
सचतक नेपाल न्युज डेस्क,
राैतहट – जिल्ला प्रहरी कार्यालय राैतहटले बिभिन्न स्थानबाट ल्याएको अवैध पटाखा आज नष्ट गरेको छ ।
भारतबाट नेपाल तर्फ ल्याउदै गरेकाे अवस्थामा जिल्लाकाे बाैधीमाई नगरपालिका -७ मा गस्ती टोलीले ४ बाेरा पटाखा फेला परेको थियाे । उक्त पटाखालाई आज (साेमबार) जिल्ला प्रहरी कार्यालयकाे प्राङ्गणमा नष्ट गरिएकाे हाे ।
विभिन्न उत्सवहरूमा, खास गरी तिहारमा आतिसबाजी गर्न पटाखा फोड्ने गरिन्छ | तर विभिन्न किसिमका अनवान्छित घटना घट्ने भएकाले नेपालमा भने यसको प्रयोग निषेध गरिएको छ । यसबाट घर ,जग्गा आगाे लाग्ने ,ज्यानमान क्षति जस्ता घटनाहरु हुने भएकाले यसकाे प्रयाेग नगराैं, नगराउँ ।
हुन त छिटफुट कहींकतै प्रयोग भैरहन्छन् तर खुल्लमखुल्ला भने प्रयोग गर्न पाईन्न | छिमेकी राष्ट्र भारतमै पनि पटाखा खुलेआम बेचिन्छन् र फोडिन्छन् पनि । त्यहाँको सरकारले यो छुट दिएको छ र प्रहरी पनि मुखदर्शक मात्र छन्। हुन त नेपालकै बिभिन्न सिमा क्षेत्र आसेपासेका गाउँ ,नगरमा सजिलै पाइन्छ ।
आइतबार बरामद गरिएका पटाखाहरु जनप्रतिनिधि, बुद्धिजिवी र संचारकर्मीकाे राेहवरमा साेमबार नष्ट गरिएकाे छ । तिहार नजिकिदै जाँदा पटाखा तस्कर समुह सक्रिय भएका छन् प्रहरी कार्यालय यसबारेचासाे लिनुपर्ने देखिन्छ।
भिडियो पनि: https://youtu.be/7wpu6IONLFk?si=aVX4oBjma6zkmdMJ