Saturday, September 14
Shadow

एलआइसी नेपालका उच्च पदाधिकारीहरुले जनताकाे लाखौं रकम ठगेकाे खुलासा (भिडियो पनि)

सचतक नेपाल न्युज डेस्क,

राैतहट – रिपोर्टर्स क्लब नेपाल रौतहट शाखाको सभाहल गौरमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडका केही उच्च पदाधिकारीहरुले कराेडाैं रकम हिनामिना गरेकाे एक जना एजेन्टले आरोप लगाएका छन् ।

एलआईसी नेपाल लिमिटेड नम्वर वन बन्ने होडमा सन् २०२० मा कर्पोरेशनका केही उच्च पदस्थ पदाधिकारीहरुको निर्देशनमा ब्राञ्च मैनेजरहरुले बिना प्रमाण, बिना सहमती र बिना जानकारीकै हजारौं हजार नक्कली बिमा लेख जारी गरिएको प्रमाण सहित फेला परेका छन् ।

एलआइसी नेपाल लिमिटेडमा विगतमा गरिएको गैरकानुनी कार्यलाई कम्पनीको उच्च पदस्थ निकाय अनुसन्धान एवं दोषि कर्मचारीलाई कारवाहीको नाममा झारो टार्ने कार्य गरिरहदा सयौं विमा धारीको अस्तित्व संकटमा पर्दै गएका हुन् ।

बिना जानकारी एवं सहमतीको यस्ता हजारौं हजार नक्कली बिमा लेख जारी गरिएको स –प्रमाण फेला परेको छ । यस्ता घटना एलआइसी (नेपाल ) लिमिटेड गौर शाखा लगायत नेपाल भरीका सबै शाखामा भएको कुरा बिशेष सुत्रले जानकारी दिएको हो । बिगत दुई महिना देखि तराई टप अनलाईन देखि लिएर विभिन्न मिडियाको माध्यमबाट एलआइसीको गोरखधन्धा सम्बन्धमा समाचार बाहिरिदै आएपनि सम्बध निकाय वास्ता नगरी मौन रहनुको कारण के हो ? भन्ने प्रश्न उठ्नु स्वभाविकै रहेको छ ।

त्यति मात्र नभई बिना जानकारी दर्जनौं बिमाधारीको बिमा लेख बाट ऋण थप ऋण बिना कागज प्रक्रिया बिना नै सिधै एलआईसी (नेपाल) लिमिटेड कै नाममा चेक बनाएको सप्रमाण फेला परेकोले पनि कम्पनि किन मौन बसेको होला ? कतै कम्पनीकै उच्च पदस्थ पदाधिकारीको संलग्नता रहेको छ ,छैन् प्रश्न उब्जीएको छ ।

यति मात्र नभई सयै जनाको बिमा लेख बाट नया बिमा लेख जारी गर्न ऋण लिन लगाई कानुन बिपरित एलआईसी नेपाल लिमिटेडको नाममा सहमति लिई सत प्रतिसत रकम अभिकर्ता र कम्पनिको मिलोमतमा चलाएको सयौं प्रमाण फेला परेको छ ।

यस्ता घटना बाहिर आउदा पनि सम्बध निकाय मौन बस्नु, समाधानको बाटो निकालनको साटो केहि उच्च पदाधिकारीले निर्देशन दिदै डराउने, धम्काउने, काम झन्झटिलो बनाउने , सामाजिक सदभावमा खलल पुर्याएर मुख्य मुद्दालाई ओझेलमा पर्ने बाहेक रकम को आडमा कानुन, अदालतलाई हाल सम्मै चुनैती दिदै सफल रहेकाले सोहि मनसाय बाट प्रेरित भई कम्पनि, बिमाधारी, एजेन्ट सबैलाई नोक्सान र मांन सम्मानमा चोट पुग्ने गरि केहि उच्च पदाधिकारी गम्भीर षड्यन्त्रमा रात दिन लागिपरेको अभिकर्ता एवं एजेन्ट सत्येन्द्र पाण्डेले आक्रोश व्यक्त गरे ।

गम्भीर गल्ति लाई सच्याउन बाटो नपाएकै कारण कम्पनिका केहि उच्च पदाधिकारी मौन रही यी गल्तिलाई करमचारीकै जिम्मा लिन दबाब दिनु बाहेक हल्का दिनमा कुनै बाटो ठम्याउन न सकेकै कारण बिमाधरिहरु अन्यौलमा परेर संचारमाध्यमहरुको शरण जान बाध्य भएका छौं, अहिले हामीलाई निल्नु न अकोल्नु भएको छ । कम्पनीका उच्च पदाधिकारीहरुले नै हामीलाई हकैमवाद जस्ता उठिबास बनाउने कार्य भईरहदा बाध्य भई सम्बध निकायहरुलाई गुहार्न बाध्य भएका छौं पाण्डले भने ।

यसरी जनताले दिएको पैसालाई आफ्नो निजी बनाई बह्रम लुट मच्चाएका छन्। पैसाकाे अभावमा खडेरी लागेर बसिरहेको बेला यस्ता अन्य बैंकहरु पैसाकाे खानी बनाएर हात्ती भन्दा बढी माेटाउदै गएका छन्। जनता मारेर माेटउने यस्ता बैंकहरु माथि राज्यले पनि कार्वाही गर्न सकेकाे छैनन्।

भिडियो: https://youtu.be/NcqjK2eJj6Q?si=E57yAQvDjNHl1beh

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *