प्रेम यादव ,
राैतहट – जनता समाजवादी पार्टी नेपाल, राैतहट जिल्ला कार्य समितिले आयाेजना गरेकाे शुभकामना एवम् पार्टी प्रवेश कार्यक्रम भव्त तरिकाले सम्पन्न भएको छ।
जिल्ला कार्य समितिकाे आयाेजनामा सम्पन्न कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) नेपाल का केन्द्रीय अध्यक्ष उपेन्द्र यादव राैतहटकाे देवाही गाेनाही पुगेका थिए । बृहत पार्टी प्रवेश तथा दिपावली र छठकाे शुभकामना आदानप्रदान गर्न उनी जिल्लाकाे देवाही गाेनाही नगरपालिका-०८ पुगेका थिए ।
अध्यक्ष नेता यादव देवाही गाेनाही नगर पुगेसँगै आमजनताकाे लहर ओर्लिएकाे थियाे । हजाराैं हजार युवाकाे भिड देखिएको छ भने हजारौं बृद्ध समेतकाे उपस्थित रहेकाे थियाे । बृहत पार्टी प्रवेश कार्यक्रम अन्तर्गत करिब हजारौं जनाले बिभिन्न पार्टी परित्याग गरि जसपा पार्टी प्रवेश गरेका छन्।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष संगसंगै पार्टीका अन्य शिर्ष नेताहरु समेत राैतहटकाे गाेनाहीमा भेला भएका थिए । जिल्लाका चर्चित अनुहारहरु समेतकाे उपस्थित रहेकाे थियाे।
बिरगंजका काशीनाथ तिवारीकाे हत्यामा मुख्य याेजनाकार आम जनता पार्टीको अध्यक्ष प्रभु साह र कटहरिया नगरपालिकाका पुर्व नगरप्रमुख सियाराम कुशवाहा रहेकाे प्रहरीकाे व्यानमा एक थुनुवाले गवाही दिएकाे कुरा पुर्व प्रदेश राैतहट क्षेत्र नं २ (ख) का पुर्व प्रदेश सभा सदस्य रामकिशोर यादव मन्तव्य क्रममा चर्चा गरेका थिए । साथै उनले हिन्दुहरुकाे महान चाड पर्व दिपावली एवम् छठ्काे हार्दिक शुभकामना व्यक्त गरेका छन्।
केन्द्र ,प्रदेश एवम् जिल्ला का बिभिन्न नेतागणले मन्तव्य राख्दै क्रममा बिभिन्न पार्टीबाट जसपा नेपालमा प्रवेश गरेका थिए ।
जाजरकाेटमा गएकाे भुकम्पबाट ज्यान गुमाएका मृतकहरु प्रति शाेक प्रकट गर्दै प्रदेशमा संघियता माथि खतरा देखिएकाे बताए । प्रधानमन्त्रीले निजामती ऐन एवम् प्रहरी ऐन उपलब्ध नगराए प्रति माईती घरमा धर्ना दिने समेतकाे याेजना रहेकाे भन्नु भयाे ।
हिन्दू धर्मावलम्बीहरुकाे महान पर्व दिपावली एवम् छठ्काे शुभकामना दिन अध्यक्ष यादव देवाही गाेनाही पुगेका छन्। कार्यक्रममा पार्टीका केन्द्रीय अध्यक्ष एवम् पुर्व उपप्रधानमन्त्री उपेन्द्र यादव, राैतहट क्षेत्र नं २ (ख) का पुर्व प्रदेश सभा सदस्य रामकिशोर यादव, विधायक शाेभा साह , उर्जा सिचाइँ तथा खानेपानी मन्त्रालयका राज्यमन्त्री अब्बुल कलाम आजाद (फुलबाबु) ,केन्द्रीय सदस्य तथा पुर्व कृषि राज्य मन्त्री माननीय योगेन्द्र राय यादव, केन्द्रीय सदस्य उपेन्द्र यादव,जसपाका केन्द्रीय सल्लाहकार विश्वनाथ पटेल, जिल्ला अध्यक्ष श्यामबिहारी यादव, जसपा नेपाल सर्लाहीका इन्चार्ज रामवशिष्ट यादव , प्रदेश सदस्य एवम् प्रादेशिक अस्पताल गाै व्यवस्थापन समितिका अध्यक्ष अनवर हाश्मी , गाैर अस्पताल समिति सदस्य समाजवादी बिद्यार्थी युनियनका केन्द्रीय सदस्य ललन यादव,गाैर नगरपालिका पुर्व उपप्रमुख किरण ठाकुर, नगरअध्यक्ष बिरबहादुर राय यादव, समाजवादी युवा संघको जिल्ला अध्यक्ष पुन प्रताप पटेल,प्रेस मन्चका अध्यक्ष किशाेरी यादव लगायत अन्य नेतागण,सुरक्षाकर्मी, संचारकर्मी लगायत नगरवासीकाे उपस्थिति रहेको थियो।
पार्टी प्रवेश गरेका सम्पूर्ण कार्यकर्तालाई पार्टीका अध्यक्ष उपेन्द्र यादवले नव प्रवेश कार्यकर्ताहरुलाई स्वागत गरेका थिए । मेधशवासीकाे महान पर्व दिपावली एवम् छठ्काे शुभकामना समेत व्यक्त गर्नुभएकाे थियाे ।
आज देवाही गोनाही नपाका मेयर प्रत्यासी धर्मेन्द्र पटेल, लगायत विभिन्न पार्टी परित्याग गरि जनता समाजवादी पार्टी नेपालमा समावेश भएका छन्। केन्द्रीय अध्यक्ष उपेन्द्र यादव र मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादव द्वारा टिका माला लगाई पार्टी प्रवेश गरेका छन् ।