२७ पुस, राैतहट । जिल्ला प्रहरी कार्यालय, रोहतहटले दुई वर्षदेखि फरार रहेका चोरी मुद्दाका अभियुक्तलाई पक्राउ गरेको छ। मिति २०८१।०९।२५ गते गोप्य सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको अभियुक्त विनोद दासलाई रोहतहटको कटहरिया नगरपालिका-१ स्थित घरबाट नियन्त्रणमा लिएको हो।
विनोद दासलाई जिल्ला अदालत, रोहतहटले रु २०,००० जरिवाना र २ वर्ष कैद सजाय तोकेको थियो। उनी चोरी मुद्दामा दोषी ठहर भएका थिए तर फैसला सुनाएपछि फरार थिए।
दासमाथि २०८०।०१।१९ गते कटहरिया नगरपालिका-१ मा रहेको जनप्राथमिक विद्यालयमा विद्युत चोरी गरी आर्थिक क्षति पुर्याएको आरोप लागेको थियो। उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान र कारबाहीका लागि प्रहरी हिरासतमा राखिएको छ।
प्रहरीले यस सफलताका लागि धन्यवाद दिँदै कानूनको पालना नगर्ने अपराधीलाई कुनै हालतमा उन्मुक्ति नदिने प्रतिबद्धता व्यक्त गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1