Monday, November 11
Shadow

अन्तर्राष्ट्रिय

भारतको नैनीतालमा पिकअप दुर्घटना हुदा ७ नेपाली मजदुरको मृत्यु

भारतको नैनीतालमा पिकअप दुर्घटना हुदा ७ नेपाली मजदुरको मृत्यु

अन्तर्राष्ट्रिय, ताजा-अपडेट
२७ चैत, राैतहट । भारतको नैनिताल नजिकैको बेतालघाट क्षेत्रको एक पिक अप दुर्घटना हुदा सात नेपाली मजदुरको मृत्यु भएको छ ।भारतीय मिडियाहरुले मल्ल गाउँस्थित उन्चकोट मोटर सडकमा पिकअप दुई सय मिटर गहिरो खाल्डोमा खसेको बताएका छन्  । दुर्घटनामा चालकसहित आठ जनाको मृत्यु भएको छ । गाडीमा सवार दुई नेपाली मजदुर पनि गम्भीर घाइते भएका छन् ।प्रहरी टोली घटनास्थलमा पुगेर स्थानीयवासीको सहयोगमा उद्धार कार्य सुरु गरेको प्रहरीलाई उदृत गर्दै मिडिया रिपोर्टमा उल्लेख छ । गाडीमा ९ नेपाली कामदार रहेको प्रहरीले बताएको छ ।उक्त क्षेत्रमा खानेपानीको लाइन बिछ्याउने काम सकेर सबैजना फर्कदै गर्दा उक्त दुर्घटना भएको हो । दुर्घटनामा ज्यान गुमाएका नेपाली मजदुरको नाम र घर भने खुल्न नसकेको प्रहरीले बताएको छ । ...
भारतको आलोचना गर्ने माल्दिभ्सकी पुर्व मन्त्रीले मागिन माफि

भारतको आलोचना गर्ने माल्दिभ्सकी पुर्व मन्त्रीले मागिन माफि

अन्तर्राष्ट्रिय, ताजा-अपडेट
माले, २७ चैत । माल्दिभ्सकी पूर्वमन्त्री मरियम शिउनाले आफ्नो भनाइ प्रति माफी मागेकी छिन् । उनले विपक्षी दल माल्दिभियन डेमोक्रेटिक पार्टी (एमडीपी) को झण्डाबारे अपमानजनक पोस्ट गरेका थिए। आफ्नो टविटर पोस्टमा मरियमले भारतको राष्ट्रिय प्रतीक अशोक स्तम्भको बारेमा गलत शब्द प्रयोग गरेकी थिइन्। यसबारे एमडीपी र भारतका प्रयोगकर्ताबाट कडा प्रतिक्रिया आएको थियो । मरियमले एमडिपी विरुद्ध आफ्नो पोस्टमा लेखेकी थिइन्, ‘एमडिपी र बीजेपीमा कुनै भिन्नता छैन, यिनीहरूबाट होसियार हुनु आवश्यक छ। यो पोस्टमा उनले भाजपाको चुनाव चिन्ह ‘कमल’ पनि प्रयोग गरेका छन् । वास्तवमा, माल्दिभ्समा चुनाव हुन लागेको छ, त्यसैले त्यहाँका नेताहरू लगातार एकअर्काविरुद्ध टिप्पणी गरिरहेका छन्। मोहम्मद मुइज्जुको पार्टी नेतृ मरियमले त्यस्तो पोस्ट गरेकी थिइन् । यसअघि उनले प्रधानमन्त्री नरेन्द्र मोदीको लक्षद्वीप भ्रमणलाई लिएर आपत्तिजनक टिप्...
बिहारकाे रमगढवामा गाैरका एक युवकलाई गाेली हानी हत्या 

बिहारकाे रमगढवामा गाैरका एक युवकलाई गाेली हानी हत्या 

banner-news, अन्तर्राष्ट्रिय, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल न्युज डेस्क, रौतहट । रौतहटको सदरमुकाम गौरका एक जना युवकमाथि भारत बिहारको रामगढवा बजारमा गोली प्रहार गरी हत्या गरिएको छ। वीरगन्जसँगै सीमा जोडिएको भारतीय सहर रक्सौलबाट मात्र १३ किलोमिटर मोतीहारी जाने मुलसडकमा पर्ने रमगढ्वामा मंगलवार गौर नगरपालिका–९ का ४० वर्षीय दिलीप सिंहमाथि अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको हो। रमगढवा बजार स्थित शिव शक्ति राइस एन्ड फ्लोर मिलमा लेखापढी गर्ने मुन्सीको रुपमा जागिरे युवक सिंहमाथि पैसा लुट्ने उद्देश्यले गोली हत्या गरिएको अनुमान गरिएको छ। भारतीय सहर मुजफ्फररपुरबाट मिलको बक्यौता रकम सङ्कलन गरी फर्किरहेको अवस्थामा मिलको गेटमै उनीमाथि अज्ञात समूहले गोली प्रहार गरेको थियो। नजिकैबाट चलाइएको गोली सिंहको छातीमा लागेर उनको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष अर्जुन सिंहले भारतीय प्रहरीलाई उद्धृत गर्दै जानकारी दिए । गोली लागेर सिंह ढलेपछ...
डिभीकाे नतिजा प्रकाशित हुँदै, कसरी हेर्ने?

डिभीकाे नतिजा प्रकाशित हुँदै, कसरी हेर्ने?

अन्तर्राष्ट्रिय, ताजा-अपडेट, सूचना / प्रविधि
राैतहट । डाइभर्सिटी भिसा (डिभी) को नतिजा आज प्रकाशित हुँदैछ । अमेरिकाले सन २०२३ का लागि आवेदन दिइएका आवेदकहरुको डिभीको नतिजा आज प्रकाशन गर्न लागेको हो। नतिजा मे महिनाको ६ तारिखमा प्रकाशन हुने गरेको छ । त्यही प्रावधान अनुसार अमेरिकाले आज डिभीको नतिजा सार्वजनिक गर्न लागेको हो । डिभीको नतिजा नेपाली समय अनुसार राति ९ः ४५ बजे नतिजा सार्वनिक हुनेछ । https://dvprogram.state.gov/ ...
मणिपुरमा देख्नासाथ गोली हान्न आदेश, राज्यभर कर्फ्यु

मणिपुरमा देख्नासाथ गोली हान्न आदेश, राज्यभर कर्फ्यु

banner-news, अन्तर्राष्ट्रिय, ताजा-अपडेट, मुख्य समाचार
नयाँ दिल्ली। मणिपुरमा अल ट्राइबल स्टुडेन्ट्स युनियनद्वारा आयोजित एक र्‍याली हिंसात्मक बनेपछि प्रशासनले देख्नासाथ गोली चलाउने आदेश सुरक्षाकर्मीलाई दिएको छ।राज्यका अधिकांश जिल्लामा कर्फ्यु लगाइएको छ। स्थिति नियन्त्रणमा लिन सेना र असम राइफल्सका जवानहरूलाई तैनाथ गरिएको छ।यसअघि सेनाले राज्य प्रहरीसँग मिलेर धेरै ठाउँमा हिंसा नियन्त्रण गरेको र गस्ती पनि गरेको बताएको थियो।बुधवारदेखि तत्काल लागू हुने गरी पाँच दिनका लागि राज्यभर मोबाइल तथा इन्टरनेट सेवा निलम्बन गरिएको छ।तर, यो व्यापक हिंसाका सम्बन्धमा सामाजिक सञ्जालमा शेअर भएका तस्बिर र भिडियोमा धेरै ठाउँमा घर जलेको देख्न सकिन्छ । भिडियोमा केही व्यक्तिहरू चुराचांदपुरमा एउटा हतियार पसलमा घुसेर बन्दुक लुट्दै गरेको देख्न सकिन्छ।मिडियामा आइरहेका समाचार अनुसार यो हिंसामा अहिलेसम्म कम्तीमा तीन जनाको मृत्यु भइसकेको छ।केन्द्रीय गृहमन्त्री अमित शाहले बिहीवा...
किन अहिले सुडानमा चर्कियो लड़ाई ?

किन अहिले सुडानमा चर्कियो लड़ाई ?

अन्तर्राष्ट्रिय, ताजा-अपडेट
सुडानको राजधानी खार्टूम र अन्य स्थानमा दुई सैन्य समूहबीच सङ्घर्ष हुँदा सयौँ मानिसको मृत्यु भएको छ।संयुक्त राष्ट्रसङ्घले त्यहाँ अस्थिर बनिरहेको युद्धविरामलाई कायम राख्न, त्यहाँ लडिरहेका दुवै पक्षका जेनरलहरूसँग सम्पर्कमा रहेको जनाएको छ। राष्ट्रसङ्घीय अधिकारीहरूले त्यहाँ विधिको शासन अझ कमजोर हुनेमा आफूहरू चिन्तित रहेको बताएका छन्।हजारौँ सुडानीहरू भागेर चाड, इजिप्ट, र दक्षिणी सुडानसहितका छिमेकी देशहरूतर्फ गएका छन्।त्यहाँ भएका विदेशी नागरिकहरूलाई सम्बन्धित देशले स्वदेश फिर्ता गर्ने वा सुरक्षित स्थानमा लैजाने प्रयास गर्न थालेका छन्। केही नेपालीहरू पनि अलपत्र परेको विवरण प्राप्त भएको छ।बीबीसी अरेबिककी स्याली नबिलले सुडानको सैन्य नेतृत्वमा देखा परेको प्रतिद्वन्द्विताका कारण उत्पन्न सत्तासङ्घर्षलाई यो सामग्रीमा व्याख्या गरेकी छन्। बीबीसी ...
ट्र्याक्टर ट्रली खस्दा कम्तीमा १४ जनाको मृत्यु

ट्र्याक्टर ट्रली खस्दा कम्तीमा १४ जनाको मृत्यु

अन्तर्राष्ट्रिय, ताजा-अपडेट
पाकिस्तान - पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको डेरा गाजी खान जिल्लाको डीजी नहरमा शुक्रबार ट्र्याक्टर ट्रली खस्दा कम्तीमा १४ जनाको मृत्यु भएको स्थानीय उद्धार सेवाले जनाएको छ ।करिब ४५ जना तीर्थयात्री बोकेको ट्रली उक्त जिल्लाको चौकी विमानस्थल सडक नजिकै तीव्र गतिका कारण दुर्घटना भएको उद्धार सेवाले जनाएको छ ।उद्धारकर्ता घटनास्थल पुगेर स्थानीयवासीको सहयोगमा उद्दार कार्य शुरु गरेको उद्धार सेवाले जनाएको छ । साथै बेपत्ताहरुको खोजी कार्य जारी रहेकाले हालसम्म केही शवसहित २८ जना यात्रुमात्र फेला परेको जनाइएको छ ।केही यात्रुयहरू दुर्घटनापछि चिप्लिएर बगेको हुनसक्ने उद्धार सेवाले जनाएको छ । ...
अन्तिम संस्कारकाे लागि शव पुग्याे बैंकमा, कर्मचारीकाे साताे गयाे

अन्तिम संस्कारकाे लागि शव पुग्याे बैंकमा, कर्मचारीकाे साताे गयाे

अन्तर्राष्ट्रिय, ताजा-अपडेट
पटना - भारतको बिहार राज्यको पटनामा एक बैंकमा एउटा शव आफ्नो पैसा लिन पुग्यो । बैंकमा उसलाई देखेर कर्मचारीहरुको सातो गयो । पटनाछेउको शाहजहाँपुर थाना क्षेत्रको सिगरियावांमा केनरा बैंकको शाखामा शव पैसा लिन पुगेको हो ।त्यहीका स्थानीय महेश यादवको मंगलबार बिहान मृत्यु भएको थियो । मृत्युपछि गाउँलेहरुले अन्तिम संस्कारको लागि बैंकमा गएर उनको खातामा भएको पैसा बैंकका कर्मचारीसँग मागे तर बैंक म्यानेजरले पैसा दिन मानेनन् ।यो कुराले रिसाएका गाउँलेले यादवको लाश लिएर बैंकमा पुगे र लाशलाई बैंकभित्र राखिदिए । लगभग ३ घण्टासम्म बैंकमा महेशको लाश त्यत्तिकै रह्यो ।गाउँलेहरु पैसा नलिइ मान्न तयार थिएनन् ।अन्तिममा म्यानेजरले आफ्नै १० हजार रुपैयाँ गाउँलेलाई दिएर विवाद सुल्झाए । पैसा पाएपछि गाउँलेहरुले महेशको लाश लिएर अन्तिम संस्कारको लागि गए । खासमा महेशको बिहे भएको थिएन र उनको परिवारमा पनि कोही थिएनन् ।बैंक खातामा...
बिरामी सवार विमान दुर्घटनाग्रस्त, ५ जनाको मृत्यु

बिरामी सवार विमान दुर्घटनाग्रस्त, ५ जनाको मृत्यु

अन्तर्राष्ट्रिय, ताजा-अपडेट
वासिङ्टन । अमेरिकाको पश्चिमी राज्य नेभाडामा चिकित्सक र बिरामी बोकेको एउटा विमान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । गत शुक्रबार क्यालिफोर्निया र नेभाडाको सिमानामा अवस्थित स्टेजकोच सहर पुगेपछि राडारबाट हराएको विमान दुर्घटना भएको मध्य लियोन काउन्टीको अग्नि नियन्त्रण कार्यालयलाई उद्धृत गर्दै क्षेत्रीय आपत्कालीन चिकित्सा सेवा प्राधिकरण (आरइएमएसए)ले आज जनाएको छ । दुर्घटनाग्रस्त विमानमा चालक बाहेक एक जना परिचारिका, एक जना चिकित्सा सहायक, एक जना बिरामी र निजको परिवारका एक जना सदस्य थिए । प्रतिकूल मौसमका कारण विमान दुर्घटना भएको अनुमान गरिएको छ । यद्यपि दुर्घटनाको कारण स्पष्ट भएको छैन । निरन्तर हिमपात र आँधीका कारण अमेरिकाका धेरै राज्यको जनजीवन कष्टकर बनेको छ । क्यालिफोर्निया पनि हिमपात र आँधीबाट प्रभावित भएको छ । शनिबार साझसम्म क्यालिफोर्निया राज्यका करिब एक लाख सर्वसाधारण बिजुलीवि...
टर्कीमा पुनः शक्तिशाली भूकम्प

टर्कीमा पुनः शक्तिशाली भूकम्प

अन्तर्राष्ट्रिय, ताजा-अपडेट
टर्कीमा फेरि अर्को शक्तिशाली भूकम्प गएको छ । उक्त भूकम्पमा परी तीनजनाको मृत्यु र ६८० भन्दा बढी व्यक्ति घाइते भएका बीबीसीले जनाएको छ ।टर्कीको प्रकोप तथा आपत्कालीन एजेन्सीले स्थानीय समयानुसार सोमबार राति ८ बजेर ४ मिनेटमा ६.४ म्याग्निच्युड र त्यसको तीन मिनेटपछि ५.८ म्याग्निच्युडको भूकम्प मापन गरिएको जनाएको छ ।टर्कीमा ती दुई नयाँ भूकम्पमा परी कम्तीमा तीनजनाको मृत्यु भएपछि उद्धारकर्ताले फेरि एकपटक भग्नावशेषमा फसेका मानिसको खोजी गरिरहेका छन् ।टर्कीको छिमेकी मुलुक सिरियासँगको सीमानजिकै केन्द्रविन्दु भएर ती भूकम्प गएका हुन् । सोही ठाउँ केन्द्रविन्दु भएर यही फेब्रुअरी ६ तारिखमा विनाशकारी भूकम्प गएको थियो । उक्त भूकम्पमा परी टर्की र सिरियामा ४४ हजार मानिसको मृत्यु भएको थियो । हजारौँ मानिस घरबारविहीन भएका थिए । सोमबारको नयाँ भूकम्पपछि दर्जनौँपटक परकम्प महसुस गरिएको बीबीसीले उल्लेख गरेको छ । ...