काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार परिसरबाट गत साउन २ गते बरामद गरिएको एक सय किलो सुन आजदेखि पगालिने भएको छ ।
राजस्वले बरामद गरेको सुन आजदेखि जोख्ने प्रक्रिया थाल्न लागिएको हो । टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले आजदेखि सुन पगालेर जोख्न थालिने बताएका छन् ।
आचार्यका अनुसार आजदेखि सुन जोख्न थालिने छ । प्रारम्भमा आज एउटा ब्रेक शु खोलेर डेमो देखाइने छ । त्यसपछि सुन जोख्ने काम थालिने छ । त्यसअघि एउटा ब्रेक शुमा कति सुन छ भनेर डेमो देखाइने छ । त्यसपछिमात्र सुन जोख्ने काम हुनेछ ।
राजस्व अनुसन्धान विभागले बरामद गरेको सुन राष्ट्र बैंकको टक्सार महाशाखामा सिलबन्दी गरेर राखिएको छ । राजस्वले बरामद गरेको ब्रेकशु सहितको सुनको तौल १५५ केजी रहेको बताउँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1