Wednesday, January 15
Shadow

सलाहीमा १ करोड ४ लाख बराबरको सामानसहित ट्रक नियन्त्रणमा

२६ पुस, सलाही – जिल्ला प्रहरी कार्यालय सलाहीले आज बिहान ६:०० बजे एक ट्रकबाट करिब १ करोड ४ लाख रुपैयाँ बराबरका अवैध सामान नियन्त्रणमा लिएको छ। इजाजतपत्रबिना भन्सार छल्ने प्रयास भइरहेको भन्ने सूचनाका आधारमा बागमती गाउँपालिका–१२, विस्रामपुरको चेकपोस्टमा उक्त ट्रक (ना ४ ख ९००१) नियन्त्रणमा लिइएको हो।

ट्रकभित्र विभिन्न कपडा, जुत्ता, चप्पल, डाइपर प्यान्टजस्ता सामानहरू अवैध रूपमा राखिएको पाइएको छ। उक्त सामानहरूको अनुमानित मूल्य १,०४,८२,०१२ रुपैयाँ रहेको प्रहरी कार्यालयले जनाएको छ।

अवैध सामानसहित ट्रकलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय, पथलैया, बारामा बुझाइएको छ।

जिल्ला प्रहरी कार्यालय सलाहीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (प्र.ना.उ.) दीपक श्रेष्ठका अनुसार, यो घटनामा संलग्न व्यक्तिहरूको पहिचान र थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *