Tuesday, June 18
Shadow

गढीमाई नगरपालिकाकाे नवाैं नगरसभा सम्पन्न

राैतहट – गढिमाई नगरपालिकाले आफ्नो ९ औं नगरसभा सम्पन्न गरेको छ। रौतहटको गढिमाई नगरपालिकाको नवौं नगरसभा २०८० नगरपालिकाको समनपुर स्थित कार्यालयमा सुसम्पन्न भएको हो ।

नगर सभामा नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै नगर प्रमुख श्यामप्रसाद यादवले नगरको समृद्ध विकासको पूर्वाधार निर्माण गर्न विशेष प्राथमिकता दिईनेछ, शिक्षा, स्वास्थ्य, कृषि, सडक, खानेपानी, पर्यटन पूर्वाधार, विपद व्यवस्थापन लगायतका जनजिविका संग जोडिएका सम्पूर्ण आवश्यकतालाई प्राथमिकता दिदै यश आर्थिक बर्षमा जोड दिईने बताए ।

आर्थिक बर्ष २०८०/०८१ का लागि ५३ करोड १५ लाख ८४ हजार ४ सयको बजेटमा चालु तर्फ ३७ करोड ७२ लाख ४७ हजार ४ सय तथा पुुंंजिगत तर्फ १५ करोड, ४३ लाख ३७ हजारको बजेट नगरप्रमुख यादवले प्रस्तुत गर्दै घोषणा गरे ।

उपनगर प्रमुख अस्मिता यादवले नवौं नगर अधिवेशनको सफलताको कामना गर्दै स्वागत गरे ।

वडा नं ५ का वडाध्यक्ष राजिव रंजन यादवले नगरपालिकामा रहेका समस्या पहिचान गर्दा नगर सभा गर्न ढिलो भएको र कर्मचारीहरुले पाउनु पर्ने सेवा सुविधाहरुलाई यथाशीघ्र पूरा गर्नुका साथै अनावश्यक करारका कर्मचारीलाई स सम्मान विदाई गर्ने बताए ।

वडाध्यक्ष रामपुकार यादवले नगरप्रमुखद्वारा प्रस्तुत गरिएको नीति कार्यक्रम तथा बजेट एकदमै राम्रो र सराहनीय रहेको चर्चा गर्दै विगतका कमिकमजोरीलाई सुुधार गर्न ५ बुंदे ज्ञापन पत्र बुझाए पछि सुधार भएपछि आज नगरसभा हुदा अत्यन्तै खुशी लागेको बताए ।

वडा नम्बर २ का अध्यक्ष दिपेन्द्र श्रेष्ठले शिक्षाको अभावमा नगरको समस्या उत्पन्न भएको हुदा गुणस्तरीय शिक्षाको आवश्यक रहेको बताउदै कृषिलाई व्यवस्थित बनाउनु पर्नेमा जोड दिए ।

गढीमाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादव, नवौं नगरसभामा १ देखि ९ सम्मका वडाध्यक्ष, वडासदस्यहरु, कार्यपालिका सदस्यहरु, नगर कार्यपालिकामा विभिन्न फाँटका प्रमुखहरु, लेखा प्रमुख कामेश्वर सहनी, नेपाल पत्रकार महासंघका सचिव मदन ठाकुर, संचारकर्मी संजय साह मित्र लगायतका नगरबासीको उत्साहपुर्वक उपस्थिति रहेको थियो ।

तराईटपकाे सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *