Sunday, September 15
Shadow

दुर्गा भगवतीमा जसपाकाे शुभकामना आदानप्रदान कार्यक्रम मन्त्री महताेकाे उपस्थितिमा सम्पन्न

सचतक नेपाल न्युज ,

राैतहट- दुर्गा भगवती गाउँपालिकामा आज जनता समाजवादी पार्टी नेपालकाे शुभकामना आदानप्रदान कार्यक्रम वातावरण मन्त्री बिरेन्द्र महताेकाे उपस्थितिमा सम्पन्न भएको छ।

जनता समाजवादी पार्टी नेपाल, राैतहट जिल्ला दुर्गा भगवती गाउँपालिका नगरकमिटीद्वारा आयाेजित शुभकामना आदानप्रदान बिहिबार दुर्गा भगवतीकाे मंदिर प्रांगणमा सम्पन्न भएको हाे ।जसपा नेपालले एकपछि अर्का शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेकाे छ।

गाैर-चपुर सडकखण्ड‌ निमार्ण कार्य पुर्व मन्त्री रेनु यादवले भुमिका निर्वाह गरेकाे मधेश प्रदेश पुर्व राज्यमन्त्री याेगेन्द्र यादवले खुलासा गर्नुभयो। उनले भ्रममा नपर्न आग्रह गरे । पुर्व प्रधानमन्त्री एवम् नेकपा एस माधव कुमार नेपालले उक्त राेड निर्माण कार्य शुरु गरेकाे दावी गरेपनि यसमा पुर्व मन्त्री रेनु यादव ठुलाे याेगदान रहेको पुर्व राज्यमन्त्री याेगेन्द्र राय यादवले स्पष्ट पार्नुभयो ।

तराईबासीहरुकाे महान पर्व छठ्काे शुभकामना आदानप्रदान गर्न उक्त कार्यक्रम आयाेजना भएकाे कार्यक्रम आयाेजक कपल राय यादवले बताउनुभयो।

कार्यक्रममा नगरवासी, देशवासीलाई शुभकामना दिँदै माननीय बिरेन्द्र महताेले वन संरक्षण र वातावरणलाई जाेगाउने मार्ग दर्शन प्रकट गरेका थिए । मन्त्री महताेले मन्तव्य क्रममा सरकारमा हुदाँ धेरै समस्या र बाधाहरूकाे सामना गर्नुपर्ने बताउनुभयो।

कार्यक्रमकाे आयाेजना जिल्लाकाे दुर्गाभगवती गाउँपालिका-३, मत्सरी स्थित चर्चित धार्मिकस्थल मध्ये एक रहेकाे दुर्गा भगवती मन्दिरकाे सभाहलमा आयाेजना गरिएको थियो।

तराई बासीहरुकाे महान पर्व बितेकाे दिपावली एवम् छठ्काे शुभकामना दिन आयाेजना गरिएकाे कार्यक्रममा प्रमुख अतिथि संघिय सरकारका वन तथा वातावरण मन्त्री माननीय बिरेन्द्र महताे, जसपा नेपालका मधेश प्रदेश अध्यक्ष रामबाबु यादव , केन्द्रीय सदस्य तथा पुर्व मधेश प्रदेश कृषि राज्य मन्त्री माननीय योगेन्द्र राय यादव, उर्जा तथा सिचाइँ राज्यमन्त्री शेख अबुल कलाम आजाद ,केन्द्रीय सदस्य विवेक कुमार यादव, जसपाका केन्द्रीय सल्लाहकार विश्वनाथ पटेल, देवाही गाेनाही मेयर प्रत्यासी धर्मेन्द्र पटेल,जिल्ला अध्यक्ष श्यामबिहारी यादव, जसपा नेपाल सर्लाहीका इन्चार्ज रामवशिष्ट यादव , नगरअध्यक्ष कपल राय यादव, प्रदेश सदस्य गाैर नगरपालिका पुर्व उपप्रमुख किरण ठाकुर, समाजवादी युवा संघको प्रदेश सचिव जिल्ला अध्यक्ष पुन प्रताप पटेल, लगायत अन्य नेतागण, सुरक्षाकर्मी, संचारकर्मी लगायत नगरवासीकाे उपस्थिति रहेको थियो।

बाढीबाट हुने क्षतिलाई मध्ये नजर गर्दै लालबकैया र बाग्मती नदीको पेटी(किनार)मा वृक्षाराेपनका लागि देवाही गाेनाही नगरपालिकाका मेयर प्रत्यासी धर्मेन्द्र पटेलले संघिय वन तथा वातावरण मन्त्री बिरेन्द्र महताेलाई अनुराेध गरेका थिए ।

जसपाले निरन्तर शुभकामना आदानप्रदान एवम् पार्टी प्रवेश कार्यक्रम जारी राखेकाे छ। यसअघि बुधबार जनता समाजवादी पार्टी नेपाल, राजदेवी नगरकमिटीले आयाेजना गरेकाे शुभकामना आदानप्रदान कार्यक्रम मधेश प्रदेश मुख्यमन्त्री सराेज कुमार यादवकाे प्रमुख अतिथिमा पथरा बजारमा सम्पन्न भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *