Wednesday, October 9
Shadow

गत वर्ष बिजेता चञ्चला साइकल दौड प्रतियोगितामा पुनः प्रथम

प्रेम यादव/सचतक नेपाल न्यूज डेस्क,

राैतहट – जिल्लाको सदरमुकाम गौरमा ११औँ जिल्लास्तरीय महिला साइकल दौड प्रतियोगिता सम्पन्न भएको छ। जसमा प्रथम चञ्चला कुमारी भएकी छिन् । उनी यसअघि पनि बिजेता भएकी थिइन्।

७४औँ प्रजातन्त्र दिवसको अवसरमा आयोजित प्रतियोगितामा २० जना सहभागी थिए। जसमध्ये मध्ये गौर नगरपालिका– ५ निवासी चञ्चला कुमारी पहिलो भएकी हुन् ।

कार्यक्रमका प्रमुख अतिथि जनता समाजवादी पार्टी नेपालका केन्द्रिय अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री उपेन्द्र यादवले रिवन काट्दै उद्घाटन गरेका थिए । प्रतियोगितामा राजदेवी नगरपालिका– ७ निवासी रानीकुमारी यादव दोस्रो तथा गौर नगरपालिका–४ निवासी बबिताकुमारीले तेस्रो स्थान हासिल गर्न सफल भइन् ।

राजदेवी मिडिया सेन्टर रौतहटकाे महिला साइकल दौड प्रतियोगिताका प्रथम विजेतालाई ५० हजार, दोस्रोलाई ३० हजार र तेस्रो स्थान प्राप्त गरेकालाई २० हजार नगद पुरस्कारकाे व्यवस्था थियाे । फलस्वरूप चञ्चला सँगै दाेस्राे र तेस्राे पनि नगदबाट पुरस्कृत भइन् ।


प्रतियोगिताकाे पहिलो चरणमा १४० जना छनोट भए ।   जसमध्ये मात्र २० जना फाइनलमा सहभागी पुरस्कारस्वरुप एक–एक वटा साइकल समेत प्रदान गरिएकाे थियाे ‌।


कार्यक्रमका प्रमुख अतिथि सहित दर्जनौ नेता राैतहट पुगेका थिए । जसमध्ये केही छिमेकी राष्ट्र भारतबाट समेत जिल्लाकाे सदरमुकाम गाैर पुगेका थिए। कार्यक्रमका लागि सहयाेगीहरु लगायत बिभिन्न छेत्रमा याेगदान पुर्याएकाहरु‌ प्रमाणपत्रबाट‌ पुरस्कृत भएका थिए ‌ । करिब‌ २५ वर्ष शिक्षा क्षेत्रमा निशुल्क शिक्षा प्रदान गरिरहेका गाैरका एक शिक्षक निरज शाह समेत सम्मान पत्रबाट सम्मानित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *