Wednesday, January 15
Shadow

भन्सार छली गरिएका सामान राैतहट प्रहरीद्वारा बरामद

सचतक नेपाल डेस्क ,
२८ पुस,‌ गाैर । रौतहट प्रहरीले भन्सार छली गरिएका सामानहरू बरामद गरेको छ। भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल तर्फ आउँदै गरेका ३ वटा माेटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले विभिन्न स्थानहरूमा सवारी साधनहरू चेकजाँच गर्ने क्रममा BR 30 E 8517, BR 05 AJ 9668 र BR 30 Z 1196 नम्बरका मोटरसाइकलहरूलाई रोकी चेकजाँच गर्दा सो मोटरसाइकलहरुमा अबैध रुपमा भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याउँदै गरेको रु. ६८,८८०/- बराबरको चिनी, मैदा, प्याज, गुड (मिठा), चप्पल र कपडाहरु फेला परेको थियो।

उक्त सामानहरु र रु. १,३०,०००/- बराबरको ३ वटा मोटरसाइकल गरी जम्मा रु. १,९८,८८०/- रुपैयाँ बराबरको कपडा, चप्पल, किराना सर-सामानहरु, मोटरसाइकल र मोटरसाइकल चालक जिल्ला रौतहट परोहा न.पा. वडा नं. ८ बस्ने ३५ वर्षीय सुनदेशरी गिरी समेतलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाईएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *