Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-statistics domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the denra-wp-dt domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the advanced-ads domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114
नमस्ते नेपालको मधेस प्रदेश स्तरीय प्रथम भेला राैतहटको कटहरियामा सम्पन्न | Sach Tak Nepal
Monday, March 17
Shadow

नमस्ते नेपालको मधेस प्रदेश स्तरीय प्रथम भेला राैतहटको कटहरियामा सम्पन्न 

सचतक नेपाल न्युज डेस्क,

राैतहट । नमस्ते नेपालको मधेस प्रदेश स्तरीय प्रथम भेला राैतहटको कटहरियामा शनिबार भव्यताका साथ सम्पन्न भएको छ । देशका ७७ ओटै जिल्लाका युवाहरूलाई समाजसेवामा गोलबद्ध पार्ने उद्देश्यका साथ प्रदेश सम्मेलन गरिएको हो ।

कटहरिया नगरपालिका उप-प्रमुख रीता यादवको प्रमुख आतिथ्तामा भएको भेलामा नमस्ते नेपाल केन्द्रीय अध्यक्ष मनिष भुसाल, संस्थापक अध्यक्ष अर्जुन खरेल, केन्द्रीय अनुशासन विभाग प्रमुख एवं गण्डकी प्रदेश इन्चार्ज भुवन सुवेदी, मधेस प्रदेश सह-इन्चार्ज असमी खड्काको उपस्थिति रहेको थियो । कटहरिया बजार स्थित विवाह भवनमा मधेस प्रदेश स्तरीय भेला कार्यक्रमका संयोजक एवं नमस्ते नेपालका केन्द्रीय कोषाध्यक्ष बरदान आचार्यको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी नगर उपप्रमुखयादवले नमस्ते नेपाल संस्थाको प्रशंसा गर्दै आफ्नो प्रदेशमा बिस्तार गरिएकोमा कृतज्ञता समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा १५० भन्दा बढि युवाको उपस्थिति रहेको थियो । उक्त भेलाबाट सो प्रदेशका ८ वटै जिल्लाको प्रतिनिधित्व हुने गरि जम्मा ११ सदस्यीय तदर्थ समितिको गठन गरिएको छ । उक्त समितिले ६ महिना भित्र सम्बन्धित प्रदेशका ८ वटै जिल्लाहरूमा जिल्ला अधिवेशन सम्पन्न गरि प्रदेश अधिवेशन गर्ने लक्ष राखिएको केन्द्रीय अनुशासन विभाग प्रमुख भुवन सुवेदीले बताए ।

वि. सं २०६८ सालमा बाल क्लबको रूपमा स्थापित यस संस्था वि. सं २०७४ सालमा जिल्ला प्रशासन कार्यालयमा नमस्ते नेपालको नामले दर्ता भई सामाजिक कृयाकलापमा अग्रसर छ । कुलत रहित समाज निर्माण र युवाहरूलाई समाजसेवा संगै उद्यमशीलता संग जोड्ने लक्ष्य सहित यतिबेला संस्था नमस्ते नेपालले अहिले झण्डै १० हजार सदस्य जोड्ने उद्देश्य सहित देशव्यापी शाखा विस्तार अभियानमा लागेको केन्द्रीय अध्यक्ष मनिष भुसाल बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *