Wednesday, October 9
Shadow

६ महिनामै सवारी नियम उलङ्घन गर्ने संख्या १० हजारभन्दा बेसी, ८५ लाख भन्दा बढी राजश्व संकलन

राैतहट – वर्ष नबित्दै सवारी उलङ्घन गर्ने संख्या १० हजार भन्दा बढी पुगेकाे छ । सवारी उलङ्घन गर्नेहरुबाट ६ महिनामै प्रहरीले कुल ८५ लाख १७ हजार ५०० राजश्व संकलन गरेको छ।

मंगलबार जिल्ला प्रहरी कार्यालय राैतहटले प्रेस विज्ञप्ति जारी गर्दै श्रावण देखी पाैष मसान्तसम्मकाे प्रगति बिवरण सार्वजनिक गरेकाे छ। जसमध्ये सवारी दुर्घटनामा परेर २६ जनाले ज्यान गुमाइसकेका छन् ।

राैतहट अशिक्षित जिल्ला मध्येकाे एक जिल्ला हाे । शिक्षाकाे अभावले पनि दुघर्टनालाई निम्ताे दिने गरेकाे बिज्ञहरु बताउँछन्। “थाेरै जानकारी हानिकारक हुन्छ” भन्ने उखान सवारी नियममा पनि हावी हुने गरेकाे छ । ट्राफिक नियमको बारेमा अवगत नहुँदा दुघर्टना हुने सम्भावना बढ्छ । अर्थात चालकले अनिवार्य रुपमा ट्राफिक नियमको पालना गर्नुपर्दछ।

सवारी नियम उलङ्घन गर्ने १० हजार ७ सय १ जना कार्वाहीमा परेको जिल्ला प्रहरी कार्यालय राैतहटकाे विज्ञप्तिमा उल्लेख छ ।६ महिनामै सवारी दुर्घटनाकाे संख्या ३ सय १२ पुगेको र साे संख्या दिनदिनै बढ्दै गएकाे हाे ।

राैतहटकाे सदरमुकाम गाैरमा यातायात व्यवस्थाकाे कार्यालय छ ‌। धमाधम रुपमा अन्य जिल्लाका बासीहरुले सवारी चालक अनुमतिपत्र लिइरहेका छन् । तर अधिकांश राैतहटबासीनै सवारी अनुमतिपत्र लिन सकेका छैनन्। जसकारण दुर्घटना संख्या पनि दिनदिनै बढ्दै गएकाे देखिन्छ। सवारी चलाउँदा चालककाे अनिवार्य रुपमा अनुमति पत्र हुनुपर्दछ।

श्रावण देखी पाैष मसान्तसम्म अर्थात् ६ महिनामै सवारी दुर्घटनाबाट २६‌ जनाकाे मृत्यु भएकाे छ भने ४ सय ५६ जना घाइते भएकाे विवरण उल्लेख छ। मृतक र घाइते संख्याले प्रहरीलाई थप चुनौती दिएको छ।

सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिकले दिनहुँ सचेतना कार्यक्रमहरु समेत चलाइरहेको विज्ञप्ति मार्फत जनाइएको छ। ट्राफिकले ३ हजार ७ सय ६ जनाकाे उपस्थितिमा पाैष मसान्तसम्म ९ सय १९ वटा कार्यक्रम सम्पन्न गरेकाे जिल्ला प्रहरी कार्यालय राैतहटका प्रहरी नायब उपरीक्षक (डिएसपी) अलिजा गिरीले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएकी छिन् ।

यसै साथ जिल्ला प्रहरी कार्यालय राैतहटका प्रहरी उपरीक्षक (एसपी) महेन्द्र कुमार श्रेष्ठ र प्रहरी उपरीक्षक (डिएसपी) अलिजा गिरीले ट्राफिक नियमको पालना र सवारी नियम उलङ्घन नगर्न जिल्लाबासी माझ अनुराेध गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *