्त साँझ ०५: २६ बजे हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०६ बजेर ५५ मिनेट देखि ०८ बजेर १४ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।  मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –नयाँ ठाउँमा घुम्न जाने वा कुनै नयाँ काम प्रारम्भ गर्ने समय छ, घरैमा बसे पनि भविष्यमा चाहिने वस्तुको जोहो गरिने छ । आत्मविश्वास जाग...
कस्तो छ अजय देवगनको फिल्म मैदान ?

कस्तो छ अजय देवगनको फिल्म मैदान ?

अन्य, ताजा-अपडेट
राैतहट, २८ चैत । । भारतीय फुटबलको सुनौलो युग देखाउने प्रशिक्षक सैयद अब्दुल रहीमको जीवनीमा आधारित फिल्म ‘मैदान’ अप्रिल १० मा रिलिज हुँदैछ । अजय देवगन अभिनित यो वास्तविक जीवनमा आधारित फिल्म ३ घण्टा १ मिनेट लामो छ । भारतीय फुटबलको स्वर्णिम काल १९५२ देखि १९६२ सम्म थियो । यो केवल एक व्यक्ति सैयद अब्दुल रहीम (अजय देवगन) को कारणले सम्भव भयो । फिल्मको कथा उनको जीवनमा आधारित छ । कथाको सुरुमा सैयद अब्दुल रहिमले देशभरका खेलाडीहरू जम्मा गरेर देशका लागि खेल्न तालिम दिन्छन् भन्ने देखाइएको छ । यसैबीच, उनले भारतीय फुटबल महासंघ भित्रका केही क्षेत्रीयवादीहरूसँग सामना गरेको फिल्ममा देखाइएको छ ।महासंघका तत्कालिन पदाधिकारीहरू चाहन्थे कि बंगालका खेलाडीहरूलाई टीम इन्डियामा बढी अवसर मिलोस्, तर सैयद अब्दुल रहीमको सोच अर्कै थियो । वास्तविक प्रतिभालाई अवसर दिनुपर्छ भन्ने उनको मान्यता थियो । १९५२ र १९५६ ओलम्पिकमा भा...
अब आर्टिफिसियल इन्टेलिजेन्सबाट हृदय घात हुने नहुने पहिला नै पत्ता लगाउने सकिने

अब आर्टिफिसियल इन्टेलिजेन्सबाट हृदय घात हुने नहुने पहिला नै पत्ता लगाउने सकिने

अन्य, ताजा-अपडेट
लन्डन, २७ चैत । आर्टिफिसियल इन्टेलिजेन्स उपकरणले ८० प्रतिशत सटीकताका साथ घातक हृदय रोग पत्ता लगाउन सक्ने भएको छ ।  जसका लागि बेलायती अनुसन्धानकर्ताहरूले नयाँ आर्टिफिसियल इन्टेलिजेन्स उपकरणको विकास गरेका छन् । उनीहरूका अनुसार सो अनुसन्धान पछि व्यक्तिको घातक मुटुको समस्या ८० प्रतिशत सटीकताका साथ पत्ता लगाउन सक्नेछ । वेंट्रिकुलर एरिथमिया एक असामान्य हृदयको ताल हो, जसले हृदयको तल्लो कक्षमा समस्यालाई संकेत गर्दछ। यस्तो अवस्थामा मुटुको धड्कन तीव्र हुनुका साथै रक्तचाप पनि कम हुन्छ । यदि यो समस्याको समयमै उपचार गरिएन भने यो घातक हुन सक्छ।बेलायतको लेसेस्टर विश्वविद्यालयको नेतृत्वमा रहेको टोलीले भिए नेस्ट रेस्ट–५० नामक उपकरणको विकास गरेको हो। युरोपेली हार्ट जर्नल डिजिटल हेल्थमा प्रकाशित अध्ययनमा २०१४ र २०२२ बीच घरमा बस्ने २७० वयस्कहरूको होल्टर इलेक्ट्रोकार्डियोग्राम (ईसीजी) परीक्षण गर्न यो उपकरण प्...
रिजवान : बाल क्लब देखि अन्तराष्ट्रिय फोरम सम्मको यात्रा

रिजवान : बाल क्लब देखि अन्तराष्ट्रिय फोरम सम्मको यात्रा

अन्य, ताजा-अपडेट, विचार
कलिलो उमेर ,हासिलो अनुहार तर अति परिपक्कव ब्यबहार । यो परिचय हो १८ बर्षीय रिजवान को । रौतहट जिल्लाको कटहरिया नगरपालिकाको वार्ड नम्बर २ जमुनियामा बस्ने रिजवानको बिधालय शिक्षा छिमेकी नगरपालिका गुजारा वार्ड नम्बर ४ को माध्यमिक बिधालय कनकपुरमा भएको हो l उनि कुनै बेला सोहि बिधालयमा गठन गरिएका बाल संरक्षण बाल क्लबका सदस्य पनि हो । रिजवानको लागि बाल बिबाह र लैंगिक असमानता तथा बाल श्रम लगायतका समस्याहरु समाजका मुलभुत सामाजिक चुनौती हुन् । उनि अचेल घर देखि गाउ टोल सम्म बाल बिबाहको बिरोधमा अभियान संचालन गर्दै आएको हो । रिजवान भन्छन “बाल बिबाह लैंगिक असामानताको मूल जड हो । छोरीहरुको कम उमेरमा गरिने निकाह वा गवना ( बिबाह )ले कयौ पुस्ता सम्म असर गर्ने भएको र यो हाम्रो समाजको लागि सामान्य बिषय बनेकोले मैले यस बिरुद्ध सके सम्म अवाज उठाउदै छु।" रिजवान अहिले बिभिन्न राष्ट्रिय अन्तराष्ट...
अभिनेता पल शाहले पाए सफाइ,  भाेली रिहा हुने

अभिनेता पल शाहले पाए सफाइ, भाेली रिहा हुने

banner-news, अन्य, ताजा-अपडेट, मुख्य समाचार
पाेखरा । बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ ।न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो ।पल शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले शाहले सबै अभियोगबाट पूर्ण सफाइ पाएको र भोलि रिहा हुने अनलाइनखबरले जनाएको छ । पल शाहलाई जिल्ला अदालत नवलपरासी पूर्वले बाल यौन दुरुपयोगको आरोपमा साढे २ वर्ष कैद र पीडितलाई १० लाख क्षतिपूर्ति दिने फैसला गरेको थियो । फैसला उक्त फैसलाविरुद्ध सरकारी वकिल र पल शाह दुबै पक्षले उच्च अदालतमा पुनरावेदन दिएका थिए । एक नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा पल शाहविरुद्ध जिल्ला अदालत नवलपरासी पूर्व र जिल्ला अदालत तनहुँमा मुद्दा चलेको थियो । नवलपरासी पूर्वले बलात्कार मुद्दामा सफाइ दिँदै बाल यौन दुरुपयोगमा साढे २ वर्ष कैद र १० लाख क्षतिपूर्ति द...
परिवारिक वातावरणकाे थ्रि स्टार रेष्टुरेन्ट आज सञ्चालन हुदै

परिवारिक वातावरणकाे थ्रि स्टार रेष्टुरेन्ट आज सञ्चालन हुदै

banner-news, अन्य, ताजा-अपडेट
राैतहट‌ - स्वादिष्ट भाेजन सबैलाई प्रिय हुन्छ । परिवारसँग भाेजन अथवा स्वादिष्ट खाजा खानुकाे मज्जा छुट्टै हुन्छ। स्वादिष्ट भाेजन र फरक स्वादसँगै जिल्लाकाे सदरमुकाम गाैर नगरपालिका स्थित भन्सार राेडमा एउटा नयाँ रेष्टुरेन्ट सञ्चालनमा आउँदैछ। आज बिहान ११ बजे देखि उद्घाटन हुदै। उद्घाटन कार्यक्रमका प्रमुख अतिथि गाैर नगरपालिकाका नगरप्रमुख शम्भु शाह पाल्नु हुनेछ। रेष्टुरेन्ट नयाँ तरिकाबाट सञ्चालन हुन लागेकाे रेष्टुरेन्टका सञ्चालक रुपेश यादवले बताउनुभयो। साथै सम्पुर्ण नगरवासीलाई आज (बुधबार) बिहान ११ बजे उपस्थितिका लागि अनुरोध गरेका छन् । ...
सिम्फोनी शिवाकोटीलाई मिस टीन ग्रीनको ताज

सिम्फोनी शिवाकोटीलाई मिस टीन ग्रीनको ताज

अन्य, ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं । सिम्फोनी सिवाकोटीले मिस टीन ग्रीन २०२२ र आस्था कलौनीले मिस टीन प्रिन्सेस् २०२२ को ताज जितेका छन् ।अनुजा मिडियाद्वारा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रमबीच ग्रान्ड फिनाले सम्मन्न भएको हो । साथै मिस टिन स्टारको ताज रास्ता महर्जन र मिस ब्यूटी विथ पर्पोस स्यारोन बज्राचार्यले जितेकी छन् ।कार्यक्रममा मिस पब्लिक चोइसको ताज प्रमिला छेत्रीले जितिन भने मिस राइजिङ स्टारको ताज मलिका श्रेष्ठ जित्न सफल भइन् । प्रमुख निर्णायक शिक्षाविद् तथा समाजसेवी रमेशकुमार सिलवाल तथा अन्य निर्णायक समाजसेवी कमलकेशरी तुलाधर, व्यवसायी जिज्ञासा अर्याल, ब्यूटिसियन रुश्का श्रेष्ठ, होटल व्यवसायी विष्णुबहादुर कार्की र मोडेल निशा राई थिए ।ब्रीज इन्टरनेशनल एडुकेसनल कन्सल्टेन्सीको मुख्य प्रायोजन थियो । प्रमुख अतिथि शिक्षाविद् डा. राजेन्द्र केसीले यस्ता कार्यक्रमले किशोरीको प्रतिभा प्रस्फुटनमा सहयोग गर्ने विश्वास व्य...
बलात्कारको मुद्दामा पललाई सफाई ,बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्षको कैद सजाय<br>

बलात्कारको मुद्दामा पललाई सफाई ,बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्षको कैद सजाय

banner-news, अन्य, ताजा-अपडेट, मुख्य समाचार
२१ भदौ, चितवन। जिल्ला अदालत, नवलपुरले अभिनेता पल (पूर्णविक्रम) शाहलाई बलात्कारको मुद्दामा सफाइ दिएको छ । तर बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्षको कैद र २५ हजार रुपैयाँ जरिवाना सुनाएको छ ।यज्ञप्रसाद आचार्यको इजलासले पीडित बालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन भनेको छ भने अभिभावक र मिडियालाई पनि सचेत गराएको अदालतका सूचना अधिकारी लालबहादुर क्षेत्रीले जानकारी दिए ।गत चैतमा कलाकार शाहमाथि नाबालिग गायिकामाथि बलात्कार गरेको आरोप लागेको थियो । पीडितको बाबुको जाहेरीका आधारमा प्रहरीले मुद्दा अघि बढाएको थियो । उनीमाथि १२ देखि १४ वर्ष कैद सजायको माग थियो ।पीडितका बाबुले जाहेरीमा उल्लेख गरे अनुसार, सुटिङका क्रममा कलाकार शाह सहित पीडित र अरु व्यक्तिहरु ७ चैत २०७७ मा गैडाकोट रिसोर्टमा थिए ।त्यही दिन राति कलाकार शाह पीडितको कोठामा प्रवेश गरेर जबर्जस्ती गरेको उल्लेख थियो । रिसोर्टमा भएको त्यो दिनको...
ऋणपत्र खाेल्दै हिमालयन बैंक

ऋणपत्र खाेल्दै हिमालयन बैंक

अन्य, ताजा-अपडेट, मुख्य समाचार
१३ भदाै, राैतहट । हिमालयन बैंकले बुधबार भदौ १५ गतेबाट २५ लाख युनिट ऋणपत्र बिक्री खुला गर्ने भएको छ । बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्ने भएको हो । यसमध्ये १५ लाख युनिट ऋणपत्र व्यक्तिगत तवरबाट तथा बाँकी १० लाख युनिट सर्वसाधारणका लागि खुला हुनेछ । यसबाट सामूहिक लगानी कोषलाई पनि ५ प्रतिशत छुट्याएको छ ।सामूहिक लगानी कोषहरूले कुल ५० हजार इकाई पाउनेछन् । यस ऋणपत्रमा वार्षिक १०.५० प्रतिशत ब्याजदर पाइनेछ । यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम २ लाख ५० हजार इकाईसम्म आवेदन दिन सकिनेछ । बैंकले ७ वर्ष अवधिको “हिमालयन बैंक वन्ड २०८६’ नाममा ऋणपत्र जारी गर्न लागेको हो ।यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेडले गर्नेछ । यो ऋणपत्रमा छिटोमा भदौ १९ गते सम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा आवश्यक मात्रामा बिक्री नभएमा भने भदौ २९ गतेसम्म भर्न सकिनेछ । यसमा सी–आस्वामा सहभाग...