Wednesday, January 15
Shadow

रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा हाजिर हुने

२६ पुस, काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलन प्रकरणमा धरौटीमा रिहा भइसकेपछि आज (शुक्रबार) काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने भएका छन्। काठमाडौंमा समेत सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले उनी अदालतमा उपस्थित हुन लागेका हुन्।

लामिछानेले बिहीबार कास्की जिल्ला अदालतको आदेशअनुसार ६५ लाख रुपैयाँ धरौटी बुझाएर प्रहरी हिरासतबाट रिहा भएका थिए। अदालतको आदेशपछि प्रहरीद्वारा स्वास्थ्य परीक्षण गराई उनलाई परिवारको जिम्मा लगाइएको थियो।

उक्त प्रकरणमा पूर्वडीआईजी छविलाल जोशी, रामबहादुर खनाल, पूर्वसांसद मीना गुरुङ, उनका बुवा कृष्णप्रसाद गुरुङ र आरती गुरुङ पनि धरौटी बुझाएर रिहा भएका छन्। तर, लीला पछाईं भने धरौटी रकम तिर्न नसक्दा कास्की कारागार चलान भएकी छिन्।

रवि लामिछानेको सहकारीसम्बन्धी मुद्दाले पछिल्लो समय सार्वजनिक चासोको विषय बनिरहेको छ। उनले काठमाडौंमा थप कानूनी प्रक्रिया सामना गर्नुपर्ने देखिन्छ। घटनाको थप विवरण र अदालती प्रक्रिया कसरी अगाडि बढ्छ भन्ने प्रतिक्षाको विषय बनेको छ।

सचतक नेपाल डेस्क

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *