२६ पुस, राैतहट । लगातारको चिसोसँगै तराईका विभिन्न जिल्लामा शीतलहरको जोखिम बढेको छ। पाँच दिनदेखि हुस्सुले ढाकेको तराई क्षेत्रमा चिसोका कारण जनजीवन कष्टकर बनेको छ। चिसोबाट बच्न आवश्यक पूर्वतयारीको अभावले समस्या झन् बढाउँदै लगेको छ।
११ वर्षमा ११६ जनाको ज्यान गयो
सरकारी तथ्यांक अनुसार, शीतलहरका कारण ११ वर्षको अवधिमा करिब ११६ जनाले ज्यान गुमाएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०६८ सालदेखि हालसम्म यो घटनामा मृत्यु हुनेको संख्या यति धेरै पुगेको हो।
बढी प्रभावित क्षेत्रहरू
शीतलहरबाट बढी प्रभावित जिल्लाहरूमा सुनसरीको दक्षिणी भाग, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी पश्चिम र कपिलवस्तु पर्छन्।
कम प्रभावित क्षेत्रहरू
यस्तै, झापा, मोरङ, उदयपुर, चितवन, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका केही भागमा शीतलहरको असर कम रहेको छ।
स्थानीयहरूलाई सरकारको अपील
प्राधिकरणले शीतलहरको असरबाट बच्न स्थानीय तहलाई पर्याप्त तयारी गर्न आग्रह गरेको छ। चिसोका कारण बालबालिका, ज्येष्ठ नागरिक र गरिब वर्ग बढी प्रभावित हुने भएकाले न्यानो लुगा र उचित व्यवस्थापन गर्न सरकारले विशेष ध्यान दिनुपर्ने आवश्यकता छ।
तराई–मधेशका बासिन्दाहरू शीतलहरसँग जुध्न संघर्ष गरिरहेका छन्। यो समयमा राहत सामग्री वितरण र जनचेतनाको आवश्यकता रहेको स्थानीयवासी बताउँछन्।
सचेतक नेपाल डेस्क
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1