
सचतक नेपाल डेस्क,
०२ माघ, राैतहट । जिल्ला प्रहरी कार्यालय, राैतहटले विभिन्न मुद्दामा फरार रहेका ४० जना प्रतिवादीहरूलाई पक्राउ गरेको छ। अदालतको आदेशअनुसार कैद तथा जरिवाना तोकिएका व्यक्तिहरूलाई खोजी गरी कारबाही अगाडि बढाइएको प्रहरी निरीक्षक उमाशंकर प्रसादले प्रेस विज्ञप्ति मार्फत जनाएका छन् ।
पक्राउ परेका प्रतिवादीहरूमध्ये कतिपयले डाँका चोरी, कुटपिट, गाली बेइज्जती, किरिया चलाउने जस्ता आरोप सामना गरेका छन्। समातिएका व्यक्तिहरूमध्ये विनोद दासलाई २ वर्ष कैद र २०,००० रुपैयाँ जरिवानासहित अदालतमा उपस्थित गराइएको छ।
यसैगरी, कुटपिट तथा गाली बेइज्जतीका विभिन्न मामिलामा संलग्नहरूलाई पनि आवश्यक कानूनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ। प्रहरीले फरार रहेका अन्य प्रतिवादीहरूलाई पनि चाँडै पक्राउ गर्ने अभियान जारी राखेको छ।
प्रहरीको यो कदमले कानूनी शान्ति स्थापनामा ठूलो योगदान पुर्याउने विश्वास गरिएको छ।
पक्राउ परेका व्यक्तिहरुकाे विवरण यस प्रकार छन् :

