Wednesday, January 15
Shadow

किटनाशक औषधि र गहुँसहित दुई सवारी साधन राैतहट प्रहरीकाे नियन्त्रणमा

सचतक नेपाल डेस्क ,

२६ पुस, गाैर । रौतहट जिल्लाको गौर नगरपालिका–५ स्थित सिया प्यालेस अगाडि प्रहरीले गस्तीका क्रममा किटनाशक औषधि र गहुँ लोड गरिएका दुई सवारी साधनलाई नियन्त्रणमा लिएको छ।

पुस २४ गते राति करिब ९:४५ बजे गस्ती टोलीले ना २ च ७७६१ नम्बरको पिकअप र ना २ त १६५० नम्बरको ट्र्याक्टरलाई चेकजाँच गर्दा गाडीमा रहेको सामान र बिलबीजक फरक देखिएपछि चालकहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार, ट्र्याक्टर चालक ४५ वर्षीय संजिप यादव र पिकअप चालक ३० वर्षीय सुनिल यादव रहेका छन्। सामान र गाडीका कागजातमा शंका लागेपछि उनीहरूलाई थप अनुसन्धानका लागि आन्तरिक राजस्व करदाता कार्यालय, गौर पठाइएको छ।

घटनाबारे जानकारी दिँदै प्रहरी निरीक्षक उमाशंकर प्रसादले चोरीपैठारी वा राजस्व छलीको आशंकामा अनुसन्धान भइरहेको बताए। प्रहरीले घटनालाई विशेष ध्यानका साथ अध्ययन गरिरहेको छ।

यस घटनाले राजस्व छलीका सम्भावित गतिविधिलाई उजागर गर्दै स्थानीय क्षेत्रको निगरानीलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *