“साउनको रात्री बस यात्रा: डर र आशाको कथा”
२०८१ साल साउन ७ गतेको कुरा हो। म एउटा एनजीओमा काम गर्दै थिएँ। काठमाडौं जानु अति आवश्यक थियो, किनभने मेरो परीक्षा थियो। समयमा पुग्नुपर्ने बाध्यता थियो। अफिसले लामो बिदा दिइरहेको थिएन, कामको चाप पनि धेरै थियो। अर्कोतर्फ, केही दिनअघि मात्र भएको सिमलटार बस दुर्घटनाको घटना ताजै थियो। त्यसले गर्दा परिवारले रात्री बसमा यात्रा नगर्न सल्लाह दिएको थियो।तर परीक्षा छुटाउन सकिँदैनथ्यो। त्यसैले बुद्ध एयरको अन्तिम टिकट कटाउन लगाएँ। म गौरबाट हतार-हतार सिमरा पुगेँ। त्यहाँ पुग्दा ३:५० बजेको थियो। जहाज ढिलो हुने जानकारी दिए। प्रतिक्षा लम्बिदै गयो। साँझको ६ बज्दा प्लेन नउड्ने सूचना आयो। यात्रुहरू आक्रोशित भए। कोही टिकट सार्दै थिए, तर म अझै अनिश्चिततामा थिएँ। टिकट क्यान्सल गरेर श्रीमानलाई फोन गरेँ। उहा...