Sunday, January 19
Shadow

banner-news

लुधियानाको अदालतमा बिस्फोट हुदाँ २ को मृत्यु

लुधियानाको अदालतमा बिस्फोट हुदाँ २ को मृत्यु

banner-news, अन्तर्राष्ट्रिय, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क । भारतको पञ्जाब राज्यको लुधियानास्थित एक अदालतमा आज (बिहीबार) दिउँसो बिस्फोट भएको छ। लुधियाना अदालतको दोस्रो तलाको वासरूममा भएको बिस्फोटमा परी २ जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएको भारतीय संचार मन्ध्यमले जनाएको छ । घाइते चार जनाको अवस्था निकै गम्भीर रहेको जनाइएको छ। उक्त क्षेत्रमा प्रहरी र अग्नि नियन्त्रक अदालतमा पुगेका छन्। बिस्फोटको विषयमा थप अनुसन्धान भैरहेको छ।...
पाकिस्तानमा दुर्घटना, तीनको मृत्यु एक घाइते

पाकिस्तानमा दुर्घटना, तीनको मृत्यु एक घाइते

banner-news, अन्तर्राष्ट्रिय, मुख्य समाचार
सच तक नेपाल डेस्क । पाकिस्तानको उत्तरपश्चिमी भागमा भएको सडक दुर्घटनामा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले बिहीबार बिहान जानकारी दिएका छन् । कार र ट्रक एक आपसमा ठोक्किँदा कारमा सवार तीन जनाको मृत्यु भएको समाचारमा जनाइएको छ । उद्धारकर्मीहरूले घाइतेहरूलाई अस्पताल पुर्यााएका छन् र घाइतेहरूको अवस्था गम्भीर रहेको बताइएको छ। दुर्घटना इस्लामाबाद(पेशावर मोटरवेको उत्तरपश्चिमी अटक इन्टरचेन्ज नजिक भएको हो। हालै, पाकिस्तानको ठूलो भाग, विशेष गरी खुला क्षेत्रहरूमा बाक्लो कुहिरो लागेको छ जसले सडक दुर्घटनाहरू बढाएको छ। यसैबीच, कमजोर मर्मत गरिएको सवारी साधन, जीर्ण सडक र सडक सुरक्षा उपायहरूको लापरवाही पाकिस्तानमा सडक दुर्घटनाका अन्य प्रमुख कारणहरू हुन्।...
आगलगीबाट घाइते भएको बालकको मृत्यु

आगलगीबाट घाइते भएको बालकको मृत्यु

banner-news, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क । आगलागीमा परेर गम्भीर घाइते भएका बालकको उपचारकै क्रममा आज बिहान मृत्यु भएको छ । मंगलवार करिब ३ बजे रौतहट जिल्लाको फतुवा विजयपुरमा आगलगी हुदाँ जलेर एक जना बालिकाको मृत्यु भएको थियो भने एक जना बालक गम्भीर घाइते भएका थिए । आगलागी जिल्लाको फतुवा विजयपुर नगरपालिका-१ स्थित वरगिनियामा भएको थियो । आगलागीबाट स्थानीय जोकु राय यादवको ३ वर्षीय छोरी आराध्या कुमारी यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएका थिए । त्यस्तै स्थानीय संजिव साहको अन्दाजी २ वर्षीय छोरा रोहित साह जलि गम्भीर घाइते भएका थिए । आगलागीमा परेर शरीरको अधिकांश भाग जलेर गम्भीर घाइते भएको रोहितलाई उपचारका लागि वीरगञ्ज ल्याएपनि उपचार सम्भव नभएका कारण उनलाई टिचिङ अस्पताल काठमाडौँ पठाइएको थियो । टिचिङ अस्पताल काठमाडौँमा ल्याएपनि उपचारकै क्रममा आज बिहान ती बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्...
करिब २६ शिक्षकको लागि जागिरको अवसर

करिब २६ शिक्षकको लागि जागिरको अवसर

banner-news, ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
सच तक नेपाल डेस्क । शिक्षक सेवा आयोगले करिब २६ सय शिक्षक माग गरेको छ । आयोगले बुधबार एक सूचना जारी गर्दै आवेदन आह्वान गरेको छ । निमावि तृतीय श्रेणी शिक्षक पदका लागि आयोगले दुई हजार ५९८ जनाका लागि आवेदन माग गरेको छ । खुला र समावेशी दुवैतर्फ स्थायी पदपूर्तिका लागि आवेदन आह्वान गरिएको छ । एक महिनाभित्र आवेदन दिन सकिने छ । परीक्षा चैत १७ गते हुने सूचनामा उल्लेख छ । परीक्षा केन्द्र पनि तोकिएको छ । शिक्षक सेवा आयोगको सुचना हेर्न यहाँ क्लिक गर्नुहोस् ।...
नेपाली काँग्रेसको मतगणना आज सकिने

नेपाली काँग्रेसको मतगणना आज सकिने

banner-news, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत जारी मतगणना आज सकिने भएको छ। मंसिर २४ गते उद्घाटन भएको महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदानको गणना आज सकिन लागेको हो। पदाधिकारीको मतपरिणाम सार्वजनिक भएसँगै थालिएको केन्द्रीय सदस्य तर्फको सबैको मतगणना आज सकिने निर्वाचन समितिले जनाएको छ।...
यी हुन् नेकपा एमालेकाे कमिटी बैठकका निर्णय

यी हुन् नेकपा एमालेकाे कमिटी बैठकका निर्णय

banner-news, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
गरुडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) रौतहट जिल्ला कमिटीका अध्यक्ष तुलसी राज गिरीको अध्यक्षतामा बसेकाे बैठक सम्पन्न भएकाे छ । राैतहटकाे मध्य बजार भनिने गरुडा स्थित तुलसीलाल स्मृति सभा भवनमा नेपका एमालेकाे बैठक बसेकाे थियाे । बैठकमा विभिन्न महत्वपूर्ण निर्णयहरू गरी सम्पन्न भएको हाे । जिल्ला कमिटीले निकालेकाे प्रेस वक्तव्यकाे पहिलाे बुँदामा " पार्टीका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा यहि मिति २०७८/०९/०८ गते विरगंजमा हुने आमसभामा रौतहट जिल्लाबाट ८ हजार जनसहभागीता गराउन नगर र वडा कमिटीका यही पौष ६ भित्र आयोजना गरि तयारी गर्ने " लेखिएकाे छ । त्यस्तै दाेश्राे बुँदामा " नेपाल कम्युनिसट पार्टी (एमाले) रौतहटको नवौं जिल्ला अधिवेशन यहि मिति २०७८/९/२३ गते तुलसीलाल स्मृति सभा भवन गरुडामा आयोजना गर्ने " प्रष्ट पारिएकाे छ । अन्तिममा " पार्टी जिल्ला अधिवेशनको अन्य तरिकाका लागि यहि मि...
गाैरमा विश्व आप्रवासन दिवस मनाइयाे

गाैरमा विश्व आप्रवासन दिवस मनाइयाे

banner-news, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
गाैर । राैतहटकाे सदरमुकाम गाैर स्थित बिपि चाेकमा विश्व आप्रवासन दिवस दिप प्रज्वलन गरी मनाइएकाे छ । नेपाल सरकार र स्विस सरकार बिचको सम्झौता अनुसार रौतहटको स्थानीय निकायहरु गौर ,चन्द्रपुर नगरपालिका र दुर्गाभगवती गाउँपालिकाको नेतृत्वमा माण्डवीले साे परियाेजना सञ्चालन गर्दै आएकाे छ । "सुरक्षित आप्रवासन ( सामी ) परियाेजना अन्तर्गत सचेत,सिपमुफक र सुरक्षित राेजगार,मर्यादित श्रम आप्रवासनकाे मुल अधार" भन्ने मुल नाराका साथ आजकाे दिवस गाैर स्थित बिपि चाेकमा मनाइएकाे हाे । वैदेशिक राेजगारकाे लाेभ दिएर विदेशमा बिचलित परेका नेपालीहरुलाई माण्डवीले सञ्चालन गर्दै आएकाे सामी परियाेजना निकै प्रभावकारी रहेकाे केही सफल ग्राहीहरुले बताउछन् । माण्डवीले सञ्चालन गर्दै आएकाे सामी परियाेजना परिवार र केही स्थानीयले बिपि चाेकमा मेमबत्ती बाली याे दिवसलाई मनाएका छन् । शनिवार सदरमुकाममा मनाइएकाे दि...
श्राेत नखुलेकाे रकमसहित गाैरमा एक जना पक्राउ

श्राेत नखुलेकाे रकमसहित गाैरमा एक जना पक्राउ

banner-news, ताजा-अपडेट, मुख्य समाचार
गाैर । भारत-नेपाल जाेड्ने गाैर भन्सारमा खटिएका प्रहरी चेकिङ टोलीले श्राेत नखुलेकाे रकमसहित एक जनालाई पक्राउ गरेकाे छ । राैतहटकाे गाैर नगरपालिका-१ स्थित भन्सारमा प्रहरीले चेक जाचँ गर्ने क्रममा भारतको बैरगनियाबाट गौर तर्फ आउदै गरेको बिआर.३० एबी - २६५७ नम्बरको मोटरसाईकल भित्र लुकाई राखेको अवस्थामा श्रोत नखुलेको नेपाली नगद फेला पारेकाे छ । प्रहरीले माेटरसाइकलकाे एयर भिल्टर भित्र श्राेत नखुलेकाे ४ लाख ५० हजार रुपैँया फेला परेको हाे । पक्राउ पर्नेमा भारत बिहार राज्य जिल्ला सितामढी बैरगिनिया बस्ने सिकिन्दर पासवानको छोरा अन्दाजी १९ बर्षीय बिकाश कुमार पासवान रहेकाे जिल्ला प्रशासन कार्यालय राैतहटले जानकारी दिएका छन् । पक्राउ परेका पासवानलाई सो रकम सहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी आज गौर भन्सार कार्यालयमा बुझाईएको प्रहरीले जनाएकाे छ ।...
झापामा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

झापामा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

banner-news, खबर बिषेश, मुख्य समाचार
सच तक नेपाल डेस्क । झापामा ट्रकले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ। बुधवार झापाको कनकाई नगरपालिका ३ स्थित पुर्वपश्चिम राजमार्गमा पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना. ६ ख. ५७१३ नम्बरको ट्रकले ठक्कर दिँदा कन्काई नगरपालिका वडा नम्बर ८ बस्ने वर्ष ३८ की राधिका सेडाईको मृत्यु भएको हो। ठक्कर दिएर घाइते भएकी राधिकालाई बिर्तासिटी अस्पताल बिर्तामोड उपचारको लागि लगिएको थियो। त्यसपछि बी एण्ड सी अस्पताल बिर्तामोड रेफर गरिएको थियो। प्रहरीले ट्रक र ट्रक चालक सर्लाही बागमती नगरपालिका बस्ने २९ वर्षीय उत्तम वाईबा नियन्त्रणमा लिएको छ।...
विद्यालय सुधार संर्घष समितिले बुझाए ज्ञापन पत्र

विद्यालय सुधार संर्घष समितिले बुझाए ज्ञापन पत्र

banner-news, ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
२९ मंसिर, रौतहट । जनता माध्यमिक विद्यालय सुधार संर्घष समितिले राजदेवी नगरपालिकाका प्रशासकिय अधिकृत सुबोध साहलाई ज्ञापन–पत्र बुझाएका छन् । रौतहटको राजदेवी नगरपालिका–४ मा अवस्थित जनता उच्च माध्यमिकका विद्यार्थीहरुले आइतवारदेखिनै विद्यालयलाई तालाबन्दी, प्रदर्शन लगायतका कार्यहरु गरिरहेका छन् । विद्यालयले गैर ढगंले पैसा उठाएको भन्दै विद्यार्थीहरुले वार्ड कार्यालय र विद्यालयमा नारावाजी समेत गरेका थिए । अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी नियमावली २०७७ मा समेत सार्वजनिक विद्यालयले माध्यमिक तहसम्मको शिक्षामा कुनै पनि बहनामा शुल्क लिन मनाही गरेको छ । तर रौतहटको राजदेवीमा रहेको जनता उच्च माध्यमीक विद्यालयले विद्यार्थीहरुबाट गैरकानूनी तरिकाले शुल्क उठाउने गर्दछ । विद्यार्थीहरुले ११ बुंदे माग पुरा गर्न सोमबार  विरोध प्रदर्शन गरेका थिए । विद्यालयले विद्यार्थीहरुबाट विभिन्न बहानामा शुल्क उठाउन...