Tuesday, June 18
Shadow

१ कराेड ८८ लाख बिदेशी मुद्रासहित ३ भारतीय क्यासिनोबाट पक्राउ

काठ्माण्डौ – शुक्रबार प्रहरीले काठमाडौंको दरबारमार्गस्थित क्यासिनो प्यालेसबाट एक करोड आठ लाख विदेशी मुद्रासहित तीनजना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ परेका ३ जना

पक्राउ पर्नेमा भारतीय नागरिक गुलाब सिंह, रिसब पावा तथा गौरव चोपडा रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोद ढुंगेलले जानकारी दिए।

‘क्यासिनो प्यालेसको अन्डरग्राउन्डमा अनलाइनमार्फत सट्टेबाजी गराएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो। उनीहरूको साथबाट एक करोड ८ लाख ९ हजारबराबरको विदेशी मुद्रा बरामद गरिएको छ।’ प्रहरी उपरीक्षक ढुंगेलले बताए ।

बरामद बिदेशी मुद्रा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *