राैतहट – ईशनाथमा आयाेजित मेयरका विजेता तथा उपविजेता टाेलीलाई मेयर प्रत्यासी अंझु झाले नगदबाट पुरस्कृत गरेकी छिन्। उनले बिजेतालाई १५ हजार र उपविजेतालाई १० हजार नगदबाट पुरस्कृत गरेकी हुन् ।
पुर्व घाेषित पुरस्कार स्वरुप आज ईशनाथ नगरपालिका वार्ड नं ३ स्थित महादेव मन्दिर परिसर भित्र नेपाली कांग्रेस नेत्री अंजु झाले उक्त पुरस्कारकाे आयोजना गरेकी थिइन् । खेलाडीहरुकाे मनाेवल उच्च गर्न उनले पुरस्कारकाे आयोजना गरिएकाे उनले बताइन्।
ईशनाथ नगरपालिकाले फागुन ५ गते देखि १८ गतेसम्म उक्त मेयर कप संचालन भएकाे थियाे । यदी पालिकाले कागजी प्रक्रियामा १ प्रतिशत मात्र सहयोग गरे आफु ईशनाथ नगरपालिकामा स्टेडियम बनाउन सक्क्षम रहेकाे महिला नेत्री अंजु झाले दाबी गर्नुभयाे ।
कार्यक्रममा नेपाली काँग्रेसका महिला नेत्री अंजु झा, बिजयी टाेली एवम् उपविजेता समेत टाेली, स्थानिय नगरबासीकाे रहेकाे थियाे ।
आफ्नो पालिकामा क्रिकेट खेलाउन पहिला देखिनै लागि परेकाे प्रमाण दिदै भ्रामिक समाचार तर्फ ध्यानाकर्षण नदिन नेत्री झाले प्रष्ट पारेकी थिइन्।
गाैरकाे राइस मिलमा हुने पालिका कपमा सहभागीता जनाएका ईशनाथ नगरपालिकाले मेयर कपका बिजेता खेलाडीहरु मात्र नभएर उप बिजेताबाट समेत उत्कृष्ट खेलाडीहरु निश्पक्ष तरिकाले छनाेट गर्न समेत नगरप्रमुख प्रत्यासी अंजु झाले पालिकासँग अनुरोध गरेकी छिन्।
रौतहट जिल्लाको ईशनाथ नगरपालिका नगरस्तरीय आयोजना रौतहट क्रिक्रेट संघ द्वारा आयोजीत मेयर कप २०८० क्रिक्रेट प्रतियोगीता ईशनाथ नगरपालिका वडा नम्बर ३ ले जितेको हाे | वडा नं -५ लाई २५ रन ले पराजीत गर्दै लगातार दोश्रो बर्ष पनि वडा नं -३ ले जीत हासिल गरेको हो ।