
बाल विवाह अन्त्य गर्न वक्तृत्वकला तथा कविताकाे आयाेजना
रौतहट । बाल विवाह अन्त्य गर्न र बालबालिकामा जनचेतनाका लागि रौतहटको गरुडा नगरपालिका अवस्थित एक विद्यालयमा वक्तृत्वकला तथा कविता प्रतियोगिता सम्पन्न भएको छ ।आइतबार श्री नमुना माध्यमिक विद्यालय गरुडा प्राङ्गणमा बाल विवाह अन्त्य र सभ्य समाजको निर्माण विषयक अन्तर विद्यालय स्तरीय वक्तृत्वकला तथा कविता प्रतियोगिता सम्पन्न भएको हाे ।वर्ल्ड भिजन इन्टरनेशनल नेपाल, आरडिसी नेपाल, सृजना रूपान्तरण समुह गरुडा नगरपालिका र गरुडा नगरपालिका शिक्षा शाखाको सहकार्यमा आयोजना गरिएको नगर स्तरीय “बाल विवाह अन्तर विद्यालय स्तरीय वक्तृत्वकला तथा कविता प्रतियोगिता ” मा विभिन्न विद्यालयका विद्यार्थीहरूको सहभागितामा भव्यताका साथ सम्पन्न भएको छ ।
नगर भरिका विभिन्न विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको उक्त वक्तृत्वकलामा बाल विवाहको अन्त्य र सभ्य समाजको निर्माण शीर्षकमा उत्कृष्ट वक्तव्य वाचन गर्दै श्री नमुना माध्...