Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-statistics domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the denra-wp-dt domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the advanced-ads domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114
वर्षौ देखि निःशुल्क औषधीलाई खरिद गराई जनतालाई ठग्दै प्रादेशिक अस्पताल गौर | Sach Tak Nepal
Monday, February 17
Shadow

वर्षौ देखि निःशुल्क औषधीलाई खरिद गराई जनतालाई ठग्दै प्रादेशिक अस्पताल गौर

रौतहट – नेपाल सरकारबाट प्रदान हुने निःशुल्क औषधी पनि बाहिरबाट खरिद गराई सेवा ग्राहीलाई रौतहटको सरदुकाम गौर स्थित प्रादेशिक अस्पतालले वर्षो देखि ठग्दै गरेको तथ्य बाहिरिएको छ ।

प्रादेशिक अस्पताल गौरमा भएको कर्मचारी अभावलाई एक महिनाको लागि रौतहट जिल्ला अन्र्तगत यमुनामाई गाउँपालिकाले पुरा गरेको छ । प्रादेशिक अस्पतालका कर्मचारीहरु धमाधम सरुवा लिन थालेपछि अस्पतालमा जनशक्तिको ठुलो अभाव हुन थालेको हो । केहि दिन पहिला प्रादेशिक अस्पताल गौरका व्यवस्थापन समितिका अध्यक्ष अनवर हाश्मीले कम्तीमा १ महिनाको लागि स्टाफ पठाइ सहयोग गर्न अनुरोध गरेका थिए । सोही अनुरोधलाई कदर गर्दे यमुनामाई गाउँपालिका लगायत अन्य पालिकाहरुले सहयोग गरेका हुन् । आर्थिक बजेटको भागबन्डा नमिलेर एकपछि अर्को सरुवाको कारण भइरहेको अशंका छ ।

भनिन्छ, स्वास्थ्य नै धन हो र अस्पताललाई मन्दिर साथै स्वास्थ्यकर्मीलाई देवताको स्वरुप मानिने मधेश तिर चलन छ । तर स्वास्थ्यलाई व्यापार बनाई आम जनताको स्वास्थसँग प्रादेशिक अस्पताले खेलबाड गरि रहेको तथ्य बाहिरिएको छ । नेपाल सरकारद्वारा निःशुल्क रुपमा वितरण हुने औषधीमा पनि अस्पताले आफ्नो पिसि झै औषधी बितरण गर्न समेत कटौति गरेको हो ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्र्तगत संचालित आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम निर्देशिका २०७८ मा “सेवा प्रदायक स्वास्थ्य संस्थाले प्रदान गरेको सेवा अनसारको ईकाई मुल्य अनुसुचूी २ मा तोकिए बमोजिम प्राप्त गर्नेछ । स्वास्थ्य सेवा संस्थालाई प्राप्त हुने इकाई मुल्य बापतको रकमबाटै सेवाग्राही महिलालाई आवश्यक पर्ने सम्पूर्ण प्रयोगशाला जाँच, औषधी, उपकरण र सामान खरीद गरी सेवाग्राहीलाई अनिवार्य रुपमा निःशुल्क सेवा उपलब्ध गराउन पुर्नेछ । सेवा प्रदायक स्वास्थ्य संस्थाले सेवाग्राही महिलालाई औषधी, उपकरण, सामान, प्रयोगशाला शलु्क वा सेवा आदि वापत कुनै पनि शुल्क लिन पाईने छैन ” प्रष्टै उल्लेख छ । तर उक्त निदेशिकालाई धज्जिया उडाउदै सामान्य औषधी पनि बाहिरबाट खरिद गर्नुपर्ने अवस्था छ । एकगास खान नपुग्ने गरिब ,निमुखा जनताहरुलाई सरकारले प्रदान गर्ने सेवाबाट बञ्चित गरेको छ ।

प्रसुतिका लागि एक सुक्को पैसा समेत नलाग्ने प्रादेशिक अस्पताल गौर व्यवस्थापन समितिका अध्यक्ष अनवर हाश्मीले जिल्ला सम्वाददाता संग कुराकानीको क्रममा जानकारी दिए । साथै मे.सु र स्टाफको अभाव कारण अस्पताल व्यवस्थापनमा कठिनाई आएको समेत बताउनु भयो । तर यो निःशुल्क प्रसुति कागजसम्म मात्र सिमित भएको छ ।

केहि बृद्ध स्थानियका अनुसार वर्षौ देखि प्रादेशिक अस्पतालले सेवालाई औषधीको नाममा ठग्दै आएको हो । माथि तस्बीरमा देखिएका औषधीहरु पुर्ण रुपमा निःशुल्क छन् तर पनि कमिसनको लागि अस्पतालका स्वास्थ्यकर्मीहरुले बाहिरबाट औषधी खरिद गुर्न बाध्यता बनाएको छ। स्वास्थ्यकर्मीले आफु फस्ने डरले औषधी पनि अस्पतालले प्रदान गरेको पयाड्मा लेखेका छैनन् ।

स्मरणहोस् , कोरोनाको दोस्रो लहरमा रौतहटका १४ सय ४४ जना कोरोना भाइरसबाट संंक्रमित हुँदा १ सय १९ जनाले ज्यान गुमाए । जसमध्ये अधिकांसले समयमै उपचार , अक्सिजन , आइसियु, भेन्टिलेटरको अभावमा ज्यान गुमाएका थिए । नेपाल सरकार स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको गौर अस्पतालको माथिल्लो तल्लामा १० बेडको आइसीयू सँगै ४ वटा भेन्टीलेटर मेसिन छन् । हेर्दा सबै उपकरण नयाँ छन् तर दूर्भाग्य, कोरोनाको संक्रमण बढेर बिरामी मृत्युको मुखमा पुग्दाँ समेत यी मेशिनहरु कसैको ज्यान बचाउन प्रयोगमा आउन सकेन ।

मेसिन–उपकरण, जनशक्ति, सिद्धान्तबिहिन प्रादेशिक अस्तालमा निःशुल्क औषधी समेत बाहिरबाट खरिद गर्नुपर्ने सेवाग्राहीको बाध्यता रहेको एक सेवा ग्राहीले बताउछन् । गौर अस्पतालबाट ९८ वटा औषधी निःशुल्क रुपमा सेवाग्राहीलाई दिने व्यवस्था छ तर दुर्भाग्य भनिए ती औषधी मध्ये ३०% पनि उपलब्ध भएको सेवाग्राहीहरुको गुनासो छ ।

यता मे.सु बिहिन प्रादेशिक अस्पतालमा केहि कर्मचारीहरुको मिलोमतोमा लाखौंको औषधीहरु खरिद भइरहेको छ । तर सरकारले प्रदान गर्ने निःशुल्क औषधीमा पनि ठुलो भष्टचार गरेको प्रष्टै देखिन्छ । त्यक्तिमात्र नभएर अस्पतालले आफ्नो वेवसाइट समेत व्यवस्थापन गर्न सकेको छैन् । पुर्व मे.सु कृष्णा साह र मे.सु मुरारी ठाकुर सरुवा भएपछि पनि प्रादेशिक अस्पताल गौरले वेबसाइट अपडेट हुन नसकेर सेवाग्राहीलाई सास्ती खेप्नु परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *