Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-statistics domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the denra-wp-dt domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the advanced-ads domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114
नेकपा एमाले राैतहटकाे १० औं जिल्ला अधिवेशनकाे आजबाट प्रारम्भ | Sach Tak Nepal
Monday, February 17
Shadow

नेकपा एमाले राैतहटकाे १० औं जिल्ला अधिवेशनकाे आजबाट प्रारम्भ


प्रेम यादव,
राैतहट – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले राैतहटकाे १० औं जिल्ला अधिवेशन बिधिवत रुपमा आजबाट सुरु भएकाे छ। पार्टीका महासचिव शंकर पाेखरेलकाे प्रमुख अतिथीमा अविधिवेशनकाे पहिलो बैठक आज सम्पन्न भएको छ।

नेकपा एमाले जिल्ला कमिटीले आयाेजना गरेकाे जिल्ला अधिवेशनकाे प्रथम बैठक बिहिबार राैतहटकाे सदरमुकाम गाैर नगरपालिका वार्ड नं ५ मा सम्पन्न भएकाे छ ।

“सामाजिक न्याय र सुशासन हाम्रो कार्यभार, मधेशकाे स्वाभिमान र समृद्धिकाे लागि एमाले-सरकार ” भन्ने मुल नाराका साथ १० औं जिल्ला अधिवेशन आजबाट प्रारम्भ भएकाे छ।

प्रतिनिधि परिषद बैठकका लागि प्रमुख अतिथीमा पार्टीका महासचिव शंकर पोखरेल , जिल्लामा रहेका केन्द्रिय सदस्यहरु, प्रदेश कमिटी पदाधिकारी तथा सदस्यहरु, जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरु, नवौ र दशाैं जिल्ला अधिवेशनको लागि निर्वाचित प्रतीनिधिहरु तथा पार्टी बाट निर्वाचित जनप्रतिनिधिहरु,नगर कमिटी पदाधिकारी तथा सदस्यहरु, जनबर्गिय संगठनका केन्द्रिय सदस्यहरु, प्रदेश कमिटी सदस्य तथा जिल्ला कमिटी पदाधिकारीहरु,पार्टीका वडा कमिटी पदाधिकारीहरु लगायत स्थानीयहरुलाई आमन्त्रित गरिएको छ।

आजकाे सम्पन्न बैठकमा प्रमुख अतिथी पार्टीका महासचिव शंकर पोखरेल, पुर्व मन्त्री ज्वाला शाह, पुर्व मन्त्री पुरुषोत्तम पौडेल, केन्द्रीय सदस्य एवम् गाैर नगरपालिका पुर्व नगरप्रमुख अजय कुमार गुप्ता, राष्ट्रिय युवा संघ मधेश प्रदेशका सहसचिव ओमप्रकाश शाह लगायत अन्य पुर्व मन्त्री ,केन्द्रीय तथा जिल्ला सदस्यहरुकाे उपस्थिति रहेको थियाे ।

आजकाे पहिलाे बैठकसँगै अधिवेशनकाे शुरुवात भएकाे छ । माघ २५ गते खुला शत्र हुने र उक्त कार्यक्रम सफल पार्न पुर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओली राैतहट आउने राष्ट्रिय युवा संघ मधेश प्रदेशका सहसचिव ओमप्रकाश शाहले जानकारी दिए। बिधिवत रुपमा भव्यता साथ अधिवेशन सफल हुने उनले बताए।

फाइल फोटो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *