Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-statistics domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the denra-wp-dt domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the advanced-ads domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114
ट्याक्टर सहितकाे सेफ्टि ट्यांकी फतुवा विजयपुर नगरपालिकाद्वारा खरिद , अवैध शुल्कबाट स्थानीयलाई राहत | Sach Tak Nepal
Monday, February 17
Shadow

ट्याक्टर सहितकाे सेफ्टि ट्यांकी फतुवा विजयपुर नगरपालिकाद्वारा खरिद , अवैध शुल्कबाट स्थानीयलाई राहत

सचतक नेपाल डेस्क, राैतहट । नगरलाई सफा र दिशामुक्त बनाउने लक्ष्य अन्तर्गत फतुवा बिजयपुर नगरपालिकाले सेफ्टी ट्यांकी सहितकाे ट्याक्टर खरिद गरेकाे छ।

राैतहट जिल्लाकाे फतुवा बिजयपुर नगरपालिकाले खरिद गरेकाे नयाँ सेफ्टि ट्यांकी सहितकाे ट्याक्टर बिहिबार देखि सञ्चालनमा आएको छ ‌ । नगरप्रमुख अम्बेया खातुन र निमित्त प्रमुख प्रशासकीय अधिकृत शम्भु राय यादव काे बिशेष पहलमा सेफ्टि ट्यांकी आज पालिकामा पुगेकाे छ ।

नगरभरी प्रयाेगमा भएका चर्पीहरु अब सजिलै सफा गर्ने भएपछि स्थानीयहरु राहत पाएका छन्।

सेफ्टी ट्यांकीकाे अभाव कारण प्रायः चर्पीहरु जीर्ण र प्रयोग बिहिन अवस्थामा छ । तर अब सेफ्टी ट्यांकी आएसँगै ती बन्द चर्पीहरु पनि पुन: सुचारु हुने अनुमान गरिएको छ।

बाहिर बाट बाेलाएका सेफ्टी ट्यांकीले अवैधरुपमा बढी पैसा लिने गरेकाे स्थानीयहरु बताउँछन्। “अब आफ्नै नगरमा ट्यांकी भएपछि अवैध शुल्क तिर्नुपर्ने झन्झट बाट हामीले छुटकारा पाउने भयाे ‌” एक जना स्थानीयले भने । यसरी नगरकै सेफ्टी ट्यांकीबाट चर्पी सफा गराएपछि मलकाे रुपमा समेत प्रयोग गर्न मिल्ने स्थानीयले बताए ।

“नगरभित्र रहेका सम्पूर्ण समस्यालाई नगरपालिकाले पहल गर्दैछन्। साेही फलस्वरूप आज पालिकाले सेफ्टी ट्यांकी सहितकाे ट्याक्टर खरिद गरेकाे हाे र क्रमशः केही दिनमा नगरभित्र समस्या शुन्य बराबर हुनेछ ” प्रमुख प्रशासकीय अधिकृत शम्भु राय यादवले बताउनुभयो।

सेफ्टि ट्यांकी सर सफाई गराउन चालक नन्दकिशोर यादव संग सम्पर्क गर्नुपर्ने पालिकाले यसै समाचार मार्फत जानकारी गराएकाे छन् । चालक नन्दकिशोर यादवलाई सम्पर्क गर्न नगरपालिका अथवा +९७७९८०७२७८५९१ मा फाेन मार्फत पनि सम्पर्क गर्न सकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *