Wednesday, January 15
Shadow

पाँच महिनामा ६ खर्ब ४० अर्ब रेमिट्यान्स भित्रियो, ४.४ प्रतिशतले वृद्धि

सचतक नेपाल डेस्क,

२७ पुस, राैतहट । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा नेपालले ६ खर्ब ४० अर्ब ४३ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्र्याएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार, यो गत वर्षको सोही अवधिको तुलनामा ४.४ प्रतिशतले वृद्धि भएको हो।

डलरमा पनि रेमिट्यान्स आप्रवाह २.५ प्रतिशतले वृद्धि भई ४ अर्ब ७३ करोड पुगेको छ। गत वर्ष यस अवधिमा डलरको आधारमा रेमिट्यान्स आप्रवाह २१.१ प्रतिशतले बढेको थियो।

खुद द्वितीय आय (खुद ट्रान्सफर) ६ खर्ब ९९ अर्ब ३४ करोड पुगेको छ, जुन अघिल्लो वर्षको ६ खर्ब ६९ अर्ब ७७ करोडभन्दा धेरै हो।

वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या १ लाख ९० हजार ३८४ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या १ लाख ३५ हजार ४२५ रहेको छ।

यो वृद्धिले नेपालमा रेमिट्यान्सको भूमिका अझ बलियो बनाएको देखाउँछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *