Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-statistics domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the denra-wp-dt domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the advanced-ads domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114
१०० किलाे सुन काण्ड : सिआईबीका एसपी सञ्जय थापाकाे नेतृत्वमा अनुसन्धान | Sach Tak Nepal
Monday, February 17
Shadow

१०० किलाे सुन काण्ड : सिआईबीका एसपी सञ्जय थापाकाे नेतृत्वमा अनुसन्धान

काठमाडौं – करिब सय किलो सुन तस्करी प्रकरणको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रहरी उपरीक्षक (एसपी) सञ्जय थापाको नेतृत्वमा हुने भएको छ । थापाको नेतृत्वमा सुन प्रकरणको अनुसन्धान भइरहेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) कुवेर कडायतले लोकान्तरलाई जानकारी दिनुभएको छ।

आइतवार राजस्व अनुसन्धान विभागले सुन प्रकरणको अनुसन्धान गर्ने जिम्मा प्रहरीलाई दिएको थियो । ‘१०० किलो सुन प्रकरणको नेतृत्व अर्थात् अनुसन्धान अधिकृतको रूपमा सीआईबीका एसपी सञ्जय थापाले गर्नुभएको छ,’ प्रवक्ता कडायतले भने ।

सीआईबीले राजस्व अनुसन्धान विभागको अनुसन्धानलाई समेत आधार मानेर थप अनुसन्धान गर्ने भएको छ । विभागले अहिलेसम्म गरेको अनुसन्धानमा प्राप्त प्रमाणका आधारमा नयाँ तथ्य खोजी गर्न लागिएको प्रहरीले जनाएको छ ।

सुनप्रकरणमा अहिलेसम्म ट्याक्सी चालकदेखि कुख्यात भनिएका बेल्जियम नागरिक दावा छिरिङ समेत १८ जनालाई पक्राउ परेका छन् । क्यान्सरबाट पीडित रुक्मिना सुब्बालाई आवश्यक पर्दा हाजिर हुने गरी परिवारको जमानीमा छाडिए पनि थप १७ आरोपित हिरासतमा छन् ।

समाचार ऐजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *