Wednesday, January 15
Shadow

पोखरामा नेपाली प्रशिक्षकद्वारा स्काई डाइभिङ सुरु


पुस २७, कास्की – पोखराको पर्यटन क्षेत्रमा नयाँ आकर्षण थपिएको छ। नेपाली प्रशिक्षकहरूले पहिलो पटक पूर्ण नेपाली टोलीद्वारा स्काई डाइभिङ सुरु गरेका छन्। यसअघि विदेशी प्रशिक्षकद्वारा गराइने यो गतिविधि अब नेपाली प्रशिक्षकहरूको हातबाट सफलतापूर्वक सञ्चालन भएको हो।

सिम्रिक एयर र इन स्काई डाइभ कम्पनीको संयुक्त पहलमा स्काई डाइभिङ पुस २७ देखि माघ ७ गते (जनवरी १२–२१) सम्म सञ्चालन हुने भएको छ। इन स्काई डाइभ कम्पनीका सञ्चालक तथा प्रशिक्षक एलिश थापाका अनुसार यस अवधिमा भिआइपी र डिलक्स गरी दुई प्रकारका प्याकेज उपलब्ध गराइएका छन्। भिआइपी प्याकेजको लागत १ लाख १५ हजार रुपैयाँ छ भने डिलक्स प्याकेजको लागत ९५ हजार रुपैयाँ निर्धारण गरिएको छ। विदेशी नागरिकका लागि थप ५ हजार रुपैयाँ थप लाग्नेछ।

स्काई डाइभिङ पोखरा विमानस्थलबाट सुरु भई १३,००० फिट उचाइबाट हेलिकप्टरद्वारा लौरुक क्षेत्रमा डाइभ गराइनेछ। डाइभपछि यात्रुहरू लौरुकको फाँटमा अवतरण गर्नेछन्। नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरलाई १५ दिनको अनुमति दिएको छ।

यो परियोजनाको नेतृत्व एलिश थापाले गरेका छन् भने उनलाई प्रशिक्षकहरू सुवास थापा, मनिष हिराचन, आशिष थापा, र नेपालको पहिलो महिला स्काइडाइभर यसोदा केसीले साथ दिएका छन्।

एलिश थापाले नेपालको प्राकृतिक सुन्दरताको प्रचार गर्दै साहसिक पर्यटकलाई आकर्षित गर्ने उद्देश्यका साथ यो कार्यक्रम सुरु गरिएको बताए। यात्रुको माग अनुसार भविष्यमा नियमित स्काई डाइभिङ सञ्चालन गर्ने योजना रहेको पनि उनले जानकारी दिए।

यो साहसिक गतिविधिले नेपालको साहसिक पर्यटनको नयाँ ढोका खोल्ने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *