Tuesday, January 21
Shadow

आफ्नै घरमा सुतिरहेका पूर्वमन्त्री रायको हत्या

रौतहट, ७ साउन । सर्लाहीको चन्द्रनगरसिथत गाँउपालिका १ रतनपुरमा पूर्वमन्त्री रायको हत्या भएको छ । चन्द्रनगरसिथत गाँउपालिका १ रतनपुरस्थित आफेनै घरमा सुतिरहेका पूर्वमन्त्री रामचन्द्र रायको धारिलो हतियार प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीको अनुसार ८० वर्षिय रामचन्द्र रायमाथि अज्ञात समुहले धारिलो हतियार प्रहार गरिएको हो । एक तल्ले घरको आफ्नै खाटमा सुतिरहेका पूर्वमन्त्री रायलाई टाउकोको बायाँपट्टि धारिलो हतियार प्रहार गरिउको प्रहरीले जनाएको छ ।

मृत अवस्थामा ओछयानमै रायका शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । घटनाबारे अनुसन्धानका लागि तालिम प्राप्त कुकुर झिकाएको प्रहरीले जानकारी दिएका छन् ।

विगत ३० वर्ष अघि पूर्वमन्त्री राय राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भूमिव्यवस्था राज्यमन्त्री बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *