Wednesday, January 15
Shadow

दुर्गाभगवती गाउँपालिकाको लेटर प्याड दुरुपयोग प्रति अध्यक्षको आपत्ति


२७ पुस, राैतहट । दुर्गाभगवती गाउँपालिकाकी उपाध्यक्ष शिला देवीले कार्यालयको लेटर प्याड दुरुपयोग गरेको आरोपमा गाउँपालिका अध्यक्ष शम्भु सिंहले आपत्ति जनाएका छन्। अध्यक्ष सिंहले विज्ञप्ति जारी गर्दै कानूनी प्रक्रिया र संस्थागत व्यवस्थाप्रति गम्भीर प्रश्न उठाउँदै उपाध्यक्षको क्रियाकलापलाई गैरकानूनी भनेका छन्।

लेटरप्याड दुरुपयोग प्रकरण
गाउँपालिकाको आधिकारिक पत्र मिति २०८१/०९/१८ को पत्र संख्या २०८१/०८२ तथा चलानी नं. ६८२ र ६८३ मा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जनकपुरधामलाई सम्बोधन गरिएको थियो। यस्तै चलानी र मिति प्रयोग गरी उपाध्यक्ष शिला देवीले गैरकानूनी रूपमा विभिन्न सरकारी निकायमा पत्राचार गरेको आरोप अध्यक्ष सिंहले लगाएका छन्।

अध्यक्षको आपत्ति
अध्यक्ष सिंहद्वारा जारी विज्ञप्तिमा उपाध्यक्षले गाउँपालिकाको कामकाजमा अवरोध पुर्याएको, कर्मचारीको मनोबल कमजोर बनाउने प्रयास गरेको र कानूनी प्रक्रिया उल्लंघन गरेको दाबी गरिएको छ। विज्ञप्तिमा भनिएको छ, “गाउँ कार्यपालिकाको बैठकमा उपस्थिति जनाउनबाट टाढा रहेर र व्यक्तिगत ईर्ष्या-द्वेषको आधारमा कार्यालयका कर्मचारी र सेवा प्रवाहमा व्यवधान सिर्जना गरिएको छ।”

गैरकानूनी कार्यको मान्यता नदिन आग्रह
विज्ञप्तिमा, गाउँपालिका उपाध्यक्ष र अन्य सदस्यहरूले प्रयोग गरेको गाउँ कार्यपालिकाको लेटरप्याड गैरकानूनी रहेकोले त्यसलाई मान्यता नदिन सम्बद्ध निकायहरूलाई आग्रह गरिएको छ।

क्षति राहत र हिउँदे अधिवेशनमा अवरोध
अध्यक्ष सिंहले बाढी प्रभावित किसानलाई राहत वितरण र हिउँदे अधिवेशन सञ्चालन गर्नुपर्ने काममा समेत उपाध्यक्ष र केही कार्यपालिका सदस्यले अवरोध गरेको आरोप लगाएका छन्।

गाउँपालिकाको व्यवस्थापकीय जिम्मेवारीमा यसरी देखिएको विवादले संस्थागत गरिमा र जनताप्रति प्रतिवद्धतालाई चुनौती दिएको देखिन्छ। अब यस विषयमा सम्बन्धित निकायहरूले के कदम चाल्नेछन् भन्ने प्रतीक्षा गरिएको छ।

प्रेश विज्ञप्ती :

सचतक नेपाल डेस्क

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *