Saturday, September 14
Shadow

क्रिकेटर सन्दिप लामिछानेलाई ८ वर्ष कैद सजाय


काठमाडौं । जिल्ला अदालत काठमाडौंले बलात्कारको आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको छ ।

बुधबार न्यायाधीश शिशिरराज ढकालको इजलासले उक्त फैसला सुनाएको हो । त्यस्तै इजलासले ३ लाख जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि आदेश दिएको छ । लामिछानेले पीडित युवतीको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर जबरजस्ती करणी गरेको अदालतको ठहर छ ।

गौशाला २६ नाम दिइएकी ती किशोरीलाई लामिछानेले काठमाडौँको सिनामंगलस्थित एक होटलमा लगेर बलात्कार गरेको आरोप लागेको थियो । यस प्रकरणमा सबैभन्दा पेचिलो विषय पीडित भनिएकी किशोरीको उमेर भएको थियो । पीडित पक्षले नाबालिगमाथि बलात्कार भएको दाबी गर्दै आएको थियो भने सन्दीपको पक्षबाट किशोरी नाबालिग नभएका जन्मदर्तासहितका कागजपत्र र अन्य प्रमाण अदालतमा पेश भएको थियो ।

सन्दीपविरुद्ध आफूलाई नाबालिग बताउँदै गौशाला २६ ले जबरजस्ती करणीको आरोप लगाएकी थिइन् । २०७९ भदौ २१ गते प्रहरी वृत्त गौशालामा बलात्कारको आरोप लगाउँदै ती गौशाला २६ ले जाहेरी दिएकी थिइन् ।

त्यसपछि नेपाली क्रिकेट टोलीका पूर्वकप्तान लामिछाने २०७९ असोज २० गते वेस्टइन्डिजबाट अमेरिका हुँदै आउने क्रममा विमानस्थलबाटै पक्राउ परेका थिए ।

साभारः दृष्टिन्यूज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *