
राैतहट – माघ महिनाको शुक्ल पक्षको पञ्चमी तिथिलाई वसन्त पञ्चमी पर्वका रूपमा मनाइन्छ । यो दिन मुख्य रूपमा विद्याकी देवी माता सरस्वतीको पूजा र आरधना गर्ने प्रचलन छ ।
बसन्त उल्लास हो,सुगन्ध हो, मुस्कान हो,सौन्दर्य हो,प्रकृति हो,संगीत हो,साधना हो र वसन्त जीवन हो । यस्तै भावले माता सरस्वतिको पूजा तथा आराधना गरिन्छ ।
वसन्त पञ्चमी शुभ मूहुर्त १० बजेर ४५ मिनेट जाँदा रहेको छ । साथै तिथि १ बजेर १९ मिनेट जाँदा सकिन्छ ।
यसरी गर्नुहाेस् पुजन :
वसन्त पञ्चमीको दिन विधिविधानका साथ देवी सरस्वतीको पूजा गर्दा विद्या र बुद्धिका साथसाथै सफलता पनि पाइने विश्वास गरिन्छ ।
विहानै उठेर स्नान गरेपछि पवित्र आचरण र बोलीको संकल्प लिँदै माता सरस्वतीको पूजा गर्नुपर्छ । पूजामा चन्दन, अक्षता, सेतो र पहेंलो फूल, सेतो चन्दन र सेतो वस्त्र देवीलाई चढाउँनुपर्छ ।
प्रसादमा पहेँलो चामल, खीर, दूध, दही, मक्खन, सेतो तिलको लड्डु, घिउ, नरिवल, सक्खर र मौसम अनुसारको फल चढाउँनु पर्छ ।
त्यसपछि माता सरस्वतीसँग बुद्धि र सफलताको कामना गरेर दीप प्रज्वलन गर्दै आरती गर्नुपर्छ । पढाइमा मन नलाग्ने विद्यार्थीहरूले देवी सरस्वतीको नित्य पूजन गरेमा पढाईमा मन लाग्छ । देवीको प्रतिमाअगाडि उभिएर मन्त्रहरु उच्चारण गर्दा स्मरण शक्ति बढ्छ ।
यो हो सरस्वती स्तुति :
या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता ।
या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना।।
या ब्रह्माच्युतशंकरप्रभृतिभिर्देवैस् सदा वन्दिता ।
सा मां पातु सरस्वती भगवती निस्शेषजाड्यापहा ।।१।।
शुक्लां ब्रह्मविचारसारपरमाद्यां जगद्व्यापिनीं
वीणा पुस्तक धारिणीमभयदां जाड्यांधकारपहाम्।
हस्ते स्फाटिकमालिकां विदधतीं पद्मासने संस्थितां
वन्दे तां परमेश्वरीं भगवतीं बुद्धिप्रदां शारदाम्।।२।।