जेठ १५ लगत्तै मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हुने : प्रवक्ता मन्त्री लेखी
मधेश प्रदेश सरकारका प्रवक्ता तथा गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले सरकारको नीति तथा कार्यक्रम जेठ १५ लगत्तै सार्वजनिक गरिने जानकारी दिनुभएको छ।आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री लेखीले नीति तथा कार्यक्रमको तयारी तीव्र गतिमा भइरहेको जानकारी दिँदै यसपटकको बजेट सञ्चारमैत्री हुने उल्लेख गर्नुभयो। उहाँका अनुसार मन्त्रिपरिषद्ले पत्रकारिता क्षेत्रलाई प्राथमिकतामा राख्दै बजेटको ढाँचा तयार गरिरहेको छ।मन्त्री लेखीले असार १ गतेअघि नै बजेट तथा कार्यक्रम ल्याइने प्रष्ट पार्नुभयो। चालु आर्थिक वर्षमा सञ्चार मन्त्रालयलाई न्यून बजेट विनियोजन भएकोले अपेक्षित काम गर्न नसकेको स्वीकार्दै आउँदो वर्षमा सञ्चार क्षेत्रलाई प्राथमिकता दिने बताउनुभयो।शान्ति सुरक्षासम्बन्धी विषयमा बोल्दै मन्त्री लेखीले मधेश प्रदेशमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका संरचना कमजोर रहेको भन्दै तिनको सुदृढीकरण र ...









