Tuesday, January 21
Shadow

संघियता कानुन मधेश सरकारलाई नदिए ठुलाे जनआन्दोलन हुने‌ : मुख्यमन्त्री सराेज कुमार यादव

सचतक नेपाल न्युज डेस्क,

राैतहट – जनता समाजवादी पार्टी नेपाल, राजदेवी नगरकमिटीले आयाेजना गरेकाे शुभकामना एवम् पार्टी प्रवेश कार्यक्रम बुधबार सम्पन्न भएको छ।

मधेश प्रदेश मुख्यमन्त्री सराेज कुमार यादवले कार्यक्रम बिच संघीयता खारेज गराउन ठुलठुला नेता लागि परेका छन् । काठ्माण्डौमा तिनकाे निरन्तर बैठक जारी छ । तर आफुले संघीयताका लागि ठुलाे जनआन्दोलन समेत गर्ने चेतावनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समेत दिएकाे मन्तव्य व्यक्त गर्दै जानकारी दिनुभयो । मुख्यमन्त्री यादवले संघीयताबाट मधेश प्रदेशमा राेजगारीकाे समस्या अन्त्य हुने र घर घरमा बिकास हुने बताउनुभयाे ।

नगर कार्य समितिकाे आयाेजनामा सम्पन्न कार्यक्रममा मुख्यमन्त्री सराेज कुमार यादव राैतहटकाे राजदेवी नगरपालिका पुगेका थिए । बृहत पार्टी प्रवेश तथा बितेकाे दशैं , दिपावली र आउने छठ पर्वकाे शुभकामना आदानप्रदान गर्न उनी जिल्लाकाे राजदेवी नगरपालिका -१ स्थित पथरा पाेखरी बजार पुगेका थिए ।

मुख्यमन्त्री सराेज कुमार यादवकाे आगमन संगै स्थानिय बासी लगायत आमजनताकाे लहर ओर्लिएकाे थियाे । मुख्यमन्त्री यादवले पुर्व राज्यमन्त्री एवम् पार्टी केन्द्रीय सदस्य याेगेन्द्र यादवलाई कार्यक्रम आयाेजना गर्न धन्यवाद व्यक्त गर्दै पथरा बजरामा कार्यालय खुलेपछि टावर लाईट र पाेखरी व्यवस्थापनका लागि बजेट समेत उपलब्ध गराउने घाेषणा गर्नुभएको छ ।

जनता समाजवादी पार्टी नेपालका मुख्यमन्त्री सराेज कुमार यादव संगसंगै पार्टीका अन्य शिर्ष नेताहरु समेत पथरा भेला भएका थिए । जिल्लाका चर्चित अनुहारहरु समेतकाे उपस्थित रहेकाे थियाे।

मधेश तराईवासीकाे महान पर्व बितेकाे दिपावली एवम् छठ्काे शुभकामना दिन आयाेजना गरिएकाे कार्यक्रममा मुख्यमन्त्री सराेज कुमार यादव, राैतहट क्षेत्र नं २ (ख) का पुर्व प्रदेश सभा सदस्य रामकिशोर यादव, विधायक शाेभा साह , केन्द्रीय सदस्य तथा पुर्व कृषि राज्य मन्त्री माननीय योगेन्द्र राय यादव, जसपाका केन्द्रीय सल्लाहकार विश्वनाथ पटेल, जिल्ला अध्यक्ष श्यामबिहारी यादव, जसपा नेपाल सर्लाहीका इन्चार्ज रामवशिष्ट यादव , गाैर अस्पताल समिति सदस्य समाजवादी बिद्यार्थी युनियनका केन्द्रीय सदस्य ललन यादव, प्रदेश सदस्य उपेन्द्र यादव,गाैर नगरपालिका पुर्व उपप्रमुख किरण ठाकुर, देवाही गाेनाही मेयर प्रत्यासी धमेन्द्र पटेल,नगरअध्यक्ष बिरबहादुर राय यादव  समाजवादी युवा संघको जिल्ला अध्यक्ष पुन प्रताप पटेल अन्य नेतागण,सुरक्षाकर्मी प्रहरी बल, सेना ,संचारकर्मी लगायत नगरवासीकाे उपस्थिति रहेको थियो।

बुधबार जसपा नगरसमितिद्वारा आयाेजित बिधिवत रुपमा सम्पन्न भएको छ। जसपा राैतहटले एक पछि अर्को कार्यक्रम सम्पन गरेकाे छ। भाेली बिहिबार ११ बजे दुर्गा भगवती गा पा कमिटी रौतहटले शुभकामना आदानप्रदान कार्यक्रमकाे आयाेजना हुने जिल्ला अध्यक्ष श्यामबिहारी यादवले सचतक नेपाललाई जनाएका छन्।  केन्द्र सरकारका वन तथा वातावरण मन्त्री मा.बिरेन्द्र प्रसाद महतोकाे आतिथ्यमा हुने बताइएको छ। कार्भयक्रम दुर्गा भगवती -३ मत्सरी स्थित दुर्गा मन्दिरको सभा हलामा हुने जनाइएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *