Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-statistics domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the denra-wp-dt domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the advanced-ads domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114
राजदेवी नपाकाे नगरसभा सम्पन्न, करिब साढे ४८ कराेड १० लाख ९६ हजारकाे बजेट प्रस्तुत | Sach Tak Nepal
Tuesday, March 25
Shadow

राजदेवी नपाकाे नगरसभा सम्पन्न, करिब साढे ४८ कराेड १० लाख ९६ हजारकाे बजेट प्रस्तुत


राैतहट – राजदेवी नगरपालिकाकाे १२ औं नगर अधिवेशन साेमबार सम्पन्न भएकाे छ । अगामी आर्थिक वर्ष २०८१/०८२ का लागि राजदेवी नगरपालिकाले कुल ४८ करोड १० लाख ९६ हजारको बजेट प्रस्तुत गरेका छन् ।

जिल्ला समन्वय समितिका अध्यक्ष राम अयोध्या राय यादवको प्रमुख आतिथ्यमा उक्त सभा सम्पन भएको थियो।  प्रत्येक वर्ष झै असार १०‌ सम्म नगर अधिवेशन सक्नु पर्ने कानुनी प्रावधान छ। साेही प्रावधान अनुसार राजदेवी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ काे बजेट नीति तथा कार्यक्रम साेमबार प्रस्तुत गरिएकाे हाे ।

नगरसभाकाे प्रथम चरणमा आज बजेट नीति तथा कार्यक्रम सम्पन्न भएको छ। ‘जनमुखी स्थानीय सरकार, विकास र समृद्धिको आधार’ भन्ने मूल नाराको रुपमा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा विकास व्यवस्थापन, दिगो बिविकास र सुशासनको प्रत्याभूति हुने गरी वातावरण सृजना गरिने लक्ष्य लिइएको हो ।

नगरप्रमुख भिखारी राय यादवले नीति तथा कार्यक्रम आर्थिक विकासतर्फ आफ्नो गाउँ आफै बनाउ नारालाई बलियो बनाउन तर्फ जाेड दिएका थिए। बिकास कार्य, सिँचाइ, कृषि, सहकारी प्रवद्धन,नदी,नाला, युवाहरुलाई राेजगारीका लागि सिपमुलक तालिम, पर्यटन तथा संस्कृति बिकासका लागि सबै जनप्रतिनिधिहरु तथा स्थानीय एक जुट भई नगरलाई बिकास तर्फ उचाल्न आग्रह समेत गरेका थिए।

कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष रामअयोध्या राय यादव , उपप्रमुख राजकुमारी देवी , प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थ , नगरका सम्पुर्ण वडा अध्यक्ष , कार्यपालिका सदस्य, कर्मचारी संचारकर्मीहरुको, स्थानीयहरुकाे उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *