Sunday, June 23
Shadow

आजपा केन्द्रीय सदस्य निवेश यादव जसपामा प्रवेश

सचतक नेपाल न्यूज,
काठमाडौ। आम जनता पार्टीका केन्द्रीय सदस्य निवेश यादव जनता समाजवादी पार्टी प्रवेश गरेका छन् । मंगलबार जसपा केन्द्रीय कार्यालय बालकुमारीमा आयोजित एक कार्यक्रमबीच उनले प्रवेश गरेकाे छ।

कार्यक्रममा उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री समेत रहेका जसपा अध्यक्ष उपेन्द्र यादवले यादवसहितका आजपा नेता कार्यकर्तालाई पार्टीमा स्वागत गरेका हुन् ।


आजपा केन्द्रिय सदस्य निवेश यादव पार्टीको केन्द्रीय प्रचारप्रसार विभाग उपप्रमुख तथा आजपा निकट युवा संगठन आईटी आर्मीका दोस्रो वरियताको उपाध्यक्षको जिम्मेवारी सम्हालेका थिए । आजपा अध्यक्ष प्रभु साह शहरी विकास मन्त्री रहँदा उनका प्रेस सल्लाहकारको समेत भुमिका निर्वाह गरेका यादव उनको सचिवालय सदस्य समेत हुन् ।

जसपा प्रवेशपछी छोटो प्रतिक्रिया दिदै यादवले प्रभु साहको पार्टीको कुनै स्पष्ट विचार, नीति तथा गन्तव्य नरहेकोले आफुले जसपा रोजेको बताए । मधेशी, जनजाति, आदिवासी लगायतका उत्पीडितहरुको लागि निरन्तर लडाई लडिरहेको पार्टी भएकोले जसपा प्रवेश गरेको बताउदै यादवले उपेन्द्र यादवले मात्र मधेशीलगायतका उत्पीडितहरुको हक दिलाउन सक्ने जीकिर गरे ।

निवेश यादव जसपाका केन्द्रीय नेता एवम् मधेश प्रदेशका पूर्व कृषि राज्यमन्त्री योगेन्द्र राय यादवका गृह नगर राजदेवी नगरपालिकाका बासी हुन् । यादवलाई जसपा प्रवेश गराउन उनकै सक्रियता रहेको थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *